२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भारतीय विदेशमन्त्री स्वराज आज नेपाल आउँदै

भारतीय विदेशमन्त्री सुष्मा स्वराज प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देशसहित आज नेपाल आउँदै छिन् । उनी वायुसेनाको विशेष विमानमार्फत अपराह्न तीन बजे नेपाल आउन लागेकी हुन् ।

भारतीय अवरोधपछि नेपाली अदुवा बंगलादेश

निरन्तरको भारतीय अवरोधले कारोबार नै चौपट बन्न थालेपछि व्यवसायीले नेपालको अदुवा बंगलादेश पठाउन थालेका छन् । निर्यातकर्ता व्यापारीको पहलमा झन्डै एक दशकपछि पहिलोपटक नेपालको अदुवा तेस्रो मुलुक पुगेको हो ।

भूकम्पले हल्लियो भारत

भारतमा भूकम्पको कडा धक्का महसुस गरिएको छ। अफगानिस्तानको हिन्दु कुश क्षेत्रलाई केन्द्रविन्दू बनाएर बुधबार दिउँसो १२ः४० मा गएको ६ दशमलब १ रेक्टर स्केलको धक्का भारतका विभिन्न सहरमा महसुस गरिएको हो।

भारतबाट ३ चेलीको उद्धार

एक महिनाकै अवधिमा भारतबाट ३ चेलीको उद्धार गरिएको छ। बेचबिखन र हिंसा प्रभावितलाई उद्धार पुनःस्थापन तथा सीप सिकाएर आत्मनिर्भर बनाउने काममा सक्रिय रहेको केआइ नेपालको पहलमा भारतबाट एक महिनामै ३ चेलीको उद्धार भएको हो।

नेपाल–भारत अधिकारीबीच सर्वे टोली पर्खने सहमति

कञ्चनपुरको बेलौरी नगरपालिका– १० सडकघाटमा नेपाली भूमिमा सडक बनाउने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको विषयमा दुवै देशका सुरक्षा निकायबीच नेपाल–भारत संयुक्त सर्वे टोलीलाई पर्खेर विवाद समाधान गर्ने सहमति भएको छ।

भारतमा आठ महिने शिशु बलात्कृत

भारतको राजधानी नयाँ दिल्लीमा आठ महिने शिशु बलात्कृत भएकी छिन् ।आठ महिने शिशुमाथि नातामा दाजु पर्नेले व्यक्तिले बलात्कार गरेको आरोप लगाइएको छ ।

भारतीय विदेशमन्त्री स्वराज भोलि काठमाडौं आउने

प्रधानमन्त्री भएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भारतमा गराउने उद्देश्यसहित भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिहीबार नेपाल आउँदै छिन् । नयाँ जनादेशबाट वाम गठबन्धनले सरकार बनाउने प्रायः निश्चित भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देशसहित स्वराज नेपाल आउन लागेकी हुन् ।

माथिल्लो तामाकोसीमा भारतीय ठेकेदारको लापबारही

निर्माण सम्पन्न हुने चरणमा रहेको भनिएको बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा काम गरिरहेको एक भारतीय ठेकेदार कम्पनीले निर्माण कार्यमा अवरोध पु¥याउने मनशायले गम्भीर लापबारही गरेको छ ।

नयाँ दिल्ली भारतको सबैभन्दा प्रदूषित सहर

भारतको राजधानी नयाँ दिल्ली भारतीय सहरहरुमध्ये सबैभन्दा प्रदूषित सहर भएको एक अध्ययनले देखाएको छ। सो अध्ययनले भारतीय राज्यहरुमध्येमा उत्तर प्रदेश सबैभन्दा प्रदूषित राज्य भएको पनि देखाएको राजधानी नयाँ दिल्लीमा मङ्गलबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।

भारतीय जेलबाट नेपाली बालिकाको उद्दार

भारतको उत्तर प्रदेश स्थित बहराइज जेलवाट एक नेपाली बालिकाको उद्दार गरिएको छ। जिल्ला बालकल्याण समितिको प्रयास पछि यहाँस्थित आठवीसकोट नगरपालिकाकी ६ बर्षिया बालिकाको उद्दार गरिएको हो।

भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा

भारत १९ बर्षमुनिको विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। न्यूजिल्याण्डमा जारी प्रतियोगिताको सेमिफाइनलमा पाकिस्तानलाई २ सय ३ रनको फराकिलो अन्तरले पराजित गर्दै भारत उपाधि नजिक पुगेको हो।

अदुवामा ‘कोटा’ निर्धारण गर्ने भारतीय तयारी

भारतले नेपालबाट आयात हुने अदुवामा ‘कोटा’ निर्धारण गर्ने तयारी थालेको छ । अहिलेसम्म बेहिसाब रुपमा भारतीय बजार आइरहेको नेपालको अदुवा छिट्टै सीमित परिमाणमा मात्रै आउने प्रावधान बन्न लागेको हो । अदुवा आयातकर्ता भारतीय व्यापारीहरुले नयाँ सरकारी तयारीको पुष्टि गरेका छन् ।

भारतीय विदेश मन्त्री स्वराजको दुई दिने नेपाल भ्रमण बिहीवारदेखि

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले यसै साता नेपालको दुई दिने भ्रमण गर्ने निश्चित भएको छ । भारतको विदेश मन्त्रालयका अनुसार स्वराजले यसैसाता बिहीवार र शुक्रवार नेपालको भ्रमण गर्नेछिन्।

भारतलाई उछिन्दै चीन पहिलो नम्बरमा

स्वीटजरल्याण्डको डावोसमा भर्खरै सार्वजनिक यस वर्षको ग्लोबल ट्रस्ट इन्डेक्स रिपोर्टअनुसार चीनको सरकार ७४ अंक प्राप्त गरी विश्वमै सबैभन्दा बढी जनताको मत जित्ने सरकारको रुपमा आफुलाई उभ्याएको अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन्।

बहाना ‘भारतीय कम्पनी’, गन्तव्य कुवेत

नेपाली महिला कामदारलाई अवैध रुपमा विदेश पठाउँदै आएका तस्करका लागि पछिल्लो समयमा भारतीय ‘नेटवर्किङ’ व्यापार सजिलो बहाना बनेको छ । भारतमा सञ्चालनमा रहेका कम्पनीमा जागिर लगाइदिने, ती कम्पनीको सदस्य बनाइदिने भन्दै महिलालाई सीमा कटाउने तस्करले अन्ततः उनीहरुलाई विभिन्न मुलुक पुर्याउँदै आएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्