४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बिहीबार हवाई उडान प्रभावित

बिहीबार बिहान अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा पानी लिकेज भएपछि उत्पन्न समस्याका बीच प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित बन्न पुगेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको श्रम डेस्क हटाइयो

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेशन फ्लाइट’ सकियो

बिहीबार र शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका कारण अन्य उडानहरु भने नियमित हुन सकेका थिएनन्।

क्यालिब्रेसन फ्लाइटले उडान अस्तव्यस्त

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट)का कारण बिहीबार उडान अस्तव्यस्त रह्यो।

विदेशी मुद्रासहित भारतीय पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान क्षेत्रमा जाँच गर्ने क्रममा उनको झोलाबाट विदेशी मुद्रा बरामद गरिएको हो।

एक महिनामा सात किलो सुन बरामद

गत माघ १९ देखि फागुन ९ गतेसम्म दुई विदेशीसहित ११ जनाको साथबाट ७ किलो २३० ग्राम अवैध सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी दिए।

अवैध मुद्रासहित पाकिस्तानी पक्राउ

फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो।

पाँच बङ्गलादेशी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेँलो धातु, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ।

पर्यटन बोर्डका कार्यकारी प्रमुख रेग्मीलाई स्पष्टीकरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही कात्तिक २० गते शनिबार भएको घटनालाई लिएर नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी विवादमा तानिएका छन्।

छोरीप्रति उदार बन्दै मधेस

प्राध्यापक ललन द्विवेदी भन्छन्, ‘समाजमा छोरीलाई शिक्षा दिनुपर्छ, आत्मनिर्भर बनाउनुपर्छ भन्ने सोच झांगिँदै गएको छ। यो ठूलो परिवर्तन हो। छोरीलाई देशभित्रकै सहर, भारत, बंगलादेश वा समुद्रपारिका देशमा शिक्षाका लागि पठाउन संकोच मान्ने अभिभावक अहिले खुलेर शिक्षाको वकालत गर्न थालेका छन्।’

चीनियाँ जहाजले ओभरसुट गरेपछि, एक घण्टा बढी नेपाली आकाशमा

मौसम खराबीले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा अवतरणका क्रममा रहेको जहाजले ओभरसुट गर्नुपरेको विमानस्थलले जनाएको छ। आज बिहान ६ः२९ का लागि अवतरण समय तालिका रहेको उक्त जहाजले अवतरणका क्रममा इमाडोल नजिकबाट ओभरसुट गरेको थियो।

युएई जान नयाँ नियम: विमानस्थलबाट फर्किए डेढ सय यात्रु

युएईले कोरोनाविरुद्ध खोप लगाएका यात्रुलाई पनि ४८ घण्टाभित्र गरिएको कोरोेना परीक्षणको रिपोर्ट र विमानस्थलमा गरिएको एन्टिजेन परीक्षणको रिपोर्ट अनिवार्य गरेको छ।

बुधबार निषेधाज्ञायता कै सबैभन्दा धेरै उडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार १३ वटा उडान भएको विमानस्थल कार्यालयले जनाएको छ। बुधबारका उडानहरू नियमित नभएर मेडिकल चार्टर्ड तथा उद्धार उडान रहेको विमानस्थल कार्यालयले जनाएको छ।

भिजिबिलिटी कम हुँदा अन्तर्राष्ट्रिय विमानस्थलमा दुई दिनदेखि उडान प्रभावित

प्रतिकूल मौसमका कारण दुई दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ। मौसम खराबीले भिजिबिलिटी कम हुँदा मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

म जान नसकेको त्यो अन्तिम उडान

उडान सुरक्षा विभाग प्रमुख फोनमा कुरा गर्दै अलि आत्तिएको भावमा मतर्फ हेर्दै सेमिनार हलबाट बाहिर निस्किनुभयो। उहाँको हाउभाउले कुनै अनिष्ट भएको शंका मनमा आउनु स्वाभाविक थियो। मैले आफ्ना भनाइहरू अविलम्ब समाप्त गर्दै सम्भावित अनिष्टको शंकामा आयोजकसँग बिदा मागेर हल बाहिर निस्केँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्