१२ असार २०८१ बुधबार
image/svg+xml

‘नामवन’ मनाउँदै लोपोन्मुख लेप्चा

देशकै लोपोन्मुख लेप्चा समुदायले आज (सोमबार) मुख्य चाडका रूपमा २३४४ औं नामवन–नामआल–नामसुङ (नयाँ वर्ष) मनाउँदै छन्।

नीति निर्माणमा अग्रसर बन्दै लोपोन्मुख लेप्चा

इलाम जिल्लामा लोपोन्मुख लेप्चा समुदायका मानिस पछिल्लो समय नीति निर्माण तहमा उपस्थिति जनाउँदै छन्। २०६२/०६३ सालको जनआन्दोलनपछि लेप्चा समुदायको सहभागिता स्थानीय तहदेखि संघीय संसद्सम्म देखिँदैछ।

स्थानीय तह निर्वाचन: नीति निर्माणमा अग्रसर बन्दै लोपोन्मुख लेप्चा

इलाममा मुख्य बसोबास रहेको देशकै लोपोन्मुख लेप्चा समुदायका नागरिक पछिल्लो समय नीतिनिर्माण तहमा उपस्थिति जनाउँदै छन्।

उम्मेदवारसमक्ष लोपोन्मुख लेप्चा समुदायको चाहना : भत्ता होइन, शिक्षा र प्रोेत्साहन

जिल्लामा मुख्य बसोबास रहेको लोपोन्मुख लेप्चा समुदायका नागरिकले आउँदो निर्वाचनबाट निर्वाचित हुने प्रतिनिधिले आफ्नो समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीको विषयलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन् । सरकारले आफ्नो समुदायका लागि दिइरहेको सामाजिक सुरक्षा भत्ताभन्दा सिर्जनशील उद्यममा लाप्चाहरूलाई प्रोत्साहन गर्न उनीहरूको सुझाव छ ।

चुनावी झ्याली पिट्दै लेप्चा युवा

सूर्योदय नगरपालिका–८, रम्फोक गाउँका लोपोन्मुख समुदायका युवक मानवीर लेप्चा आउँदो चुनावमा भोट हाल्न पाउने खबरले हर्षित छन्। ‘स्थानीय जनप्रतिनिधि चुन्ने अवसर पहिलोपटक पाउँदा कुन युवक खुसी नहोला र!' मानवीरले सुनाए, ‘म मात्र होइन, हाम्रो समुदायका सबैलाई स्थानीय तहको चुनाव चाडझैं लाग्दै छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्