३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

पाल्पा च्याम्पियन्स लिगको उपाधि तानसेनलाई

पाल्पा– पाल्पा टि ट्वान्टी च्याम्पियन्स लिग २०७५ को उपाधि पाल्पाली क्रिकेट प्लेयर्स तानसेनले चुमेको छ। लिग चरण अन्तर्गत दमकडा खेल मैदानमा भएको प्रतियागितामा पाल्पाली लेजेण्ड्स क्रिकेट क्लबलाई ११ रनले हराउ“दै पाल्पा क्रिकेट क्लबले पाल्पा २० ट्वान्टी च्याम्पियन्स लिगको ट्रफी हात पारेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको पाल्पाली क्रिकेट प्लेयर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६८ रन बनायो। पाल्पालीका सरन रसालीले ३०, आशिस लोहनीले २६ तथा रुपेश बस्याल र अजय बस्यालले समान १५/१५ रन बनाए। लेजेण्ड्सका केशव पराई, पूर्णराज साक्य र राजिव श्रेष्ठले समान २÷२ विकेट लिए। १ सय ६९ रनको को लक्ष्य पछ्याउँदै लेजेण्ड्स ५ विकेट गुमाएर १५७ रनमा समेटिए। लेजेण्ड्सका राजेन्द्रमान साक्यले ६६ र संजिव चित्रकारले ३४ रन बनाए। पाल्पालीका विमर्श दर्नाल र अजय बस्यालले १/१ विकेट लिए। 

प्रतियोगितामा रुपेश बस्याल बेष्ट बलर, राजेन्द्रमान साक्य बेष्ट ब्याट्सम्यान र सागर थापा क्षेत्री म्यान अफ दि सिरिज घोषित भए। प्रतियोगितामा मोहन भुषाल स्टाईक बलर र सतिश मश्राङ्गी स्ट्राईक ब्याट्सम्यान घोषित भए। म्यान अफ दी फाइनल राजेन्द्रमान शाक्य घोषित भए। प्रतियोगिताको बिजेताले ६० हजार रुपैंया, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेताले ३० हजार रुपैंया, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

बिजेता र उपबिजेतालाई पुरस्कार बितरण गर्दै प्रदेश सांसद तुलाराम घर्ती बसन्तले खेल र युवाको सकारात्मक विकासको लागि प्रदेश सरकारले योजना बनाएर काम गर्ने बताए। खेलकुद पत्रकार मञ्च पाल्पाका अध्यक्ष माधव अर्यालले क्रिकेटको विकासमा लागेका युवाहरुलाई स्थानीय तहले समेत सहयोग गर्नुपर्ने बताएका थिए। कार्तिक ४ गतेदेखी सुरु भएको खेलमा ८ समूहको सहभागिता रहेको थियो। क्लबले हरेक वर्ष आयोजना गर्ने प्रतियोगिताको यो नवौं संस्करण हो। यसअघि टेनिस बलले खेलाइ“दै आएको थियो। यसपटक स्टान्डर्ड लेदर बलले प्रतियोगिता सञ्चालन गरेको क्लबले जनाएको छ। लेदरबलबाट यसअघि जिल्लामै प्रतियोगिता भएको थिएन। स्कोरबोर्ड र लेदर बल दुबै नयाँ हुन्। 

खेलाडी उत्पादन गर्न सकियोस् भनेर प्रतियोगितामा जिल्ला भित्रका मात्र सहभागी हुन पाउने नियम बनाएको क्लबका अध्यक्ष बिक्रम थापाले बताए। यही प्रतियोगिताबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत खेलाडी छनौट हुनेछन्।

प्रकाशित: ११ कार्तिक २०७५ १५:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App