मैदा उद्योग संघको अध्यक्षमा दुगड चयन
नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुदकुमार दुगड चयन भएका छन्। संघको २३ औं वार्षिक साधारणसभाले दुगडलाई दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो।
नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुदकुमार दुगड चयन भएका छन्। संघको २३ औं वार्षिक साधारणसभाले दुगडलाई दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो।
व्यापारिक क्षेत्रको घरभाडा नबढाउन र सम्भव भएमा छुट दिन उद्योग वाणिज्य संघ चितवनले अपिल गरेको छ।
प्रधानमन्त्री प्रचण्ड, नेपालबाट भ्रमणमा सहभागी अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत तथा भारतीय सङ्घीयमन्त्री पियुस गोयललगायत नेपाली उच्च सरकारी अधिकारीको पनि सहभागिता रहेको समिट आफैँमा उदाहरणीय नै बन्न पुगेको थियो।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत प्रधानमन्त्रीस्तरमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको सम्झौता (एमओयु) मा हस्ताक्षर भएसँगै अबको तीन वर्षभित्र निर्माण सम्पन्न हुनेमा आशावादी हुन आग्रह गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा रोजगार मेला सुरु भएको छ। नेपाल उद्योग रोजगार मेलाको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलबार विशेष समारोहका बीच उद्घाटन गरे।
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ बजेट मार्फत वीरगञ्ज–पथलैयालाई औद्योगिक करिडोर घोषणा गरिएकाले यहाँका उद्योगी व्यवसायी उत्साहित भएका छन्।
सरकारले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रलाई प्रोत्साहित गरेको छ।
महासंघमा नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगरबीच भएको भेटवार्ताका अवसरमा अध्यक्ष ढकालले निजी क्षेत्र र विकास साझेदारहरूबीच सहकार्य बढाउन आग्रह गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालको छिमेकी मुलुक भारतको बहुप्रतीक्षित भ्रमण तालिका सार्वजनिक भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हमदीबीच बिहीवार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ।
सुन्तला उत्पादनका हिसाबले छुट्टै पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ।
नेपालगञ्जस्थित एक राइस (चालम) मिलले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल अर्काे बोरामा हालेर बिक्रीवितरण गरिरहेको फेला परेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र संघीयताको प्रभावकारी कार्यान्वयन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने लक्ष्यसहितको सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस गरेका छन्।
नेपालको कुल गार्हस्थ्य (जीडीपी) उत्पादनमा निजी क्षेत्रको हिस्सा ८१ दशमलव ५५ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तरमन्त्रालयबीच समन्वय नहुँदा नेपाल भ्रमणमा आएका पर्यटकले दुःख पाएको बताएका छन्।