१४ कार्तिक २०८१ बुधबार
image/svg+xml

कांङ्ग्रेस सशक्त ढंगले प्रस्तुत हुने

भोलि बुधवार बस्ने प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस सशक्त ढंगले प्रस्तुत हुने निर्णय गरेको छ। मंगलवार बसेको नेका संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई प्रश्न सोध्न नदिएमा भोलिको बैठक पनि अवरुद्ध पार्ने निर्णय गरेको छ।

अर्थमन्त्रालयको प्रस्टोक्ति – प्रमको सम्बोधन तथ्यमा आधारित

अर्थमन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस २२ गते प्रतिनिधिसभामा गरेकाे सम्बोधन तथ्यमा आधारित रहेको बताएकाे छ।

‘पुरानो तथ्यांकमा खेल्ने होइन, नयाँ आँकडा निर्माण गर्ने हो’

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संघीय संसदमा प्रस्तुत गरेको तथ्यांक गलत नभएको बताएका छन्। आफू नेतृत्वको सरकारले चालु आर्थिक वर्ष र १० महिनामा गरेको प्रगतिबारे यथार्थ तथ्यांक प्रस्तुत गरिएको उनको दाबी छ।

मलाई तर्क गर्नु छ, प्रमज्यू!

प्रधानमन्त्री खड्गप्रसाद ओलीद्वारा संसदमा संप्रेषित सरकारको रिपोर्ट कार्ड सुनियो।अंग्रेजी वर्ष २०१८ समाप्त भएर सम्पूर्ण विश्व नयाँ वर्षको हर्षोल्लासमय वातावरणमा छ अहिले। यही वातावरण र अंग्रजी नयाँ वर्षमा हाम्रा प्रमलाई झण्डै एक वर्षको प्रगति समीक्षा संसद्समक्ष राख्ने जाँगर चलेको हुनुपर्छ।

प्रधानमन्त्रीले संसद्लाई ढाँटे

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्पनी हुवावेको बिचौलिया कम्पनी चाइना कम सर्भिसेस (सिसिएस) सँग प्रधानमन्त्री कार्यालयमा खरिद गरिएको ‘भिडियो कन्फरेन्सिङ सिस्टम’ का विषयमा झूटो अभिव्यक्ति दिएका हुन्। संसद्को आइतबारको बैठकमा सम्बोधन गर्दै ओलीले हुवावेसँग गरिएको ‘भिडियो कन्फरेन्सिङ सिस्टम’ खरिदको ठेक्का सम्झौता प्रतिस्पर्धाबाट भएको दाबी गरे।

प्रधानमन्त्रीको दाबी : मुलुक आर्थिक समृद्धिको बाटोमा

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि एक वर्षको अवधिमा मुलुक आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढेको दाबी गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मात्र होइन, उनकै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले समेत सरकारको उपस्थिति नदेखिएको भन्दै गुनासो गरिरहेका बेला आइतबार संसद्लाई सम्बोधन गर्दै उनले मुलुकको हरेक क्षेत्रको सूचाकांक सुधारको बाटोमा गएको विवरण पेस गरेका हुन्।

भारतकाे आगामी प्रधानमन्त्रीमा ममता बनर्जीकाे नाम चर्चामा

भारतीय जनता पार्टीको पश्चिम बङ्गालका अध्यक्ष दिलीप घोषले यदि भारतमा बङ्गाली मूलका नागरिकले प्रधानमन्त्री हुने अवसर पाए भने त्यसका लागि ममता बेनर्जी नै सक्षम रहेको बताएका छन्। अहिले बेनर्जी पश्चिम बङ्गालको मुख्य मन्त्री छिन। अध्यक्ष घोषले ममता बेनर्जीको ६४ औँ जन्म दिनको शुभकामना दिँदै सो कुरा बताएका हुन।

रेल आउँछ, पानी जहाज आउँछ, धैर्य गरौं (सम्बोधनको पूर्णपाठ)

प्रधानमन्त्री ओलीले पानी जहाजको कुरा गर्दा कागजका जहाज बनाइएको, अहिले रेलको कुरा गर्दा टिकट काट्ने ठाउँ खोइ भनेर हल्का रुपमा लिइएको बताउँदै तैपनि टिकट खोज्न सकारात्मक बनेकोमा धन्यवाद भने।

प्रधानमन्त्रीकाे सम्बाेधन लगत्तै संसदमा होहल्ला, बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभामा प्रधानमन्त्रीको सम्बाेधन लगत्तै विपक्षीहरुले हाेहल्ला गरेका छन्। प्रधानमन्त्रीकाे सम्बाेधन पछि सांसदहरुले प्रश्न गर्न पाउन पर्ने भन्दै उनीहरुले राेष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन्।

‘बोल्दा नि सुख पाइन, नबोल्दा नि सुख पाइन’

प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दा नि सुख नपाएको नबोल्दा पनि सुख नपाएको भन्दै गुनासो गरेका छन्। आइतवार प्रतिनिधि सभाको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै प्रधानमन्त्री केपी ओलीले बोल्दा नि नहुने र नबोल्दा पनि सुख नपाइने अवस्था भएकाले आफूले सरकारले पछिल्लो दश महिनामा गरेका काम बारे जानकारी गराउन चाहेको बताए।

प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सरकारको काम–कारबाहीलाई लिएर विभिन्न प्रश्न उठिरहेका बेला प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्न लागेका हुन्।

किसानलाई ट्याक्टर वितरण

‘खेती गर्नलाई गोरु पाल्यो, घाँसपानी गर्नलाई मान्छे छैन। गोरु खोजेर खेती गर्नलाई दाम अनुसारको काम हुँदैन। लगानी अनुसारको आम्दानी हुँदैन।’ यस्तै भन्दै थिए प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) कार्यालयमा हाते ट्याक्टर लिन आएका ककनी गाउँपालिका–८ का बुद्धिलाल तामाङ।

संविधान संशोधनको पहल थाल्न संघीय समाजवादी फोरमको आग्रह

संघीय समाजवादी फोरमले जारी संसदको अधिवेशनमै संविधान संसोधनको प्रस्ताव ल्याउन माग गरेको छ। सत्तासाझेदार फोरमले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका शिर्ष  नेताहरुलाई भेटेर यस्तो माग गरेको हो।

ढुक्क भएर लगानी गर्नुस्ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायमा ढुक्क भएर लगानी गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन्। सरकार नै समृद्धिको महान् अभियानमा रहेकाले उद्योगी–व्यवसायीले उत्पादन र निर्यात बढाउने व्यवसायमा लगानी गर्न शंका गर्नै नपर्ने उनले बताए ।

निर्मला प्रकरणमा अपराध कबुल गर्नेहरुको डिएनए नमिल्दा आश्चर्यमा परे : प्रम ओली

प्रधानमन्त्री ओलीले अनुसन्धानका क्रममा विभिन्न किसिमका दबाबले काम गर्न अप्ठेरो भइरहेको, प्रहरीले सुरुदेखि नै गल्ती गरिरहेको भन्दै अपराधीलाई कुनै हालतमा नछोडिने आश्वासन दिए। यतिमात्रै होइन उनले निर्मलाको मुद्दामा अपराध कबुल गर्ने मान्छेहरुको डिएनए रिपोर्ट नमिल्दा आफू आश्चर्यमा परेको समेत बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्