९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

महिला भलिबलमा नेपालको उत्कृष्ट प्रदर्शन, दोस्रो सेटमा पनि विजयी

काठमाडौं– महिला भलिबलमा नेपालले बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ।

पहिलो र दोस्रो सेटमा नेपाल विजयी भएको छ। दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणको पहिलो सेटमा नेपाल २५–९ ले विजयी भएको थियो।

त्यस्तै दोस्रो सेट पनि नेपालले २५–९ले नै जितेको थियो। पहिलो सेटमा सरस्वती चौधरीले  सर्वाधिक ५ पोइन्ट, प्रतिभा मालिले ४ पोइन्ट र  रेस्मा भण्डारीले ३ पोइन्ट जोडिन। त्यस्तै दोस्रो सेटमा प्रतिभाले ६, सरस्वतीले ४, हीरा केसीले ३, ऊषा भण्डारीले ३ पोइन्ट जोडेकी थिईन।

अहिले नेपाल तेस्रो सेटमा प्रतिस्पर्धा गरिरहेको छ। औपचारिक रुपमा खेल उद्घाटन हुन पाँच दिन बाँकी भएपनि प्रतिस्पर्धा आजैबाट सुरुवात भएको हो। खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कवर्डहलमा भएको हो। नेपाल अरुणा शाहीको कप्तानीमा मैदान उत्रिएको छ। 

भलिबलबाहेक अन्य खेल भने उद्घाटनपछि नै हुनेछन्। एक राष्ट्र भुटानको भलिबलमा सहभागिता छैन। दुई साताअघि बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन महिला भलिबलमा च्याम्पियन नेपाल उच्च मनोबलका साथ कोर्टमा उत्रिएको छ। नेपाली महिला टोली सागमा स्वर्ण पदक जित्ने लक्ष्यका साथ उत्रँदै छ।

प्रकाशित: ११ मंसिर २०७६ १०:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App