२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको श्रम डेस्क हटाइयो

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाइएको छ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई लक्षित गरेर विमानस्थलमा राखिएको श्रम डेस्क बुधवारदेखि हटाइएको हो। श्रम डेस्कले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई दुख दिएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम डेस्क हटाउन निर्देशन दिएका हुन्। श्रम डेस्क हटाउनका लागि मन्त्री श्रेष्ठसहितका अधिकारीहरु विमानस्थल पगेका थिए।

मन्त्री श्रेष्ठले श्रमिकहरु श्रम डेस्कमार्फत् जाँदा प्रक्रिया झन्झटिलो भएका कारण डेस्क हटाउनुपरेको बताए। अब श्रमिकहरु सहज रुपमा विमानस्थल प्रवेश गर्न सक्ने उनले बताए।  

अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेकाले श्रम डेस्क आवश्यक नभएको मन्त्रालयले जनाएको छ। विमानस्थल प्रवेश गर्ने श्रमिकहरुले अब ३ वटै प्रवेशद्वार बाट प्रवेश गर्न पाउने भएका छन्।

प्रकाशित: २६ फाल्गुन २०७८ ०७:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App