८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

पाँच तारे होटलमा २७ अर्ब लगानी

मुलुकमा १९ वटा पाँच तारे होटल दर्ता भएका छन्, ती मध्ये १८ वटा सञ्चालनमा छन्। सञ्चालित पाँचतारे होटलमा कुल लगानी करिब २७ अर्बं रूपैयाँ पुगेको छ। पर्यटन विभागको तथ्यांक अनुसार पाँच तारे होटलहरूमध्ये १८ वटाको कुल लगानी २६ अर्ब ९८ करोड २५ लाख ४१ हजार रूपैयाँ रहेको छ।

त्रिपन्नौं पटक रक्तदान गरेका बजिमयको अनुभव: ‘जति रक्तदान गर्‍यो, उति स्वस्थ्य भइँदोरहेछ ’

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले शनिबार रक्तदान गरे। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित शङ्खधर साख्वाचोकका ५२ वर्षीय बजिमयले रक्तदान गरेको यो त्रिपन्नौं पटक हो।

५२ वर्षपछि फेरिंदै विद्यालय शिक्षा कानुन

५२ वर्षअघि अर्थात् २०२८ सालमा जारी भएको शिक्षा ऐन विस्थापित हुने गरी सरकारले विद्यालय शिक्षासम्बन्धी हालसम्मका कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक विधिवत् रूपमा अघि बढाएको छ।

हराएकाे ५२ वर्षपछि आफन्तको सम्पर्कमा आए गङ्गाबहादुर

सम्पर्कविहीन भएको ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनःमिलन भएको छ। घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गङ्गाबहादुर गुरुङ (जङ्गबहादुर भनिने)को मङ्गलबारमात्रै आफन्तसँग भेट भएको हो।

५२ वर्षपछि लेस्टर फाइनलमा

केलिची इनाचोको गोलप्रेरित लेस्टर सिटी आइतबार साउथह्याम्पटनमाथि १–० को जितका साथ ५२ वर्षपछि एफए कपको फाइनलमा प्रवेश गरेको छ। साउथह्याम्पटन र लेस्टर सिटीबीच वेम्बलीमा भएको खेलमा चार हजार दर्शकलाई मैदान प्रवेशमा अनुमति दिइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्