२१ असार २०८१ शुक्रबार
image/svg+xml

गुल्मीमा पहिरोः दुई जनाको मृत्यु, एक वेपत्ता

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण गुल्मीमा दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना वेपत्ता बनेका छन्। बिहिवार मध्य रातमा आएको पहिरोमा परी ईस्मा गाउँपालिका १ मल्दीका बषन्त सारुका १८ महिनाका छोरा सुरज सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंङ खड्काले बताएका छन्।

गुल्मीका स्थानीय तहमा बढ्दै सजगता

जिल्लामा कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने संक्रमण तथा त्यसको नियन्त्रण र रोगथामका लागि स्थानीय तहहरुमा थप सतर्कता अपनाउन सुरु गरिएको छ। पालिकाका स्थानीयवासीहरुले पनि स्थानीय सरकारको अभियानलाई सहयोग पुर्याउदै गाउँगाउँ र टोलटोलमा मानिसहरुको आवागमनमा समेत निगरानी गर्न थालेका छन्।

गुल्मीमा उपनिर्वाचन : नेकपाले लगायो उम्मेदवारको टुङ्गो

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएको छ। गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए।

गुल्मीका पहिरो पीडितलाई वैदेशिक रोजगार व्यवसायीको सहयोग

गुल्मीमा गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेका परिवारलाई वैदेशिक रोजगार व्यवसायीले आर्थिक सहयोग गरेका छन्।

गुल्मी पहिरो अपडेट : मृतककाे संख्या ८ पुग्याे

सोमबार साझँदेखि परेको अविरल वर्षाका कारण पहिरो जादाँ गुल्मीमा ६ जनाको मृत्यु भएको छ। यस्तै ५ जना हराईरहेका छन्। जिल्लाको सत्यवती गाउँपालिका ४ लिम्घाका स्थानीय छविकला विक,धन बहादुर विक र पम्फा विकको घर पहिरोले पुर्दा ४ जनाको शव देखिएको स्थानीय ठग प्रसाद ज्ञवालीले जानकारी दिए।

गुल्मीमा झाडापखालाबाट १ जनाकाे मृत्यु, १ सय ७० बढी बिरामी

गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटमा आइतबारदेखि फैलिएको झाडापखालाबाट एक बालकको ज्यान गएको छ।

दुर्घटनामा परी पूर्व सासंदसहित ३ जनाकाे मृत्यु

गुल्मीकाे मुसिकोट नगरपालिकामा सवारी दुर्घटना परी पूर्व सासंदको मृत्युु भएको छ।

जिल्ला ठप्प, कार्यकर्ता भेटिँदैनन्

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आव्हान गरेको बन्दका कारण गुल्मीको जनजीवन प्रभावित बनेको छ। सडक, बजार कतै पनि बन्दकर्ता नभएपनि जिल्लाको जनजीवन प्रभावित भएको हो। कलकारखाना, उद्योग, बजार र विद्यालय पूर्ण रुपमा बन्द रहेका छन्।

आफन्तबाटै सुरक्षित छैनन् महिला, ६ देखि ८८ वर्षीयासम्म बलात्कृत

मालिका गाउँपालिका ७ का ७० वर्षीयले १३ वर्षीया नातिनीलाई २६ पुसमा बलात्कार गरी फरार भए। आरोपितले बालिकालाई धम्की दिँदै पटक–पटक बलात्कार गर्दै आएका प्रहरीले खुलायो।

भीरबाट लडेर १ जनाको मृत्यु

गुल्मीमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ। जिल्लाको सत्यवती गाउँपालिका वडा नं. १ अश्लेवा बस्ने २४ वर्षीय शिब विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्काले जानकारी दिए।

हिमपातले गुल्मीका डाँडाकाँडा सेताम्मे (फोटो फिचर)

बाक्लो हिमपातले गुल्मीका डाँडाकाँडा सेताम्मे भएका छन। लगातार ३ दिनदेखिको बर्षासगै जिल्लामा बाक्लो हिमपात भएपछि डाँडाकाँडा सेताम्मे भएका हुन।

गुल्मीमा जीप दुर्घटना, २ जनाको मृत्यु

गुल्मीको मुसिकोटमा जीप दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ८ वामी मैदानमा ग१च ८३५७ नम्बरको निजी बोलेरो पिकअप जीप दुर्घटनामा परेको हो।

चढ्यो कि ६ सय

गुल्मी तम्घासका उत्तम बस्नेत आइतबार एयरपोर्ट बाहिर ट्याक्सी खोज्दै थिए। सरकारले पछिल्लो समय निजी सवारी र ट्याक्सी पार्किङलाई केही तल सारेको छ भन्ने उनलाई हेक्का थिएन। ट्रलीमा सामान गुडाउँदै उनी पहिलेकै ट्याक्सी पार्किङस्थल पुगे। तर, त्यहाँ कालो नम्बर प्लेट भएको ट्याक्सी थिएनन्।

गुल्मीका उच्च भूभागमा हिमपात, जनजीवन प्रभावित

गुल्मीका विभिन्न भागमा भारी हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। शुक्रवार दिउँसोदेखि परेको वर्षासँगै जिल्लाका उच्च भूभागमा हिमपात भएपछि जनजीवन प्रभावित भएको हो।

घरमै अवैध हतियार बनाउने एक व्यक्ति पक्राउ

गुल्मीमा घरमै अवैध हतियार बनाउने एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीले घरमै कारखाना संचालन गरि अवैध रुपमा हातहतियार बनाउने गुल्मी धुर्कोट गाउँपालीका ३ हाडहाडे निवासी ५१ वर्षीय शेरबहादुर जीसीलाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्