१० मंसिर २०८१ सोमबार
image/svg+xml

उद्योगी रुप ज्योतीविरुद्धको जाहेरी फिर्ता लिन विगेन्द्रको निवेदन

उद्योगी रुप ज्योतीविरुद्ध दिएको जाहेरी फिर्ता लिन विगेन्द्रकृष्ण मल्लले निवेदन दिएका छन्। मल्लको उजुरी पछि एक हप्ता अगाडि रुप ज्योती र उनकी छोरी सुरुची त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए। एक करोड २६ लाख ठगी गरेको भन्दै मल्ले प्रहरीमा उजुरी दिएका थिए।

उद्योगी पक्राउमा निजी क्षेत्रको आपत्ति

नेपाल–चीन उद्योग वाणिज्य संघले वरिष्ठ उद्योगी तथा व्यापारी रुप ज्योतिको गिरफ्तारीप्रति आपत्ति जनाएको छ। संघले सोमबार विज्ञप्ति जारी गर्दै संघका सल्लाहकार तथा मुलुककै प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना ज्योति ग्रुपका उपाध्यक्ष रुप ज्योतिलाई विदेशबाट फर्कने क्रममा विमानस्थलबाटै पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

उद्योगी–व्यवसायीलाई जेल पठाउन सकिने प्रावधानको विरोध

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका पदाधिकारीसँगको छलफलमा मोरङका उद्योगी व्यवसायीले ढक तराजु नवीकरण समयमै नगरे जरिवानामात्रै गर्ने कानूनी व्यवस्था गर्नसमेत माग गरेका छन्।

उद्योगीलाई मागअनुसार बिजुली दिन पूर्वाधार निर्माण तीव्र

प्रदेश ५ को रुपन्देही तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण लाइन र सबस्टेसनको निर्माण धमाधम भइरहेको छ।

अवैध तवरबाट ल्याइएका चल्ला नष्ट

काठमाडौंबाट पूर्वी नेपालको सुनसरी र झापा लैजान लागिएका तीन हजार नौ सय ७८ चल्ला आइतबार नष्ट गरिएको छ। पशु क्वारेन्टाइन चेकपोस्ट रामनगरले रामनगरबाट नियन्त्रणमा लिएको चल्ला पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रलमा खाडलमा पुरेर नष्ट गरिएको हो।

सरकारविरुद्ध निजी क्षेत्रः चार गुणा बढी कर बढाएको भन्दै चर्को विरोध

उद्योगी/व्यवसायीहरुले कर वृद्धि गरिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।

वीरगन्जका उद्योगी व्यवसायी सडकमा

उद्योग, व्यवसाय र यातायात पारवहन क्षेत्रलाई नियमन गर्न सरकारले लागु गरेको नयाँ कानुनी व्यवस्था अव्यावहारिक रहेको भन्दै आइतबार वीरगन्जका उद्योगी व्यवसायी सडकमा उत्रिएका छन्।

वीरगन्जका उद्योग व्यवसायी सडकमा

उद्योग, व्यवसाय र यातायात क्षेत्रलाई नियमन गर्न सरकारले लागु गरेको नयाँ कानुनी व्यवस्था अव्यवहारिक रहेको भन्दै वीरगन्जमा उद्योगी व्यवसायी आइतबार सडकमा उत्रिएका छन्।

भेहिकल ट्रयाकिङ प्रणालीप्रति उद्योगीहरुको असन्तुष्टि

सरकारले आवश्यक पूर्वाधारको विकास नगरी मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसीटिएस)’ को शुभारम्भ गरेको भन्दै उद्योगी/व्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन्।

व्यवसायीको सुझावः दुई प्रतिशत ब्याजमा कर्जा व्यवस्था होस्

उद्योगी व्यवसायीहरुले दुई प्रतिशत व्याजदरमा उद्योगका लागि कर्जाको व्यवस्था हुनेगरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगधन्दाका लागि दुई प्रतिशत व्याजदरमा कर्जा प्रवाह हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएकी हुन्।

औद्योगिक विधेयक नमान्ने उद्योगीहरूको चेतावनी

सरकारले ल्याएको ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसम्बन्धी विधेयक’ मान्य नहुने उद्योगीहरूले चेतावनी दिएका छन्।

कुखुरा दानाको भाउ बढ्यो

नेपालका दाना उद्योगीले कुखुराको सबैखाले दानाको भाउ बढाएका छन्। आइतबारदेखि लागू हुने गरी प्रतिकिलोमा दुईदेखि अढाई रुपैयाँ भाउ बढाएका हुन्। अब किसानले लेयर्स दानामा प्रतिबोरा (५० किलो) मा थप एक सय रुपैयाँ तिर्नुपर्ने हुन्छ।

भक्तपुरमा आउने पर्यटकको बसाई लम्ब्याउनु पर्नेमा जोड

भक्तपुरका उद्योगी व्यवसायी तथा व्यापारीहरुले भक्तपुरमा आउने पर्यटकहरुको बसाई लम्वाउन कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका छन्।

टिकौलीको ढाट हटाउन आगजनी

प्रहरी बिट र ढाट नजिकै भएका कारण प्रहरीले तत्काल आगो नियन्त्रणमा लिएका थिए। आगो नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्