युवा समूहबीच कुटाकुट, घाइतेलार्इ हेलिकप्टर मार्फत काठमाडाैं ल्याइयाे
पाल्पाको रामपुर नगरपालिकामा दुई युवा समूहबीच कुटाकुट हुँदा दुई जना घाइते भएका छन्। रामपुर–५ बेझाँडमा भएको कुटाकुटमा समसूहक मिया र सहदत हुसेन घाइते भएका छन्।
पाल्पाको रामपुर नगरपालिकामा दुई युवा समूहबीच कुटाकुट हुँदा दुई जना घाइते भएका छन्। रामपुर–५ बेझाँडमा भएको कुटाकुटमा समसूहक मिया र सहदत हुसेन घाइते भएका छन्।
पाल्पा बुटवल सडक साेमबारदेखि तीन दिनसम्मका लागि दैनिक ६ घण्टा बन्द हुने भएको छ। साेमबारदेखि पर्सि बुधबारसम्म तिनाउ गाउँपालिका दोभानको चिडियाखोलादेखि भूतखोला सडकखण्डमा मर्मत गर्नुपर्ने भएकाले सडक बन्द गर्नुपरेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ।
पाल्पामा वृद्ध दम्पत्तीले झुण्डिएर आत्महत्या गरेका छन्। माथागढी गाउँपालिका–५, गोहेलुङका दम्पत्तीले घर नजिकैको जंगलमा पासो लगाएर आत्महत्या गरेका हुन्।
पाल्पामा धान उत्पादनमा वृद्धि भएको छ। जिल्लाको दोस्रो खाद्यान्न बालीका रुपमा रहेको धान यस वर्ष ३६ हजार ४८५ मेट्रिक टन उत्पादन भएको हो। जिल्लामा ८ हजार ६२० हेक्टर धानखेती क्षेत्रफलमध्ये प्रतिहेक्टर ४.२४ प्रतिशतले उत्पादकत्व वृद्धि भएको छ।
पाल्पामा ३१७ जना एचआइभी संक्रमित फेला परेका छन्। आव २०७४–७५ मा ११ पुरुष, नौ महिला, १४ वर्ष मुनिका २ जना बालबालिका गरी २२ जना संक्रमित बिरामी नयाँ थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए।
पाल्पा टि ट्वान्टी च्याम्पियन्स लिग २०७५ को उपाधि पाल्पाली क्रिकेट प्लेयर्स तानसेनले चुमेको छ। लिग चरण अन्तर्गत दमकडा खेल मैदानमा भएको प्रतियागितामा पाल्पाली लेजेण्ड्स क्रिकेट क्लबलाई ११ रनले हराउ“दै पाल्पा क्रिकेट क्लबले पाल्पा २० ट्वान्टी च्याम्पियन्स लिगको ट्रफी हात पारेको हो।
दमकडा क्रिकेट क्लबले आयोजना गरेको पाल्पा टि २० च्याम्पियन्स लिगको बुधवारको खेलमा पाल्पा क्रिकेट क्लब र दमकडा क्रिकेट क्लब विजयी भएका छन्। बुधबार भएको पहिलो खेलमा पाल्पाली लेजेण्डले पाल्पा क्रिकेट क्लबलाई ११ रनले पराजित गरेको छ।
पाल्पामा भएको मैत्रीपूर्ण फुटबलको उपाधी कर्मचारी मिलन केन्द्र, पाल्पाले जितेको छ। आठ समूहलाई पछाडी पार्दै प्रशासनीक कार्य गर्ने कर्मचारीले फुटबलको उपाधी हात पारेका हुन्।
पाल्पाका ट्रिपरलाई ‘टाइम कार्ड’ वितरण गरिएको छ। हार्थोक–दोभान तथा दोभान–हार्थोक सडकमा गुड्ने ट्रिपरलाई २ घण्टा ३० मिनेट समय दिएर कार्ड प्रदान गरिएको हो।
पाल्पाका २ सय जना सवारी चालकले सवारी चालक अनुमतिपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन्। उनीहरूले मुलुकी अपराध संहिता तथा यातायात व्यवस्था ऐनमा भएको सजाय पुनरावलोकनको माग राख्दै आजैदेखी जिल्लामा गाडी सञ्चालन नगर्ने बताएका हुन्।
लागुऔषध र दुर्व्यसनका घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले गाँजा खेती नष्ट गर्ने अभियान सञ्चालन गरेको छ। यही क्रममा रैनादेवी छहरा गाउँपालिका–७, सुकादमारमा रहेको व्यवसायिक गाँजाखेती प्रहरीले नष्ट गरेको छ।
पाल्पामा दुई सय वर्ष पुरानो रथयात्राको तयारी तीव्र पारिएको छ। हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाल्पाको तानसेनमा धुमधामका साथ मनाइने यो भगवती जात्रा नेपाल अंग्रेज युद्धसँग जोडिएकोले यसको तयारी तीव्र पारिएको छ।
आमा र शिशुको पोषणमा सुधार गर्न तथा मातृशिशु मृत्युदरमा कमी ल्याउन पाल्पाको पूर्वखोला गाउँपालीकाले सित्तैमा एक क्यारेट अण्डा वितरण गर्न थालेको छ। एक क्यारेट अण्डा निशुल्क पाउन थालेपछि महिलाहरूले गर्भपरीक्षण नियमित गर्न थालेका छन्।
पाल्पा कारागारमा कैदीबन्दीबीच झडप हुँदा २ जना घाइते भएका घन्। नाईके समूह र अन्य पक्षबीच झडप हुँदा कैदीबन्दी सन्तोष नेपाली र अर्जुन घिमिरे घाइते भएका हुन्।
पाल्पामा रिभर भ्याली सेकेण्डरी बोर्डिङ स्कुलको बस बगनासकाली गाउँपालिका–१, पिप्लेमा दुर्घटना हुँदा ४ विद्यार्थी घाइते भएका छन्।