११ मंसिर २०८१ मंगलबार
image/svg+xml

संविधान संशोधनबारे दलहरुबीच समझदारी बनेको छ: नेता पौडेल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दलहरु संविधान संशोधनको नजिक पुगेको बताएका छन्। ‘केही विषयवमा बाहेक अन्य सवैमा सहमति भइसकेको छ’ काँग्रेस नेता पौडेलले भने ‘ हामी संविधान संशोधनको नजिक पुगिसकेका छौं।’

‘फास्ट ट्रयाक अाफै बनाउन जुट्यो सरकार, संविधान संशाेधन अनिवार्य’

मन्त्री लेखकले काठमाडौं–निजगढ फाष्ट ट्रयाकको अस्पष्टता र अन्यौलता पनि अब हटेको दाबी गरेका छन्। उनले अब फाष्ट ट्रयाक नेपाल सरकार अाफैले नै निर्माण गर्ने महत्वपूर्ण निर्णय भएसँगै यसलाई सार्वजनिक सडक सरह नै रहने व्यवस्था पनि गरिएको जानकारी दिए।

प्रमुख तीन दलबीच संविधान संशोधनको विषयमा बैठक सुरु

प्रमुख तीन दलबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ। शीर्ष नेताहरुको बैठकमा संविधान संशोधनका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनाए।

संविधान संशोधनका नाममा भ्रम फैलाउने काेसिसः नेता नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो दल संविधान संशोधनको पक्षमा नलाग्ने बताएका छन्।

संविधान संसोधन प्रस्तावमा तीन दलीय सिण्डिकेट : यादव

'३ दलीय सिण्डिकेटले सुरुदेखि देखाएको समावेसी समानुपातिक ब्यवस्थासहितको संघीयता तथा विभिन्न शोषित उत्पीति जनताको भावनाविरोधी चरित्रको निरन्तरता हो। यो हामीलाई मान्य हुँदैन,' उनले भने।

संविधान संसोधनमा निर्णय गर्ने अधिकार दाहाललाई, तीन दलबीच निर्णायक वार्ता हुने

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यसमितिको बैठकले संविधान संसोधनको विषयमा निर्णय लिने अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ। सोमबार बिहान दाहाल निवास लाजिम्पाटमा बसेको बैठकमा पार्टीको आन्तरिक संगठनात्मक संरचना र संविधान संशोधनका विषयमा छलफल भएको सचिवालयले जनाएको छ।

संविधान संशोधनका लागि धेरै विषयमा सहमति भइसक्यो : सभापति देउवा

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेको बताएका छन्। नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले संविधान संशोधनसँगै समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिए।

‘संविधान संशोधनको विषयमा स्थानीयस्तरमा छलफल आवश्यक’

संविधान संशोधनको विषयमा केन्द्रमा नेताहरुबीच मात्रै छलफल नगरी स्थानीयस्तरमा छलफल गर्न आवश्यक रहेको आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्।

संविधान संशोधन गर्न सकिए पनि व्यवहारमा कठिनाईः नेता ज्ञवाली

सिद्धान्तत संविधान संशोधन गर्न सकिने भए पनि वर्तमान नेपालको परिवेशमा संविधान संशोधन गर्न कठिनाई रहेको नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले बताएका छन्। ‘अंगीकृत नागरिकता, सीमांकन र भाषाका विषयमा कुनै पनि कुरा संशोधन गर्न नेकपा एमाले तयार छैन,’ उनले भने।

पौडेललाई कार्याकर्ताले सोधे– ‘संविधान संशोधनमा किन ढिलाई ?’

कार्यकर्ता भेटघाट कार्यक्रमका लागि बारा आएका नेपाली कँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिल्लाका स्थानीय नेता तथा कार्याकर्ताहरुले मधेसी मोर्चासँग भएको सहमतिअनुसार संविधान संशोधनमा भएको ढिलाई बारे प्रश्न सोधेर हैरान पारेका छन्।

सबैलाई समेटेर संविधान संशोधन हुन्छ: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी सहित सबै मधेसी दलहरुकै सहमतिमा संविधान संशोधन हुने बताएका छन्।

संविधान संशोधनका विषयमा प्रमुख तीन दलबीच ‘सकारात्मक’ छलफल

संविधान संशोधनका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाएको प्रमुख तीन दलको बैठक सकारात्मक भएको नेताहरुले बताएका छन्। बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा संविधान संशोधनका बारेमा विषय केन्द्रित भएर छलफल अगाडि बढाउने सहमति भएको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार एमाले अध्यक्ष केपी ओलीसँग संविधान संशोधन विषयमा छलफल गरेका थिए। सो भेटमा एमाले अध्यक्ष केपी ओलीले संविधानका कुन कुन धारा संशोधन गर्ने हो सो स्पष्ट पार्न आग्रह गरेका थिए।

संविधान संशोधन र सरकार

संशोधन प्रस्ताव दर्ताका लागि मधेसकेन्द्रित दलद्वारा दिइएको अल्टिमेटम संशोधनको मात्र होइन, प्रचण्ड सरकारकै भविष्यका लागि खतरनाक देखिन्छ। त्यसो त कसैद्वारा निर्देशित र नियन्त्रित राज्यसत्ताको नियति सुखद् रहने अपेक्षा गर्न सकिँदैन।

संविधान कार्यान्वयका लागि राष्ट्रिय सहमति आवश्यक: खनाल

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नयाँ संविधान कार्यान्वयन र राजनीतिक स्थिरताका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । उनले दुवै काम सम्पन्न गर्न प्रमुख दलहरू एक ठाउँमा उभिनुको विकल्प नभएको पनि औंल्याए ।

संविधान संशाेधनका विषयमा प्रधानमन्त्री र एमाले अध्यक्षबीच छलफल

संविधान संशोधनका विषयमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) शीर्ष नेतृत्वबीच छलफल भएको छ । व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालका बीचमा बुधबार संविधान संशाेधनका विषयमा कुराकानी भएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्