२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बाल विवाह अन्त्य गर्न राष्ट्रिय अभियान सार्वजनिक

अफ्रिकी मुलुक इथियोपियाले बाल विवाह र महिलाको योनीछेदन प्रचलनको अन्त्य गर्नेगरी पाँच वर्षे राष्ट्रिय योजना बुधबार सार्वजनिक गरेको छ।

बोझिलो बन्दै विवाह

विवाहलाई बोझिलो बनाउने परम्परा हटाउन समाजले सहज र सरल अभ्यासहरूलाई स्वीकार्नु आवश्यक छ। हो, समाजमा धेरै खालका मानिस छन्। एकथरी मानिस खर्चिलो, भड्किलो विवाह गर्दिनँ भन्छन् पनि। त्यो कुरा साँच्चै व्यवहारमा उतार्ने हो भने अदालतमा गएर दर्ता विवाह (कोर्ट म्यारिज) गरे हुन्न र !

अमिरचन्द्र र निर्मलाकाे त्याे चुम्बनः जसले लियाे ज्यान

चुम्बन गरेको गोप्य फोटो सामाजिक सञ्जालमा बाहिरिएपछि सोलुखुम्बुका एक जोडीले आत्महत्या गरेका छन्। अविवाहित पुरुष र विवाहित महिलाबीचको प्रेमसम्बन्ध सामाजिक सञ्जालमा भाइरल भएपछि काठमाडौंको कपनमा दुबै जनाले आत्महत्या गरेका हुन्।

१६ वर्षमै छोरीको विवाह गर्न पाउनुपर्ने !

बालविवाहविरुद्ध जेहादै छेड्नुपर्ने आवाज उठिरहेका बेला हालै बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा केही मधेसी र मुस्लिम महिला, १६ वर्ष पुगेपछि छोरीको बिहे गर्न पाउनुपर्ने माग गर्दैै सडकमै उत्रिएका छन्। यो घटनाले नेपालको महिला आन्दोलन कता हिँडिरहेको छ भनेर सोच्न सबैलाई बाध्य बनाएको छ। महिलाले २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाउने कानुनी प्रावधानलाई चुनौती दिँदै ती महिला आन्दोलनमै उत्रिएका हुन्। उनीहरूका अनुसार बढेकी छोरीलाई घरमा राखे लालनपालन र विवाहमा समस्या हुन्छ। मधेसी र मुस्लिम समुदायको परम्परा ख्यालै नगरी राज्यले आफूखुसी कानुन ल्याएको उनीहरूको आरोप छ। विवाहको उमेरसम्बन्धी कानुन परिमार्जन मात्र होइन, त्यो उमेरमै आफ्ना छोरीहरूको विवाह गर्न राज्यले अनुदान दिनुपर्ने माग समेत उनीहरूले गरेका छन्।

१०७ वर्षीया वृद्धाले भनिन्, ‘अविवाहित भएकै कारण लामो जीवन बाँचियो’

आफ्नो १०७औं जन्मदिनमा विवाह नभएकै कारण आफू लामो जीवन बाँचेको खेलासा गरिन्।

बालविवाहले बढ्यो कर्णालीमा बहुविवाह

कानुनले बहुविवाह सम्बन्धी ऐन कडा रुपमा लागू गरे पनि व्यवहारमा कार्यान्वयन नहुँदा कर्णाली प्रदेशमा बाहुविवाह गर्नेकाे संख्या ह्वात्तै बढेको छ। कर्णाली प्रदेशको अधिकांश जिल्लामा बहुविवाहको संख्या बढेको हो। दोस्रो बिहे गर्ने पुरुषको सङ्ख्या बढ्दै गएपछि कर्णालीका महिला विभिन्न समस्या खेप्न बाध्य छन्। सरकारले बहुविवाह न्यूनीकरणका लागि सचेतना कार्यक्रममार्फत वर्षेनि लाखौँ रुपैयाँ खर्च भएपनि उपलब्धि शून्य नै छ।

श्रीमतीले बहुविवाहको उजुरी दिएपछि प्रेमिकासँग मृत फेला परे श्रीमान

श्रीमती हुँंदाहुँंदै अर्कैसँंग प्रेम गरेर बसेपछि भक्तपुरमा दुई जनाको अकालमा ज्यान गएको छ। श्रीमतीले श्रीमानविरुद्ध प्रहरीमा बहुविवाहको उजुरी दर्ता गरेपछि प्रेमिकासँंगै मंगलबार एकै ठाउँमा झुण्डिएर आत्महत्या गरेका अवस्थामा जोडी भेटिएको हो।

बालविवाहलाई वैधानिकता दिन्छन् स्थानीय निकाय

हुम्लाका ग्रामीण बस्तीहरुमा अझै बालविवाह हुने गरेको छ। उमेर नपुग्दै सानै उमेरमा बालबालिका प्रेममा परेर विवाह गर्ने पाइएको छ। जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केघाड गाउँपालिका–८ का वडाध्यक्ष ट्यारे रोकायाले बालविवाहलाई वैधानिकता दिएका छन्।

छवि र शिल्पाबिरुद्ध पक्राउ पूर्जी जारी

जिल्ला अदालत काठमाडौंले निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेललाई पक्राउ पूर्जी जारी गरेको छ। बहुविवाह सम्बन्धी मुद्दामा छवि र शिल्पालाई पक्राउ पूर्जी जारी गरेको हो।

छोरी उमेरकी शिल्पासँग बहुविवाह गरेको भन्दै छविकी जेठी श्रीमती प्रहरीमा

फिल्म निर्माता छविराज ओझाविरुद्ध बहुविवाह मुद्दामा उजुरी परेको छ। छविकी जेठी श्रीमती हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा छविविरुद्ध बहुविवाह मुद्दामा उजुरी दिएकी हुन्।

सोनावतीको विवाह

प्रायः सधैं विद्यालय आउने सोनावती आज स्कुल आइनन्। बिरामी भएर होला भन्ने साथीहरूले लख काटे। उनको घरबाट विद्यालय आधा घण्टा टाढा छ। चौथो दिनपछि विद्यालय आउँदा उनको मुख निन्याउरो थियो। सरले बोलाउँदा पनि उनी बोलिनन्, निकैबेर टोलाइरहिन्। उनका साथीहरू सोधपुछ गर्न थाले।

बालविवाहले सम्बन्ध बिच्छेद बढाउँदै

रुकुम (पश्चिम)मा वर्षेनी सम्बन्ध बिच्छेदका घटना बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ। जिल्लामा विभिन्न कारणले सम्बन्ध बिच्छेद गर्नेहरुको संख्या बढ्दै गएको जिल्ला अदालत रुकुम (पश्चिम)को तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७५/०७६ मा मात्रै एक सय ५४ वटा सम्बन्ध बिच्छेका उजुरी दर्ता भएको जिल्ला न्यायाधीश आत्मदेव जोशीले जानकारी दिए। महिला र पुरुष दुवैले सम्बन्ध बिच्छेदको माग गर्दै अदालतमा उजुरी दर्ता गरेको उनको भनाई छ।

विवाह समारोहमा आक्रमण, पाँच जनाको मृत्यु

अफगानिस्तानको पूर्वी क्षेत्र नान्गाहार प्रान्तको पाचिरागाम जिल्लामा भइरहेको एक विवाह समारोहमा भएको आत्मघाती आक्रमणमा परी पाँच सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य कैयौं घाइते भएका छन्।

अन्तरजातीय विवाहको पीडाः न गाउँमा बस्न नै पाए, न पढ्न नै

अन्तरजातीय विवाह गरेका जुनीचाँदे गाँउपालिका–५ गर्खाकोटका गणेशकुमार चदारा र सोही ठाउँकी ज्योति शाह चार वर्षदेखि जिल्ला सदरमुकाम खलङ्गामा विस्थापित जीवन बिताइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्