२६ पुस २०८१ शुक्रबार
image/svg+xml

मनकारी जेनिफर

गायिका जेनिफर लोपेजले तुफानबाट प्रभावितहरूलाई १ मिलियन अमेरिकी डलरको सहयोग गरेकी छिन्। ४८ वर्षे गायिका लोपेजले पिएर्टो रिकोका तुफान पीडितहरूलाई १ मिलियन अमेरिकी डलर सहयोग प्रदान गरेकी हुन्। न्यूर्योकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पिएर्टो रिकोका तुफान पीडितहरूलाई सहयोग गर्न अपिल समेत गरेकी छिन्।

गुञ्जिए तारादेवी र अरुणाका गीत

स्वर साम्राज्ञी अरुणा लामाको ‘नेपाली गौरव गर्छौ’ बोलको गीतलाई १२ जना पोखरेली गायिकाले सामूहिक स्वर दिँदा पोखरा सभागृह गुञ्जायमान बन्यो। उनीहरूको स्वरमा पोखरेलीले ताली र स्वरमा स्वर मिलाउदै गर्दा सभागृहको माहोल गुञ्जायमान भएको थियो।

‘इरानबाट देशनिकाला गराइयो’

बेलायती गायिका जोन स्टोनले वल्र्ड टूर कन्सर्टको क्रममा इरानबाट डिर्पोट भएको खुलासा गरेकी छिन्। इन्ट्राग्राममा भिडियो राख्दै उनले घुमघामको लागि इरान पुग्दा गैरकानुनी रूपमा कन्सर्ट गर्न खोजेको भन्दै डिर्पोट गराइएको उल्लेख गरेकी छिन्।

ठमेल तताउँदै कक्कड

बलिउड गायिका नेहा कक्कडले आगामी जेठ २५ गते काठमाडौंको ठमेल तताउने भएकी छन्। पहिलो पटक काठमाडौंका दर्शकमाझ प्रत्यक्ष रूपमा प्रस्तुत हुन लागेकी उनले ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) मा पारामाउन्ट इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ‘नेहा कक्कड लाइभ’ मा आफ्ना लोकप्रिय गीतमार्फत दर्शक तताउने भएकी हुन्।

लोकगायिका डीक्रा पुरस्कृत

एक दशकपछि गायनमा फर्किएकी सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीलाई नेपाल स्रष्टा समाजले ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ प्रदान गरेको छ। ठाडीभाकाको संरक्षण र बादी समुदायको शसक्तिकरणमा योगदान पु-याएस्वरुप उनलाई पुरस्कृत गरिएको समाजका अध्यक्ष विधान आचार्यले जानकारी दिए।

पतिबाट अलग्गिइन् एडिली

बेलायती गायिका तथा गीतकार एडिली पति सिमोन कोनेकीबाट अलग्गिएकी छन्। गायिकाका प्रतिनिधि बेनी तारान्तिनी र कार्ल फिसले गत शुक्रबार एक विज्ञप्ति जारी गर्दै दुवैजना अलग्गिएको पुष्टि गरेका हुन्।

बेलायतमा ‘मिरा साँझ’

गायिका मिलन नेवारले स्थापना गरेको मिलन च्यारिटी फाउण्डेसनले आगामी चैत १६ गते शनिबार बेलायतका विभिन्न सहरमा ‘मिरा साँझ’ आयोजना गर्ने भएको छ। सुनसरीको सहिद स्मृति आवासीय विद्यालयको सहयोगार्थ हुन लागेको साँझमा गायिका मिलन नेवार र गायक राजनराज शिवाकोटी गुञ्जिनेछन्।

गोर्खाज फाइनान्सको ब्रान्डदूत मेलिना

गोर्खाज फाइनान्स लिमिटेडको ब्रान्डदूतमा गायिका मेलिना राई नियुक्त भएकी छिन्। फाइनान्सले राईसँग शुक्रबार ब्रान्डदूतसम्बन्धी सम्झौता गरेको जनाएको छ।सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लालबहादुर थिङ र गायिका राईले हस्ताक्षर गरेका छन्। गायिका राईले अब एक वर्षसम्म संस्थालाई ब्रान्डदूतको रुपमा सहयोग गर्नेछिन्।

गायिका प्रवृत्ति सम्मानित

खोटाङकी गायिका प्रवृति राई सम्मानित भएकी छन्। सांगीतिक क्षेत्रमा करियर बनाउन संघर्षरत दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी १६ वर्षीय प्रवृत्तिलाई १ सय ९ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार सम्मान गरिएको हो।

‘माउन्ट एभरेस्ट हेर्ने इच्छा छ’

भारतीय गायिका कविता कृष्णमूर्ति विशेषतः नेपाली फिल्मले रुचाउने एउटा नाम हो । उनले स्वर दिएका धेरै नेपाली फिल्मका गीतहरू ‘हिट’ छन् । उनले स्वर दिएका फिल्मका गीतहरू ‘उडु कि गुडु म’, ‘तिम्रो नजरले बल्छी हानेछ’, ‘चिठी आएन’, ‘कति औली अग्ली भए’लगायत चर्चित छन् ।

‘सुतिरहेका बेला भूत आयो भने ‘तिमी किन आयौँ’ भनेर सोध्थेँ’

पहिलोपल्ट रियालिटी सोमा भाग लिन जाँदा मनमा एक किसिमको डर थियो। कसरी गाउने होला, गाएको मिल्छ कि मिल्दैन होला भन्ने डर ! मैले राष्ट्रिय स्तरका गायक–गायिका पहिलोपल्ट देखेको पनि त्यतिबेलै थियो। पास हुन्न कि भन्ने फिल भएको थियो तर पास भएकी थिएँ।

काठमाडौंमा डिक्राको डेउडा झंकार

सुदूरपश्चिमकी लोकगायिका डिक्रा वादीले शनिबार काठमाडौंमा मायाप्रेम र विरहका डेउडा गीत गाउने भएकी छन्। डेउडा भाकामा उनले दोहोरी र ठाडी गीत गाउने छिन्।

‘काठमाडौंले आफ्नो अस्तित्व गुमाइसकेको छ’

पोखरा र धरान निकै मनपर्छ। पोखरा नेपालको शान्त र रमणीय सहरभित्र पर्छ। यो सहरको सबै पक्ष व्यवस्थित छ। पोखरामा धुँवाधुलो र प्रदूषण कतै देखिँदैन। फराकिला सडक, फेवाताल र सहर वरिपरिका पर्यटकीय मार्गले पोखरा पर्यटकको आकर्षण केन्द्र बनेको छ।

एजे क्रिउलाई ५० हजार

गायिका टिका प्रसाईले आफ्नो गीत ‘माया लुकीलुकी’को प्रवर्द्धनका लागि आयोजना गरेको ‘कभर डान्स भिडियो प्रतियोगिता’मा झापा, गौरादहको एजे क्रिउ उत्कृष्ट भएको छ। प्रतियोगितामा सहभागी २० प्रतिष्पर्धीलाई पछि पार्दै क्रिउले ५० हजार रुपैंयाँ पुरस्कार जितेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्