काउन्सिलको पूर्वाग्रह
कुनै पनि संस्थाको गरिमा त्यतिबेला मात्र बढ्छ, जतिबेला त्यहाँ कार्यरत व्यक्तिहरूले त्यसको महत्तालाई आत्मसात् गर्छन्। संस्थाको भूमिका जीवन्त र सार्थक तुल्याउन व्यक्तिले खेलेको भूमिकालाई निरन्तर सम्झिइन्छ। त्यसमा पनि पत्रकारिता इतिहासको प्रारम्भिक मस्यौदा गरिने पेसा हो। यस्तो महत्वपूर्ण काममा मद्दत गर्न सरकारले स्थापना गरेका धेरै संस्थामध्ये प्रेस काउन्सिल नेपाल एक हो।