३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

टि २० च्याम्पियन्स लिग : पाल्पा र दमकडा क्लब विजयी

पाल्पा– दमकडा क्रिकेट क्लबले आयोजना गरेको पाल्पा टि २० च्याम्पियन्स लिगको बुधवारको खेलमा पाल्पा क्रिकेट क्लब र दमकडा क्रिकेट क्लब विजयी भएका छन्। 

बुधबार भएको पहिलो खेलमा पाल्पाली लेजेण्डले पाल्पालाई ११ रनले पराजित गरेको छ। टस जिती पहिले व्याटिंग रोजेको लेजेण्डले निर्धारित २० ओभरमा १९ ओभर ४ बलमा सबै विकेट गुमाएर १३४ रन बनायो। लेजेण्डका तेजेन्द्र जंग बहादुर रानाले ३२, सागर थापाले २३ र सञ्जिव चित्रकारले १९ रन बनाए। पाल्पाका कुलदिप थापाले ३ र अर्पण अर्यालले २ विकेट लिए। १ सय ३५ रनको लक्ष्य पछ्याउँदै पाल्पा क्रिकेट क्लब ७ विकेट गुमाएर १२३ रनमा समेटियो। पाल्पाका विशाल दर्नालले ५१, दिल बहादुर थापाले १९ र कुलदिप थापाले १६ रन बनाए। लेजेण्डका केशव पराईले ३ र सागर थापाले २ विकेट लिए। पाल्पाली लेण्जेडका अलराउण्ड प्रदर्शन गर्ने सागर थापा म्यान अफ दि म्याच घोषित भए।

दोश्रो खेलमा दमकडा क्रिकेट क्लबले अल स्टार क्रिकेट क्लब पिप्लेलाई ७३ रनले पराजित गरेको छ। टस जितेर पहिले व्याटिंग रोजेको दमकडा क्रिकेट क्लबले निर्धारित २० ओभरमा १८ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १२२ रन बनायो। दमकडाका मनिष न्यौपानेले २९, गोपाल तिमिल्सेनाले २७ र मोहन भुषालले २० रन बनाए। पिप्लेका प्रदिप बस्याल, विक्रम गैरे र निलकण्ठ बस्यालले समान दुई दुई विकेट लिए। १२३ रनको लक्ष्य पछ्याउँदै अल स्टार पिप्ले १२ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर ४९ रनमा समेटियो। पिप्लेका प्रतिक पाण्डेयले १३ रन बाहेक अरु कसैले दोहोरो अंक बटुल्न सकेनन्। दमकडाका रोजित अधिकारीले ५, गोपाल तिमिल्सेना र मोहन भुषालले समान दुई दुई विकेट तथा अच्युत पाण्डेयले एक विकेट लिए। ५ विकेट लिने रोजित अधिकारी म्यान अफ दि म्याच घोषित भए।

दुई रुपमा विभाजन गरि खेलाईएको खेलमा अहिले सम्म पहिलो ग्रुपमा पाल्पाली लेजेण्ड र दोश्रो ग्रुपमा पाल्पाली क्रिकेट प्लेयर्स अग्र स्थानमा रहेका छन्। बिहिबारको पहिलो खेल म्याक्स स्पोर्टस र एम आई वि सिक्स तथा दोश्रो खेल अल स्टार क्रिकेट क्लब पिप्ले र पाल्पा क्रिकेट क्लब तानसेन बिच हुनेछ। प्रतियोगिताको फाइनल खेल कात्तिक ११ गते हुनेछ। प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३० हजार रुपैंया प्राप्त गर्नेछन्।

प्रकाशित: ७ कार्तिक २०७५ १३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App