८ मंसिर २०८१ शनिबार
image/svg+xml

पूर्व कम्लहरी कृष्णी थारु प्रदेश ५ को उपसभामुखमा निर्वाचित

प्रदेश नं ५ का उपसभामुखमा पूर्व कम्लहरी कृष्णी थारू निर्वाचित भएकी छन्। प्रदेशसभामा आज भएको निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्य थारूलाई एमालेसहित माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चासहितले समर्थन गरेका थिए ।

प्रदेश नम्बर ४ को उपसभामुखमा शर्मा निर्वाचित

प्रदेश नम्बर ४ को उपसभामुखमा सिर्जना शर्मा निर्वाचित भएकी छन्। आइतबार उपसभामुखको लागि भएको निर्वाचनमा उनले ३८ मत प्राप्त गर्दै विजयी भइन्।

प्रदेश नम्बर ४ को उपसभामुखमा ३ को उम्मेदवारी

प्रदेश नम्बर ४ को उपसभामुखको लागि तीन जनाको उम्मेदवारी परेको छ। बिहान ९ बजेदेखि ११ बजेसम्मको निर्धारित समयमा तीन जनाले उम्मेदवारी दर्ता गरेका थिए।

प्रदेश नम्बर ७ : एमाले संसदीय दलको नेतामा बाजुराका शाह निर्वाचित

नेकपा एमालेले प्रदेश नम्बर ७ को संसदीय दलको नेतामा प्रकाश शाहलाई चयन गरेको छ । शनिबार (आज) बसेको संसदीय समिति प्रदेश नं. ७ को बैठकले बाजुराबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद शाहलाई दलको नेतामा निर्विरोध चयन गरेको हो।

प्रदेश ४ को मन्त्रिपरिषद विस्तार, दुई मन्त्रीद्वारा शपथ

प्रदेश नं ४ का नवनियुक्त आन्तरिक मामला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश २ मा हिन्दी कि नेपाली ?

संघीय राजनीतिको प्रयोगमा नेपाल अघि बढ्दै छ । प्रदेश प्रमुखको मनोनयन, राजनीतिक दलका प्रदेश संसदीय दलका नेता चुनिँदै छन्, मुख्य मन्त्रीको चयन पनि हुन थालेको छ र धमाधम प्रदेश सभामुख, उपसभामुख चयन हुने क्रममा छ । केन्द्रमा प्रतिनिधिसभा बैठकको सुरसारसमेत नचलेका बेला प्रदेशहरूमा देखिएको सक्रियताबाट बुझ्न सकिन्छ, अहिले प्रदेश राजनीतिमा उत्साह छ ।

प्रदेश नम्बर १ मा ५ सदस्यीय मन्त्रिपरिषद विस्तार

प्रदेशन नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गरेका छन्। राईले सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन्।

प्रदेश ६ मा सात वटा मन्त्रालय स्थापना

प्रदेश नम्बर ६ मा बिहीबार सात वटा मन्त्रालय स्थापना गरिएका छन्। प्रदेश मुख्यसचिव सुरेश प्रधानले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित छ मन्त्रालय स्थापना गरिएको बताए। प्रदेश नम्बर ६ मा सात वटा मन्त्रालय रहने छन्।

प्रदेश ७ को मुख्यमन्त्रीमा भट्ट नियुक्त, शनिबार सपथ

प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा त्रिलोचन भट्ट नियुक्त भएका छन्। एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा दावी पेश गरेका माओवादी केन्द्रका नेता भट्टलाई प्रदेश प्रमुख मोहनराज मल्लले विहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश नम्बर ४ को सभामुखमा अधिकारी निर्वाचित

प्रदेश न ४ को सभामुखमा माओवादी केन्द्रका नेता नेत्रनाथ अधिकारी निर्वाचित भएका छन। बिहिबार बसेको संसदको दोश्रो बैठकले उनलाई सर्वसहमतिको आधारमा सभामुखमा निर्विरोध चयन गरेको हो।

प्रदेश २ को एमाले संसदीय दलको नेतामा मण्डल निर्वाचित

प्रदेश नम्बर २ को लागि नेकपा ९एमाले०को संसदीय दलको नेतामा सत्यनारायण मण्डल निर्वाचित भएका छन् ।

मुख्यमन्त्रीको दाबी कसैले पेश गरेको छैन : प्रदेश प्रमुख खनाल

६ नम्बर प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले मुख्यमन्त्री नियुक्तिका लागि अहिलेसम्म कुनै पनि संसदीय दलको नेताले दाबी पेश नगरेको बताएका छन्।

प्रदेशमा पुग्यो १ अर्ब १९ करोड

प्रदेशमा प्रदेशप्रमुख, मुख्यमन्त्री, प्रदेश सभामुखसहित अन्य पदाधिकारी तथा कर्मचारीको तलबभत्ता र अन्य भइपरी आउने खर्चका लागि रकम पठाइएको अर्थ मन्त्रालयले जनाएको छ।

'समृद्ध प्रदेश बनाउँछु'

संघीय समाजवादी फोरम नेपाल, प्रदेशसभा संसदीय दलका नेता मोहम्मद लालबाबु राउत गद्दी प्रदेश नम्बर २ को मुख्यमन्त्री नियुक्त भएका छन् । संविधानको धारा १६८ उपधारा (२) बमोजिम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बुधबार राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । राउतले बिहीबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।

प्रदेश ५ को मुख्यमन्त्रीमा पोखरेल नियुक्त

प्रदेश नम्बर ५ को मुख्यमन्त्रीमा नेकपा एमालेका शंकर पोखरेल नियुक्त भएका छन्। नेकपा माओवादी केन्द्रको समर्थनमा आइतबार मुख्यमन्त्रको लागि एमालेले दाबी पेश गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्