१० मंसिर २०८१ सोमबार
image/svg+xml

कार्टुन उद्योगमा आगलागी

मोरङको बूढीगंगास्थित अरिहन्त कार्टुन उद्योगमा गएरातिदेखि शुरु भएको आगलागी अहिलेसम्म पूर्ण नियन्त्रणमा आएको छैन ।

फ्यान्टाको मार्केटिङ अफिसर्समा द कार्टुन्ज क्रू

फ्यान्टाले नेपालको लागि द कार्टुन्ज क्रुलाई आफ्नो टिन मार्केटिङ अफिसर्स घोषणा गरेको छ । अब कार्टुन्ज क्रु फ्यान्टाको हेडक्वाटर आधिकारिक रूपमा जोइन गर्ने कम्पनीले जनाएको छ । टिनहरूलाई फ्यान्टा वल्र्ड टेकओवर गर्न पर्फेक्ट फन फिल्ड मार्केटिङ योजना विकसित गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अखबारी कार्टुनका आठ दशक

यसपालीको ‘अप्रिल फुल’ अर्थात् गत चैत १९ गते रविन साय्मिले एउटा अलि फरक कार्टुन बनाए । नागरिक दैनिकमा प्रकाशित हुने साय्मिको कार्टुन स्तम्भ ‘मुहूर्त’मा भोलिपल्ट छापिएको त्यो कार्टुन एकाएक हिट भयो ।

ट्रेन्डिङको पहिलो नंबरमा कार्टुन्ज क्रु र प्रियंका

पछिल्लो समय गीतहरूको मापन युट्युब टेन्डिङबाट गर्ने चलन ह्वात्तै बढेको छ । कसको गीत कति चल्यो भनेर जान्नको लागि युट्युबका ट्रेन्डिङमा छ कि छैन भनेर हेर्दा पुग्छ।

प्रकाशले कोरे पत्रकारका कार्टुन

चितवनका चित्रकार प्रकास थापा केही नयाँ गरौं भन्ने सोच राख्ने कलाकार हुन् । अघिल्लो वर्ष उनले बालुवा प्रयोग गरेर चितवन–नवलपरासी आसपासका साहित्यकारहरूको कलाकृति प्रदर्शनी गरेका थिए । उनै चित्रकार प्रकास थापाले यो पटक पत्रकारहरूको चित्र प्रदर्शनीमा राखे । ती पनि समान्य खालका थिएनन्।

रोकिएन विदेशी कार्टुनमा जुम्ली स्याउ निर्यात

जिल्ला कृषि विकास कार्यालय जुम्लाले अनुदानमा उपलब्ध गराउने अर्गानिक जुम्ली स्याउ लेखिएको कार्टुन स्याउ किसानसम्म नपुग्दा किसानले विदेशी कार्टुनमा जुम्लाको स्याउ निर्यात गर्नुपरेको छ । विदेशी कार्टुनमा स्याउ निर्यात भएकै कारण जुम्लाको स्याउ र विदेशी स्याउबीचको भिन्नता छुट्याउन गाह्रो पर्ने गरेको व्यवसायी बताउँछन्।

'आइ लभ यु २' लिएर आयो 'कार्टुन्ज क्रु'

'कार्टुन्ज क्रु' लाई फिचरिङ गरिएको नयाँ गीत 'जता जता पिरतीको बाटो' सार्वजनिक भएको छ। युट्युबमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो। उक्त गीत पल शाह र धुर्मुस सुन्तली अभिनित 'तिमीलाई देखेपछि आइ लभ यु भन्न मन लाग्यो' गीतको सिक्वेलको रुपमा आएको हो।

कार्टुन्ज क्रुकी ‘बी गर्ल’ अर्थात् आश्मा

युट्युबमा चर्चा कमाएकोे द कार्टुन्ज क्रुकी ‘बी गर्ल’ आश्माको दैनिकी व्यस्त छ। नयाँ भिडियोहरुको रिहर्सल, पढाई र वर्कसप हिजोआज सबैतिर उनले आफ्नो समय बाँड्नु परेको छ।

कार्टुनिष्ट क्लबमा दोहोरिए अविन

कार्टुनिष्ट क्लब अफ नेपालको अध्यक्षमा अविन श्रेष्ठ पुनः निर्विरोध निर्वाचित भएका छन्। आइतबार अग्रज कार्टुनिष्ट अशोकमान सिंह र मोहन श्याम मर्हजन 'खोकना'ले क्लबको अधिवेशनको संयुक्तरुपमा उद्घाटन गर्दै नेपाली कार्टुनको विकासमा क्लबले योजनाबद्ध रुपमा काम गर्नुपर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्