१० मंसिर २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्रीले फेरि भाका सारे- संविधान संशेाधन यही महिनाभित्र

तिहार अगाडि नै संविधान संशाेधन प्रस्ताव दर्ता गराउने बताएका प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि भाका सार्दै कात्तिक महिनाभित्र  संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने बताएका छन्। आइतबार बसेको माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेसी मोर्चाको बैठकमा प्रधानन्त्रीले कात्तिक महिनाभित्र संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराउने बताएका हुन्।

सहमतिमै संविधान संशोधन र तीनवटै निकायको निर्वाचन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले छिट्टै संविधान संशोधन हुने दाबी गरेका छन्। उनले भाषा विवाद, प्रदेशको सीमांकन, नागरिकतालगायतका सबै विषयमा सहमतिमै संविधान संशोधन हुने बताए।  प्रधानमन्त्रीले आफू नेतृत्वको वर्तमान सरकार तीनवटै निकायको निर्वाचन समयमै सम्पन्न गर्नेगरि लागिपरेको बताए।

कात्तिक १७ अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ताको गृहकार्य

संविधान संशोधनका विषयमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चाका मुख्य नेतासँग अाज अाइतबार छलफल गर्दैछन्। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण क्रममा राजनीतिक सम्वाद हुने भएपछि प्रधानमन्त्री दाहालले संविधान संशोधनमा सहमति जुटाउन प्रयास तीब्र पारेका हुन्।

संविधान संशोधन र महाअभियोग सहमतिमै टुँगिन्छ : सभामुख घर्ती

सभामुख ओनसरी घर्तीले संविधान संशोधन र अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव सहमतिमै टुँगिने विश्वास व्यक्त गरेकी छन्। आइतबार रिपोर्टर्स क्लबको देउसी–भैलो कार्यक्रममा बोल्दै सभामुख घर्तीले संविधान संशोधन र महाअभियोग प्रस्ताव दुवै सहमतिमै टुँगिने बताएकी हुन्।

संविधान संशोधन र महाअभियोग सहमतिमै टुँगिन्छः सभामुख घर्ती

सभामुख ओनसरी घर्तीमगरले संविधान संशोधन र अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव सहमतिमै टुँगिने विश्वास व्यक्त गरेकी छन्।

लोकमान र संविधान जोड्नुपर्ने देख्दिन

लोकमानसिंह कार्की हाम्रो गणतन्त्रको जन्मसँगै जेलिएर आएको सालनालको त्यान्द्रो हो । हरेक क्रान्ति जन्मँदा पुरानो राज्य र समाजका खराबी पनि सँगसँगै आउँछन् । जसरी बच्चा जन्मँदा सालनाल, रगतका टाटा बोकेर आउँछ । सालनाल राम्रोसँग काट्ने र बच्चा सफा गर्ने काम सुडेनीको हो । क्रान्तिका लागि सुडेनी भनेको राजनीतिक पार्टी र नेता हुन् ।

तिहारकाे रमझममा संविधान संशाेधनकाे चटाराे

भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका लागि केही दिन बाँकी रहँदा राजनीतिक दलहरू संविधान संशोधनको छलफलमा सक्रिय भएका छन् ।

संविधान संशाेधनका विषयमा काँग्रेस, माओवादी र मधेशी मोर्चाबीच छलफल

संविधान संशाेधन,संविधान कार्यान्वयन, तीनवटै निकायकाे  निर्वाचान तथा अख्तियार प्रमुख लाेकमानसिंह कार्कीविरूद्धकाे महाअभियाेग प्रस्तावका विषयमा नेपाली कांग्रेस,माअाेवादी केन्द्र र मधेसी माेर्चाका नेताबीच छलपफल भएकाे छ।

सवैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्नुपर्छ: महामन्त्री कोइराला

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले सवै जातजातिलाई स्वीकार्य हुने गरी संविधान संशोधन गरिनु पर्ने बताएका छन्।  उनले मधेसी, दलित, जनजाति, अल्पसंख्यकलगायतका सवै जातिलाई स्वीकार्य हुने गरि संशोधन गर्नुपर्ने बताए।

संविधान संसोधन गरेर मात्र कार्यान्वयन गर्नुपर्छः अध्यक्ष महतो

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संसोधन गरेर कार्यान्वयन गरिनुपर्ने बताएका छन्। उनले संविधान संसोधन गरेर कार्यान्वयन नभएमा जनताको योगदानबाट प्राप्त उपलब्धि गुम्ने बताए।

संविधान संशोधनको मुद्दा ओझेलमा पार्न महाअभियोग प्रस्तावः महतो

संघीय समाजवादीफोरम नेपालका सांसद तथा केन्द्रीय सदस्य डा. वीरेन्द्र महतोले संविधान संशोधनको मुद्दालाई ओझेलमा पार्न प्रमुख दलले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव ल्याएको आरोप लगाएका छन्।

धन्न जोगिएछ संविधान !

आफू शुद्ध र अशुद्ध भाषाको छ्यानब्यान गर्न नसक्ने, अशुद्ध र अस्वीकार्य हिज्जे जबर्जस्ती लाद्न खोज्ने अनि संविधानको शुद्ध र सर्वस्वीकार्य भाषालाई गलत देख्ने प्रज्ञा–प्रतिष्ठान र यस कृत्यमा निरन्तर उससँग काँधमा काँध मिलाउँदै आएको त्रिभुवन विश्वविद्यालयप्रति नेपाली भाषापे्रमीले हाँस्ने कि रुने ? यद्यपि, भाषिक विकृतिका विरुद्ध नेपाली–भाषा–प्रयोगकर्ताहरूको आक्रोश उर्लेपछि, हालै कतिपय कुरामा त्रिविले सही बाटो पक्रन सुरसार गरेको देखिँदैछ ।

संविधान कार्यान्वयनकालागि प्रमुख दल मिल्नुको विकल्प छैनः सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयन गर्न सबै दल मिल्नुको विकल्प नभएको बताएका छन्। उनले प्रमुख राजनीतिक दलको सहमति विना संविधान कार्यान्वयन र तीन तहको निर्वाचन असंभव हुने भन्दै सबै पार्टी दलगत स्वार्थभन्दा माथि उठेर मुलुकका मुद्दामा एकजुट हुनुपर्ने बताए।

संविधानमा छलफल हुने

भारत सरकारले राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण क्रममा संविधान संशोधनका विषयमा पनि छलफल हुने संकेत गरेको छ । भारतीय विदेश मन्त्रालयद्वारा शुक्रबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा नर्थ डेस्क प्रमुख सुधाकर दलेलाले राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणका बेला संविधान संशोधनलगायत विषयमा छलफल हुने बताए ।

आन्दोलनको धम्कीले संविधान संशोधन हुन सक्दैन : गौतम

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आन्दोलनको धम्कीले संविधान संशोधन हुन नसक्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्