१४ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सरकारी निकायबीच समन्वय गर्न ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तरमन्त्रालयबीच समन्वय नहुँदा नेपाल भ्रमणमा आएका पर्यटकले दुःख पाएको बताएका छन्। उनका अनुसार स्थलमार्गबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले अन्तर मन्त्रालय समन्वयको अभावमा नेपाल-भारतबीचका सीमानाकाहरूमा दुःख पाइरहेको गुनासोलाई तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सको ५४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले विभिन्न सरकारी निकायहरू बीच समन्वय नहुँदा भारतीय सीमानाका हुँदै स्थलमार्गबाट आउने पर्यटकहरूले विभिन्न किसिमका झमेला बेहोर्नु परिरहेको गुनासो आउने गरेको बताए। 

प्रकाशित: ५ जेष्ठ २०८० ०४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App