२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सरकार बनाउन फोरम–राजपा बैठक सुरु

प्रदेश सरकार बनाउन दलीय गठबन्धनको लागि आवश्यक छलफल गर्न संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच जनकपुरमा बैठक बसेको छ।

संघीय संसद्को बैठकस्थल बनाउन दुई महिना

संघीय संसद्को बैठकस्थल बनाउन संसद् सचिवालयले दुई महिना लगाएको छ । बैठकस्थलमा कुर्सीका खोल फेर्ने र माइक जडान गर्ने काम गरिएको थियो । यसका लागि २ करोड ५० लाख खर्च गरिएको छ । मंगलबारसम्म बैठकस्थलको सम्पूर्ण काम सकिने संघीय संसद् सचिवालयले जनाएको छ।

प्रदेश १ को प्रदेशसभा बैठक शुरु

प्रदेशसभा १ को प्रदेशसभाको पहिलो बैठक शुरु भएको छ । मोरङ जिल्ला समन्वय समितिको सभाहलमा जारी बैठकको सञ्चालन जेष्ठ सदस्य ओम सराबगीले गरेका छन् ।

प्रदेश ४को प्रदेशसभा बैठक शुरु

प्रदेश नं ४ को पहिलो प्रदेशसभा बैठक शुरु भएको छ। नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभा कक्षमा ११ः०२ बजे जनाउ घण्टी बजेसँगै प्रदेशसभाका सदस्य बैठकस्थल प्रवेश गरिसकेका छन्। बैठकको प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले अध्यक्षता गरिरहेका छन् ।

प्रदेशसभाको पहिलो बैठक आज

प्रदेश–४ को पहिलो बैठक आज (सोमबार) बस्दैछ । बैठकको सबै तयारी पूरा भएको छ । बैठकमा सहभागी हुन प्रदेश सदस्यहरू पोखरा आइरहेका छन् । पहिलो बैठकमा सहभागी हुन सचिवालयले प्रदेश सदस्यलाई निमन्त्रणासमेत पठाएको छ । बैठक पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा हुँदैछ । बिहान ११ बजे बैठक सुरु हुने सचिवालयले जनाएको छ । त्यसका लागि सोमबार बिहान साढे १० बजे नै प्रदेशसभास्थलमा आइसक्न सदस्यलाई खबर गरिएको छ । बैठकमा सहभागी हुन सदस्यहरू उत्साहसाथ पोखरा आएका छन्।

प्रदेशसभा बैठककाे तयारी पूरा

प्रदेश नम्बर १ को पहिलो प्रदेशसभाको बैठक आज (सोमबार) अपराह्न १ बजे बस्दैछ । जिल्ला समन्वय समितिको प्रदेशसभाको पहिलो बैठकको सञ्चालक ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले गर्नेछन्। झापा भद्रपुर–५ निवासी ७३ वर्षीय सरावगी नेपाली कांग्रेसबाट समानुपातिक प्रदेश सदस्य हुन् । ज्येष्ठ सदस्य सरावगीले प्रदेशसभाको पहिलो बैठक कसरी सञ्चालन गर्ने विषयमा आइतबार अपराह्न पूर्वाभ्यास (डेमोट्रेसन) गरेका छन् । ज्येष्ठ सदस्य सरावगी प्रदेश भवनमा प्रवेश गरेपछि राष्ट्रिय धुन बज्ने र एक मिनेट सहिदका नाममा सम्मान प्रकट गरेपछि प्रदेश १ को पहिलो प्रदेशसभा बैठक आरम्भ हुनेछ।

प्रदेश नम्बर ५ को अर्को बैठक फागुन २ गते

प्रदेश नम्बर ५ को प्रदेशसभा बैठक फागुन २ गते बस्ने भएको छ। बैठकको अध्यक्षता जेष्ठ प्रदेश सभा सदस्य बलदेब शर्माले गरेका थियो।

प्रदेश नम्बर ७ को प्रथम प्रदेश सभा बैठक सुरु

प्रदेश नम्बर ७ को प्रथम प्रदेश सभा बैठक सुरु भएको छ। जिल्ला समन्वय समितीको सभाहलमा बैठक बसेको छ। बैठकको अध्यक्षता जेष्ठ सदस्य ७४ बर्षिय दिव्यश्वरी शाहले गरेकी छन्।

प्रदेश नम्बर ६ को प्रथम प्रदेशसभा बैठक सुरु

प्रदेश नम्बर ६ को प्रथम प्रदेश सभा बैठक सुरु भएको छ। डिभिजन सिचाइँको हलमा सुरु भएको बैठकमा सांसदहरु उत्साहका साथ सहभागि भएका छन्।

सहिदको तस्बिर नराखिएको भन्दै केहीबेर बैठक अवरुद्ध, अर्को बैठक २९ गते बस्ने

प्रदेश नम्बर २ को पहिलो प्रदेशसभा बैठक सम्पन्न भएको छ। अर्को बैठक माघ २९ गतेलाई बोलाइएको छ। यस्तै सभामुखको निर्वाचनको मिति फागुन २ गतेलाई तोकिएको छ।

प्रथम प्रदेश सभा बैठक सुरु

प्रदेश नम्बर २ को पहिलो प्रदेशसभा बैठक सुरु भएको छ। प्रदेशसभाको प्रथम बैठकको लागि सभास्थललाई दुलही झैं सिंगारिएको छ। प्रदेश सांसद उत्साहका साथ बैठकमा सहभागि भएका छन्। बैठकले सभामुखको निर्वाचनको मिति तय गर्ने छ।

पहिलो बैठक बालुवाटारमा डाकियो

दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा २२ गते बिहान ९ बजेका लागि बैठक तय गरिएको छ । बैठकमा उपस्थित हुन प्रतिष्ठानको सदस्य रहेका जनप्रतिनिधिमूलक कार्यालयहरुलाई पनि आमन्त्रण गरिएको छ । प्रतिष्ठानका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवा हुन्।

कर्णालीवासीको चासो, प्रदेश सभा बैठक

६ नम्वर प्रदेशसभाको पहिलो बैठकलाई कर्णालीवासीले चासोका साथ हेरेका छन्। संघीयता कार्यन्वयनको औपचारिक सुरुवात पनि पहिलो बैठकबाटै हुने र कर्णालीलाई संघीयता आएको महसुस हुने खालको निर्णय हुनेमा कर्णालीवासी आशावादी रहेका छन्।

प्रदेश २ को पहिलो प्रदेशसभा बैठक बस्दै

प्रदेश नम्बर २ को पहिलोे प्रदेशसभा बैठक बस्दै आज विहान ११ बजे बस्दैछ । प्रदेशसभाको प्रथम बैठकको लागि सभास्थललाई दुलही झैं सिंगारिएको छ।

पहिलो बैठकको व्यग्र प्रतिक्षा

वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीलाई आइतबार बस्ने प्रदेशसभाको पहिलो बैठकको व्यग्र प्रतिक्षा छ। ‘संघीयता कार्यान्वयनको औपचारिक सुरुवात पनि पहिलो बैठकबाटै हुन्छ’ नगर प्रमुख सुवेदीले भने, ‘संघर्षले प्राप्त प्रदेश भएकाले शहिदहरुको योगदान र उनीहरुले कल्पना गरेको विकासको चाहनामा संसद बैठक केन्द्रीत हुने अपेक्षा गरेको छु।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्