मनास्लु आधारशिविरः आरोहणका लागि तयार भयो अस्थायी ‘भिलेज’
मनास्लु हिमाल (८,१६३मि) आरोहणका लागि यो बेला आधारशिविरमा आरोहीको भीडभाड रहेको छ। यो सिजनमा सबैभन्दा बढी आरोही मनास्लुमा आएको पर्यटन विभागको भनाई छ। आरोहणमा आएका आरोही र उनीहरुका सहयोगीका कारण अहिले मनास्लु आधारशिविरमा अस्थायी बस्ती नै तयार भएको छ।