८ मंसिर २०८१ शनिबार
image/svg+xml

बेलिब्रिज निकाल्ने तयारीसँगै खाद्य एबं निर्माण सामग्री ढुवानीको हतारो

सुनकोसीस्थित फोक्सिङटारको अस्थायी बेलिब्रिज निकाल्ने तयारीसँगै खोटाङका विभिन्न स्थानीय तहले उपभोग्यवस्तु एबं निर्माण सामग्री ढुवानीको तयारी थालेको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटामा लगाइएको अस्थायी बेलिब्रज बर्षा सुरु भएसँगै निकाल्न लागिएको अवस्थामा दिप्रुङ चुईचुम्मा गाउँपालिका र खोटेहाङ गाउँपालिकाले सो बेलिब्रज निकाल्न अगावै उपभोग्यवस्तु एबं निर्माण सामग्री भित्र्याउने तयारी थालेको हो ।

बेलिब्रिज निकाल्न अगावै उपभोग्य बस्तु ढुवानीको तयारी

खोटाङको खोटेहाङ गाउँपालिकाले सुनकोसीको फोक्सिङटारमा लगाइएको बेलिब्रिज निकाल्न अगावै उपभोग्य बस्तु एबं निर्माण सामग्री ढुवानीको तयारी गरेको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटामा लगाइएको अस्थायी बेलिब्रज वर्षा सुरु भएसँगै निकाल्न लागिएको अवस्थामा खोटेहाङ गाउँपालिकाले आवश्यक खाद्यान्न, निर्माण सामग्री लगायत अत्यावश्यक वस्तु ढुवानी गर्ने र स्टक गर्ने तयारी थालेको हो ।

पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध

लकडाउनमा अत्यावश्यक सेवाका वस्तुको ढुवानी सहज गर्नुपर्ने भए पनि मुलुकका विभिन्न ठाउँमा पेट्रोलियम पदार्थ ढुवानीमा अबरोध सृजना भएको छ। नेपाल आयल निगमका अनुसार नेपालगन्ज, धनगढी, झापा डिपोमा इन्धन ढुवानीमा असहजता आएको हो।

तरकारीसँगै यात्रु ओसार्छन् व्यवसायी

भारतबाट तरकारी ढुवानी गर्ने गाडीहरुले यात्रु ओसार्न थालेका छन् । भारतमा अलपत्र परेका नागरिकलाई महँगो भाडा असुलेर तरकारी ढुवानी गर्ने गाडीले दाङ ल्याएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

‘जुन स्थानीय तहबाट स्वाब पठाईन्छ, प्राविधिक र ढुवानी खर्च उसैको’

अब ताप्लेजुङको कुन स्थानीय तहबाट स्वाब परीक्षणका लागि पठाईने हो,त्यसको ढुवानी र प्राविधिक खर्च त्यहिँको स्थानीय तहले ब्यर्होनुपर्ने भएको छ। कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिको बैठकले जुन स्थानीय तहबाट स्वाब संकलन गरी परीक्षणका लागि पठाउने हो, त्यसको खर्च सम्बन्धित स्थानीय तहलाई व्यर्होन अनुरोध गर्ने निर्णय गरेको हो।

रसुवामा अत्याश्यक सामग्री आयातका लागि ढुवानी कार्ड जारी गरिने

रसुवामा अत्याश्यक सामग्री आयातका लागि ढुवानी कार्ड जारी गरिने भएको छ। जिल्लामा खाद्यान्न, औषधि, इन्धन, कुखुरा, कुखुराको चल्ला, दाना, फलपूmल, तरकारी, दुध लगायतका अत्यावश्यक वस्तु आयात गर्ने सवारीलाई ढुवानी कार्ड प्रदान गर्न लागिएको हो।

इन्धन ढुवानी नियमित

कोरोना भाइरसको संक्रमण भित्रिन सक्ने आशंकामा सरकारले भारतसँगका सीमा नाका बन्द गर्ने निर्णय गरे पनि इन्धन ढुवानी सुचारु हुने भएको छ।

चालकले रोके हवाई इन्धन ढुवानी

इन्धन ढुवानीमा हुने चुहावट रोक्न नेपाल आयल निगमले ५० लिटरभन्दा बढी परिमाण कम भए दोब्बर जरिवाना तिराउने निर्णयको विरोध गर्दै ट्यांकर चालकले हवाई इन्धन ढुवानी रोकेका छन्।

अझै ‘खच्चर’ कै भरमा सामान ढुवानी

भोजपुर जिल्ला सडक यातायातसँग जोडिएको एक दशक पुग्दासमेत धेरै स्थानमा अहिले पनि खच्चरको भरमा ढुवानी गर्नुपर्ने बाध्यता हटेको छैन।

उडान अनुमति विपरीत कार्गो ढुवानी, प्रशासन बेखबर

जिल्लाको खुम्बु क्षेत्र कार्गो ढुवानी गर्ने हेलिकोप्टरले नियम विपरीत उडान भर्ने गरेका भए पनि जिल्ला प्रशासन कार्यालय भने बेखबर रहेको छ। कैलाश र सिम्रिक एयरका हेलिकोप्टरले खुम्बुका विभिन्न क्षेत्रमा दैनिक उपभोग्यदेखि निर्माण सामग्रीसमेत ढुवानी गरिरहेका छन्।

ढुवानी अनुदान चामलको मूल्य थरीथरी, विकट क्षेत्रका नाममा अवैध असुली

सडक सञ्जालले नछोएको हुम्लाका ती दुई वितरण केन्द्रमा मात्र होइन, कर्णालीका पहाडी जिल्लाका बासिन्दाले सरकारले दिएको ढुवानी अनुदानको अनुभूति आजसम्म गर्न पाएका छैनन्।

सात सय क्विन्टल अग्र्यानिक स्याउ बिक्री

कृषि ज्ञान केन्द्र बाजुराले किसानलाई राहतस्वरुप ६०० क्विन्टल ढुवानी सुविधालाई आधार मानेर ७०० क्विन्टल स्याउ बिक्री गरेको छ । केन्द्रले दिएको राहत अनुदानभन्दा १०० क्विन्टल  बढी स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जोशीले बताए ।

ग्यास बुलेटमा सरकार चुक्याे : व्यवसायी

खाना पकाउने ग्यास ढुवानीमा भारतीय निर्भरता तोड्न सरकार असक्षम देखिएको भन्दै ग्यास उद्योगीले आलोचना गरेका छन्। सरकार कै निर्णय अनुसार उद्योगीले करोडौं रुपैयाँ लगानी गरेर ३३ महिनाअघि ग्यास बुलेट खरिद गरे पनि सरकारले भारतसँग सहजीकरण गरेर तिनलाई सञ्चालन गर्ने वातावरण सिर्जना गर्न नसेकेको भन्दै उद्योगीले दुखेसो पोखे।

क्षतिपूर्ति माग्दै ग्यास उद्योगी अदालतमा

सरकारको निर्णय अनुसार बुलेट खरिद गरेर पनि ग्यास ढुवानी गर्न नपाएपछि क्षतिपूर्ति माग गर्दै अदालत गएका ग्यास उद्योगीको मुद्दामा सक्कल फाइल झिकाउन अदालतले आदेश दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्