७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

अमिरचन्द्र र निर्मलाकाे त्याे चुम्बनः जसले लियाे ज्यान

सांकेतिक

सोलुखुम्बु– चुम्बन गरेको गोप्य फोटो सामाजिक सञ्जालमा बाहिरिएपछि सोलुखुम्बुका एक जोडीले आत्महत्या गरेका छन्। अविवाहित पुरुष र विवाहित महिलाबीचको प्रेमसम्बन्ध सामाजिक सञ्जालमा भाइरल भएपछि काठमाडौंको कपनमा दुबै जनाले आत्महत्या गरेका हुन्।

सोताङ गाउँपालिकाका–४ नाम्लुङका २१ वर्षे अमिरचन्द्र नाछिरिङ अविवाहित हुन् भने माप्य दुधकोशी गाउँपालिका वाकुका निर्मला खालिङ विवाहित हुन्। श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा निर्मलाले अमिरसंग गोप्य सम्बन्ध राखेको र त्यो सम्बन्ध बाहिरिएपछि संगै झुण्डिएर आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ। 

निर्मला छोरी पढाउन केहि महिनादेखि काठमाडौं बस्दै आएकी थिईन् भने अमिर भने एक महिना अगाडि काठमाडौंमा फुपूसँग बस्दै आएको आफन्तले बताएका छन्। आइतबार साँझ ७ बजेर ३१ मिनेटको समयमा सामाजिक सञ्जाल फेसबुकमा सोताङकै भिम राई सोलु नेपाल प्रयोगकर्ता रहेको फेसबुक आइडीबाट चुम्बन गरेको दृष्य अपलोड भएको थियो।

फोटो बाहिरिएकै कारण उनीहरुले आत्महत्या गरेका मृतकले आफन्तहरुले बताए। तर, भीम राई सोलु नेपालले भने फोटो अर्कै फेसबुक प्रयोगकर्ताबाट प्राप्त भएको टिप्पणी बक्समा प्रतिक्रिया दिएका छन्। उनी पनि विदेशमै छन्। घटनाबारे काठमाडौं प्रहरीले अनुसन्धान थालेको छ।

प्रकाशित: २० श्रावण २०७६ ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App