८ असार २०८१ शनिबार
image/svg+xml

पर्यटकीय सम्पदाबाटै म्याग्दीको समृद्धि

प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जातीय र जैविक विविधताका साथै ऐतिहासिक सम्पदा म्याग्दीका पर्यटकीय सम्पदा हुन्। हिमाल, अग्ला पहाड, वनजङ्गल, नदी, झरना, तालतलैया, ऐतिहासिक र धार्मिकस्थल, विभिन्न जातजातिका विविधतायुक्त कलासंस्कृति, रहनसहन र जीवनशैली म्याग्दीको पर्यटन विकासका आधार मानिएको छ।

हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यले मनमोहक 'पुनहिल घोडेपानी'

समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ।

अन्नपूर्ण आधार शिविर प्रवर्द्धन गर्न पदयात्रा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटन प्रवर्धनका लागि पदयात्रा गरिएको छ।

‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धन गर्न पदयात्रा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि आजदेखि पदयात्रा सुरु भएको छ।

उदयपुर दुर्घटना अपडेटः ३ को निधन, १४ को उपचार जारी, २२ घर फर्के

अघिल्लो दिन पिकनिक खाएर फर्कने क्रममा दुर्घटनामा परेको अन्नपूर्ण बोर्डिङ स्कुल बसका घाइतेमध्ये २२ जना निको भएर घर फर्केका छन्।

अन्नपूर्ण क्षेत्रका व्यावसायी भन्छन्ः कोरोनापछि सबैभन्दा बढी पाहुना यो सिजनमा

अन्नपूर्ण फेरो पदमार्गमा पर्ने मनाङका होटलको अकुपेन्सी अहिले पनि ७० प्रतिशत हाराहारीमा छ। केहीदिन अघिसम्म सतप्रतिशत रहेको अकुपेन्सी चिसो बढ्दै जान थालेसँगै बिस्तारै घट्न थालेको त्यहाँका व्यावसायीले बताएका छन्। तर, मूख्य सिजनमा विदेशी पाहुनाको आगमन भने उत्साहजनक रहेको त्यहाँका व्यावसायीले बताए।

अन्नपूर्ण क्षेत्रमा २४ हजार पर्यटक भित्रिए

गत कात्तिकमा २४ हजार चार सय नौ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र घुमेका छन्।यसरी घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका सात हजार चार सय ७९ र अन्य १६ हजार नौ सय ३० पर्यटक रहेका छन्।

अन्नपूर्णको पञ्चकुण्ड ताल जमेर बरफ भएपछि...

अन्नपूर्ण हिमालको फेदमा अवस्थित हिमाल जस्तै स्वछन्द निलो रङमा देखिने ताल चिसो बढेसँगै हिजो आज जमेको हो।

स्वाँतखोलामा तीन सय ४४ मिटर लामो पुल निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ को शिख स्थित स्वाँत खोलामा तीन सय ४४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ।

आँखा अगाडी लोभलाग्दा 'हिमाल'

पोखराको पृथ्वी चोकमा बिहान ४ बजेतिर पुगेका थियौँ। त्यसपछि फेरि लोकल बसमा चढेर काँढे भन्ने ठाउँ पुग्यौँ। साढे ६ बजेतिर हामी काँढे पुगिसकेका थियौँ।

घारखोलामा पुल निर्माण

पोखरेबगरबाट नेपाने हुँदै पाउद्धार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो।

मनाङमा छ महिनामा भित्रिए नौ हजार सात सय बढी पर्यटक

हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ। भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ।

हिमालको पाउमा पर्दा लोभिए गुटेरेस

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार बिहानै हेलिकप्टरबाट अन्नपूर्ण आधारशिविर (एबीसी) ओर्लिए। समुन्द्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाईको आधारशिविरमा हेलिकप्टरबाट ओर्लिदा गुटेरेस निकै नै खुसी थिए। आँखै अगाडि ठोकिने हिमालको पाउ पर्दा उनमा खुसीको सिमै थिएन। करिब ३५ मिनेट आधारशिविरमा बिताएका गुटेरेसले स्थानीयसँग भलाकुसारी पनि गरे।

एबीसीमा गुटेरेस: जलवायु परिवर्तनको असर न्यूनीकरणमा सहयोग गर्ने प्रतिबद्धता

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

धनी देशका कारण नेपाललाई जलवायु परिवर्तनको असर: गुटेरेस

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रकृतिबिरुद्धको लडाईं रोक्ने सन्देश दिनु आफ्नो भ्रमणको प्रमुख उद्देश्य रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्