२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml

शिवकला जिल्लाकै एक्ली महिला वडाध्यक्ष

साकेला गाउँपालिका–३ खिदिमामा निर्वाचित वडाध्यक्ष शिवकला राई जिल्लाकै पहिलो र एक मात्र महिला वडाध्यक्ष बनेकी छन्। दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामध्ये ७८ वडामा पुरुष वडाध्यक्ष हुँदा शनिबार सम्पन्न उपनिर्वाचनमार्फत उनी जिल्लामै एक मात्र महिला वडाध्यक्षको इतिहास रच्न सफल भएकी हुन्।

महिला कर्मचारी मात्र खटाइएकाे एक नमूना मतदान केन्द्र

जिल्ला निर्वाचन कार्यालय दाङले जिल्लाको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाएको छ। स्थानीय निर्वाचनअन्तर्गत घोराहीको बाहुनडाँडा केन्द्रमा महिला कर्मचारीमात्र खटाइएको हो।

नेपाल सेमिफाइनलमा श्रीलंकासंग भिड्ने

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलको सेमिफाइनमा नेपाल श्रीलंकासंग भिड्ने भएको छ।

आत्मविश्वास गुमाउँदा चुक्यो नेपाल

बिहीबार कभर्डहलमै भएको पुरुष भलिबलमा उपाधिको दाबेदार भारत पहिलो जितबाटै सेमिफाइनलमा पुग्न सफल भएको छ। बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकालेपछि भारतलाई पहिलो खेलबाटै सेमिफाइनल पुग्ने आधार बन्यो। नेपालसँग शुक्रबार हुने समूह ‘ए’ को अन्तिम खेल गुमाए पनि भारत सेमिफाइनल पुग्नेछ।

दुर्गादेवीमाथि डिजिटल हिंसा

सामाजिक सञ्जाल र अनलाइन मिडियाले निर्मला प्रकरण सामसुम पार्न दुर्गादेवीले लाखौं रुपैयाँ लिएको आरोप लगाइरहेका छन्। समाजशास्त्रीले यसलाई दुर्गादेवीविरुद्ध डिजिटल हिंसाको संज्ञा दिएका छन्।

महिला भलिबलमा नेपालको उत्कृष्ट प्रदर्शन, दोस्रो सेटमा पनि विजयी

महिला भलिबलमा नेपालले बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ।

महिला हिंसा अन्त्य गर्न आह्वान

महिला हिंसा निर्मूल पार्ने सम्वन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले महिला हिंसा अन्त्य गर्ने अभियानलाई सरोकारवाला सबै मिलेर सफल पार्नु पर्नेमा पनि जोड दिएका छन्। ‘सरकारी पक्ष, निजी क्षेत्र, नागरिक समाज र हरेक आमनागरिकलाई हातेमालो गरेर महिला हिंसाविरुद्धको अभियानमा लाग्न आग्रह गर्दछु,’ महासचिव गुटेर्रेसले दिएको शुभकामना सन्देश उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

बैसठ्ठी प्रतिशत महिला घरेलु हिंसामा

गत आर्थिक वर्षमा मुलुकभर महिलामाथि एक हजार ३ सय १९ हिंसाका घटना भएका छन्। महिला पुनःस्थापना केन्द्र (ओरेक) ले नेपालमा अभिलेखीकरण गरिएका महिलामाथि भएका हिंसाका घटनाको विस्तृत विश्लेषण समेटिएको पुस्तक ‘अन्वेषी’ मा सबैभन्दा बढी ६६.७२ प्रतिशत (८८० जना) महिलामाथि घरेलु हिंसा भएको जनाइएको छ।

जापानी महिलाको समस्या

यायोई मात्सुनागाले जीवनका उर्वर २० को दशकमा हरेक दिनजसो रेलयात्रामा यौन दुव्र्यवहार खेपिन् । रेल यति भिडभाडयुक्त हुन्थ्यो कि कसले उनको पछाडिको भाग च्याप्प समात्यो भन्ने भेउ पाउनै गाह्रो हुन्थ्यो । त्यसमाथि जापानी संस्कृतिमा कसैप्रति आक्षेप लगाउनु महिला नै उस्ती हो कि भन्ने आशंका पनि जन्माउँथ्यो । तसर्थ, उनले कहिल्यै पनि त्यस किसिमको दुव्र्यवहारको विरोध गरिनन् । तीन दशकपछि भने उनले आफ्नो साथीको किशोरी छोरीमाथि सोही किसिमको दुव्र्यवहार भएको चाल पाएपछि भने समय परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको स्पष्ट छनक पाइन् ।

महिलालाई असुरक्षित सामाजिक सञ्जाल

२०७६ जेठ दोस्रो साताको कुरा हो– महानगरीय प्रहरी परिसर काठमाडौंमा २० वर्षीया एक युवती आँखामा टिल्पिल् आँशु लिएर अनुसन्धान अधिकृतको प्रश्नको उत्तर दिंदै थिइन् । आमा र माइजूसँगै प्रहरी कार्यालय आएकी उनको छेउमै रहेकी आमा कहिले पानी पिउँथिन्, कहिले उठेर यताउता गर्थिन् । उनको अनुहारमा छोरीको भविष्यको चिन्ता प्रष्टै झल्कन्थ्यो ।

मन्त्रिपरिषदमा महिला सहभागिता खुम्च्याइएकोमा असन्तुष्टि

संविधानले राज्यका हरेक अंगमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने भने पनि मन्त्रिपरिषद्मा त्यस्तो हुन सकेन।

लोभ देखाएर कोठीमा पुर्‍याइन्छन् महिला

विभिन्न आर्थिक प्रलोभन र अवसरको लोभ देखाएर गरिब र सोझा महिलालाई भारतसम्म पुर्‍याउने गरेको प्रहरीले जनाएको छ।

मेडिसिटीका डाक्टर बलात्कार प्रयास गरेको आरोपमा पक्राउ

बलात्कारको आरोपमा नख्खुस्थित मेडिसिटी हस्पिटलका डाक्टर रोहित कुमार झालाई ललितपुर प्रहरीले सोमबार प्रक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्