१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीकाे सम्बाेधन लगत्तै संसदमा होहल्ला, बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभाको युट्यूव च्यानलबाट लिइएको।

काठमाडाैं - प्रतिनिधि सभामा प्रधानमन्त्रीको सम्बाेधन लगत्तै विपक्षीहरुले हाेहल्ला गरेका छन्। प्रधानमन्त्रीकाे सम्बाेधन पछि सांसदहरुले प्रश्न गर्न पाउन पर्ने भन्दै उनीहरुले राेष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन्।

सभामुख कृष्णवहादुर महराले सुरुमा प्रश्नाेत्तरको कार्यक्रम नभएको बताएका थिए। तर कांग्रेस सांसदहरुले विरोध जनाएपछि सिमित सांसदलाई मात्रै वोल्न दिने भन्दै सभामुख महराले कांग्रेसका डा. मिनेन्द्र रिजाललाई समय दिएका थिए। तर सवैलाई वोल्न दिनुपर्ने भन्दै कांग्रेसका सांसदहरुले आवाज उठाएपछि सभामुखले प्रश्नाेत्तरको कार्यक्रम नै रोकेका थिए। विपक्षी सांसदहरुले संसद बैठकमा नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। 

 

प्रकाशित: २२ पुस २०७५ ०८:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App