२३ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव अगाडि नबढाउन निवेदन

नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव संसदीय प्रक्रियामा अगाडि नबढाउन निवेदन दिएका छन्।

राष्ट्रपति र प्रधान न्यायाधीशबीच भेट

प्रधानन्यायाधीश सुशीला कार्की र राष्ट्रपति विद्या भण्डारीबीच आइतबार शीतल निवासमा भेट भएको छ।

राष्ट्रपति भेट्न प्रधानन्यायाधीश शीतल निवासमा

प्रधानन्यायाधीश सुशीला कार्की राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शीतल निवास पुगेकी छन्।

प्रधानन्यायाधीश कार्कीले आफैंलाई इजलाश तोकिनन्

महाभियोग लागेको एक सातापछि सर्वोच्चकै आदेशले अदालत फर्किएकी प्रधानन्यायाधीश सुशीला कार्कीले आइतबार आफूबाहेक ९ न्यायाधीशलाई इजलाश तोकेकी छन्। एकल र संयुक्त गरी गठन भएका इजलाशमा कार्की संलग्न भएकी छैनन्।

प्रधानन्यायाधीश सुशीला कार्की सर्वोच्च फर्किइन्

प्रधानन्यायाधीश सुशीला कार्की काममा फर्किएकी छन्। कार्की आज बिहान ९ बजेर ११ मिनेटमा सर्वोच्च अदालत प्रवेश गरेकी छन्।

प्रधानन्यायाधीश कार्की काममा फर्किइन्

प्रधान न्यायाधीश सुशीला कार्कीले आफ्नो काम थालेकी छन्। सर्वोच्च अदालतले प्रधान न्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेपछि उनले नीजि निवास बालुवाटरबाट शुक्रबार नै केही प्रशासनीक काम गरेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ।

आज्ञाकारी न्यायपालिका चलाउने अधिकार कसैलाई छैन: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले आज्ञाकारी न्यायपालिका चलाउने अधिकार कसैसँग नभएको बताएका छन्। प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग प्रस्ताव दर्ता गरिएको विरुद्ध काठमाडौं वसन्तपुरमा आयोजित कार्यक्रममा श्रेष्ठले अदालतको प्रतिस्थापन राजनीतिबाट नहुने बताए।

महाभियोग फिर्ता लिन पूर्वप्रधानन्यायाधीशको आग्रह

चार पूर्वप्रधानन्यायाधीशले सुशीला कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन्। महाभियोग लगाउनुपर्ने उचित र पर्याप्त कारण भए पनि सावधानीपूवर्क र संवेदनशील भएर प्रक्रिया अपनाउनुपर्ने उल्लेख गर्दै उनीहरुले संयुक्त विज्ञप्तिमार्फत महाभियोग प्रस्ताव गम्भीर छलफल र विचारविमर्श नगरी आएको टिप्पणी गरेका छन्।

पराजुली कामु प्रधानन्यायाधीश

प्रधानन्यायाधीश शुशीला कार्कीविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएपछि वरिष्ठ न्यायाधीश गोपाल पराजुलीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन्।

प्रधान न्यायाधीशविरुद्ध छापामार शैलीमा महाभियोग

प्रथम महिला प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रका २ सय ५९ सांसदको हस्ताक्षरसहित महाभियोग प्रस्ताव दर्ता भएको छ।

निलम्बन अघि प्रधान न्यायाधीश कार्कीको फैसला : सुडान घोटाला प्रकरणमा तीन पूर्व आइजिपीलाई जेल

सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीले महाअभियोग प्रस्ताव प्रक्रिया अघि बढाएकी प्रधान न्यायाधीश सुशीला कार्कीसहितको इजालसले आइतबार तीन पूर्व प्रहरी महानिरीक्षकलाई भ्रष्ट्राचार मुद्दामा जेल साजयको फैसला गरेको छ।

यस्ता छन् प्रधान न्यायाधीश कार्की माथि लागेका आरोप

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन्। प्रहरी महानिरीक्षक प्रकरणसहितका ९ आरोप लगाउँदै उनीहरुले महाअभियोग प्रस्ताव दर्ता गराएका हुन्।

प्रधान न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले सर्वोच्च अदालतकी प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ। प्रहरी महानिरीक्षक प्रकरणसहितका ९ बुँदामा प्रधान न्यायाधीशले सरकारको कार्यकारी अधिकारमाथि हस्तपक्षेप गरेको भन्दै कांग्रेस-माओवादी केन्द्रका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएका हुन्।

ट्रम्पको आदेशविपरीत न्यायाधीशको फैसला

आप्रवासीहरूलाई नियन्त्रणमा लिएर फिर्ता गराउन अस्वीकार गर्ने सहरलाई अनुदान नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना एक संघीय न्यायाधीशले रोकिदिएका छन् ।

‘न्यायाधीशका प्रमाणपत्रको प्रतिलिपि सुरक्षित’

न्याय परिषद्ले सबै न्यायाधीशको शैक्षिक योग्यताका प्रमाणपत्र प्रतिलिपि सुरक्षित रहेको स्पष्ट पारेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्