खडेरी प्रभावित क्षेत्रमा सरकारी टोली
क्षति निरीक्षणका लागि प्रदेशबाट आएको टोलीले खडेरी तथा वर्षा प्रभावित क्षेत्र हलेसी तुवाचुङ–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ–२ डिकुवाको निरीक्षण गरेको मेयर इवन राईले बताए।
क्षति निरीक्षणका लागि प्रदेशबाट आएको टोलीले खडेरी तथा वर्षा प्रभावित क्षेत्र हलेसी तुवाचुङ–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ–२ डिकुवाको निरीक्षण गरेको मेयर इवन राईले बताए।
सिंचाई सुविधा भएका फाँटहरुमा रोपिएका धानका वीउ गाँज हालेर हरिया बनेका छन्। लहलह परेका धान गोडमेल किसानहरुलाई चटारो छ। जिल्लाको शेराबेसीका किसानले भने साउनको अन्तिम सातासम्म पनि रोपाई गर्न पाएका छैनन्। फाँटमा लहलह परेका धान देख्दा बाँझो खेत सम्झन्छन्।
एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईसमक्ष खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको खडेरी तथा वर्षापीडित नागरिकला उपलब्ध गराउन माग गरिएको छ।
ओखलढुंगामा मध्य साउन लाग्दा करिब ३५ प्रतिशत रोपाइँ सकिएको छ। लामो समयको खडेरीपछि पानी परे पनि मूल नफुटेका कारण रोपाइँ ढिला भएको भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ।
ढिलो वर्षा भएका कारण खोटाङमा हालसम्म ६२ प्रतिशत मात्र रोपाइँ भएको छ। लामो समयसम्म खडेरी परेकाले मैझारो हुने बेलामा करिब ६२ प्रतिशत मात्र रोपाइँ भएको हो।
तराईका अधिकांश जिल्ला यतिखेर बाढीको डुबानमा छन्। ठाउँठाउँमा बाढीपहिरोको समस्या पनि उस्तै छ। नेपालको चेरापुञ्जीको रुपमा पनि चिन्ने गरिएको पोखरा र आसपासमा भने अझै पर्याप्त पानीको अभावमा कतिपय स्थानमा रोपाइँ नहुँदा खेत बाँझै छन्।
लामो खडेरीपछि पानी परेको मौका पारेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा मैतुुङका शेरबहादुर राई बुधबार बिहान धानको बीउ राख्न खेतमा पुगेका थिए। पत्नी श्यामकुमारी घरधन्दामा थिइन्। सधैझैं घरभित्रबाहिरको नियमित काममा व्यस्त रहेको अवस्थामा आएको दुःखद खबरबाट अहिले राई दम्पती मर्माहत छन्। नेपाल प्रहरीमा कार्यरत जेठो छोरो सञ्जीव राई भोजपुरमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तासँगको मुठभेडमा मारिएको खबरले राई दम्पतीलाई मर्माहत बनाएको हो। घटना बुधबार बिहान भोजपुरमा भएको थियो।
कहिल्यै नसुकेका मुहान खडेरीले सुक्दा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको चुमाखुमा पानीको विकराल समस्या सुरु भएको स्थानीय तामन राईले बताए।
सुनकोसी गाउँपालिका–१ आम्बोटका किसान दानबहादुर राईले ६४ रोपनि जग्गामध्ये ३५ रोपनिमा मकै बाली लगाएका थिए। चैत अन्तिम र वैशाख सुरुमा उनले ३५ रोपनि बारीमा लगाएको सबै मकैका बोट खडेरीका कारण सुकेका छन्। चैत महिनामा सामान्य पानी परेपछि छरेको मकै लामो समयसम्म पानी नपरेका कारण बारीमै सुकेपछि उनी दुखित भएका छन्। ‘विगतमा चैत, वैशाखमा छरेर साउन अन्तिममा पाक्ने मकै खडेरीका कारण सखाप भयो,’ राईले भने।
खोटाङका किसानले लामो खडेरीले मरेका मकैको बोट उखाल्न थालेका छन्। सामान्य वर्षापछि छरेको मकै उम्रिए पनि आधा मिटर अग्लो नहुँदै खडेरीले मरेपछि किसानले उलेखेर गाईबस्तुलाई घाँस दिन थालेका छन्। असार बित्न लाग्दा पनि पानी नपर्दा जिल्लाको हलेसी–तुवाचुङ नगरपालिका, रावाबेंसी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, बराहपोखरी गाउँपालिकालगायत ठाउँमा लगाइएको मकैको बोट सुकेर मर्न थालेका छन्। मकैको बोट सुकेर कामै नलाग्ने अवस्थामा पुगेपछि हलेसी तुवाचुङ नगरपालिकाका बाहुनीडाँडा, दुर्छिम, राजापानीलगायत सुक्खाग्रस्त क्षेत्रका किसानले उखालेर गाईबस्तुलाई घाँस हाल्न थालेका हुन्।
समयमा धान रोप्न नपाएपछि किसानहरु निकै तनावमा छन। उनीहरु मानो रोपेर मूरी फलाउने बेलामा भैरहेको समस्याले आगामी दिन निकै कष्ठकर हुने बताउँछन।
विगतमा असार मध्यसम्म ३५ प्रतिशत हारहारीमा रोपाइँ भइसक्थ्यो। चर्को खडेरीका कारण १० प्रतिशत रोपाइँ पनि हुन सकेको छैन।
गत वर्ष पनि पाँचथर, तेह्रथुम र धनकुटाका सो क्षेत्रमा तीन हजार सात सय ९० परिवार खडेरीबाट पूर्ण रूपमा प्रभावित भएकाले प्रदेश सरकारले राहत वितरण गरेको थियो।
लामो खडेरीका कारण कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको ताल सुक्न थालेपछि यहाँ रहेका वन्यजन्तुलाई पानीको प्यास मेटाउन सकस भएको छ।