२ मंसिर २०८१ आइतबार
image/svg+xml

मूर्ति चोरीबारे अनुसन्धान गर्न एआईजीसहितको टोली जुम्लामा

कर्णालीको चन्दननाथ मन्दिरबाट मूर्ति चोरी भएको घटनाको छानविन गर्न एआईजी विज्ञानराज शर्मासहितको टोली जूम्ला आइपुगेको छ। उनीसंगै मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रुमख डिआईजी माधव नेपाल र सिआईवीका एक डिएसपी सहितको टोली मंगलबार जुम्ला आएका हुन्।

बैंकको ‘तिजोरी’बाट ७२ तोला सुनका गहाना चोरी

वीरगन्जको भानुमार्गस्थित कृषि विकास बैंकबाट करिब ४० लाख रुपैयाँ मुल्य बराबरको सुन र चाँदीका गहना गएराती चोरी भएको छ। आइतबार साँझ ताला बन्द गरिएको बैंक सोमबार बिहान खोलिँदा गहना राखिएको ‘तिजोरी’ (सेफ) खोलेर त्यसभित्रको ७२ तोला सुनका र २७ तोला चाँदीका गहना गायब पारिएको देखिएको थियो।

चन्दननाथ मन्दिरबाट २८ मूर्ति चोरी, खलंगामा तनाव

कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरबाट गए राति दुई दर्जन बढी मूर्ति चोरी भएका छन्। बुद्ध, दुर्गा, महाकाली सहित २८ वटा मूर्ति चोरिएको मन्दिरका पुजारी चन्द्र मौलेश्वर गिरीले जानकारी दिए। उनका अनुसार दत्रातयको मूर्ति ६ हात लामो १६ ईन्च चौडाई भएको छ।

विद्युत् चोरी नियन्त्रण अभियान अगाडि बढाउँदै प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौतीमुक्त गरेपछि मुलुकभर नै विद्युत् चोरीमा संलग्न र चुहावटमा संलग्नलाई समेत कारबाहीको प्रक्रिया युद्धस्तरमा अगाडि बढाएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार मुलुकभर प्राविधिक र अन्य गरी २५ प्रतिशतभन्दा बढी चुहावट हुने गरेको छ । त्यसमा चोरीको मात्रा करिब पाँच प्रतिशतको हाराहारीमा रहेकाले पहिलो चरणमा चोरी नियन्त्रण गर्ने अभियान सुरु गरेको हो ।

मोटरसाइकल चोरी गरेर भाग्दै गरेका दुई पक्राउ

मोटरसाइकल चोरी गरेर भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कुलेश्वरस्थित सुर्योदय फार्मेसी अगाडि पार्किङ गरी राखेको बा.७४ प ६५४७ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा कुलेश्वर पुल नजिकबाट कीर्तिपुर नगरपालिका–१२ भत्केको पाटी बस्ने २३ वर्षीय सुरज भुषाल र १९ वर्षीय सुरेन्द्र भुषाललाई मोटरसाइकल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

कांग्रेस नेता यादवको घरमा चोरी

नेपाली कांग्रेसका नेता एवं सांदस रामकृष्ण यादवको घरमा चोरी भएको छ। बानेश्वरको शान्तिनगरस्थित डेराबाट यादवको ८० हजार रुपैयाँ, डेढ तोलाका दुईवटा सिक्री र क्याननको क्यामरा चोरी भएको यादवले बताए।

चोरीका गहना बिक्री गर्न खोज्दा...

खोटाङ– चोरीका गहना बेच्ने क्रममा खोटाङको मात्तिम–३ का १८ वर्षीय रोशिष ढकाल प्रहरीको फन्दामा परेका छन्। चोरी गरेको गरगहना बिक्री गर्नेक्रममा काठमाडौं मैतीदेबीस्थित दक्षिणकाली सुनचाँदी पसलका सञ्चालक ईन्द्रबहादुर बिश्वकर्माकै सहयोगमा ढकाल प्रहरीको फन्दामा परेका हुन्।

विशेष सुरक्षा योजना लागू भएकै दिन लाखौंको चोरी

प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेकै दिन बाँकेको बेलहरी–९ बनियागाउँमा ७ वटा घरमा चोरी भएको छ। नेपालगन्ज उपमहानगरपालिकासँगै जोडिएको उक्त गाउँमा आइतबार राति करिव १५ लाख रुपैयाँ बराबरको चोरी भएको स्थानीय बासिन्दा दिनेश गुप्ताले जानकारी दिए।

नेता ठाकुर निवासबाट चोरी भएकाे ब्रिफकेस भेटियो

गत भदौ २४ गते शुक्रबार राति भक्तपुरको सानोठिमीस्थित तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको घरबाट चोरी भएको ब्रिफकेस प्रहरीले फेला पारेको छ ।

चोरीको मोटरसाईकल किनबेच गर्ने दुई पक्राउ

उदयपुर- मोटरसाईकल चोरेर बेच्ने दुईजना पक्राउ परेका छन्। गत ९ गते जिललको दक्षिणी गाविस जोगीदह ६ का इन्द्रबहादुर मोचीको घरबाट चोरेर लगेको स ३ प ४८०९ नम्बरको मोटसरसाईकल चोरको अभियोगमा प्रहरीले सोही ठाउँका १९ वर्षीय मोहम्मद साखिरलाई शुक्रबार पक्राउ गरेको हो।

केटाको भेषमा मोटरसाइकल चोरी गर्ने युवति पक्राउ

कपिलवस्तु- प्रहरीले बाईक चोर्ने एक युवतीलाई तौहिलावमा रंगेहात पक्राउ गरेको छ। कपिलवस्तु नगरपालिका– ४ देवनगढीयामा चारी भएको लु ६ प ६०६३ नम्बरको रातो पल्सर मोटरसाईल सहीत स्थानीय १९ बर्षीया बिन्दावति धोबी पक्राउ परेकी हुन।

पुरातात्विक मुर्तीहरु चोरी गर्ने पक्राउ

ललितपुर- ललितपुर उपमहानगरपालिका–१२ नौदोवहाल स्थित रहेको बुद्ध मन्दिरबाट मुर्ती चोर्ने पक्रउ परेका छन्।

मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ

कोहलपुर-नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा मोटरसाईकल चोरीमा संग्लन गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। भारतीय नागरिकको संग्लनतामा नगरभित्र मोटरसाईकल चोरी गर्ने सात जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले प्रक्राउ गरेको हो।

इटहरीमा एकैदिन ६ वटा घरमा चोरी

इटहरी– सुनसरी जिल्लाको इटहरीलाई सुरक्षित र समृद्ध शहर बनाउन दुई वर्षअघि देखि प्रहरीले ‘ब्लक पुलिसिङ’ अभियान थालेको छ। यो अभियान तीन महिना परीक्षणका लागि गरिएको थियो। पछिल्लो समय इटहरीलाई सुरक्षित राख्नका लागि ‘सेफर इटहरी’ अभियान चलिरहेको छ। यहाँ सरुवा भएर आउने प्रहरी प्रमुख डिएसपीले इटहरीलाई सुरक्षित राख्न नयाँ–नयाँ अभियान चलाउने गर्छन्। तर, बिहीबार दिउँसो इटहरी वडा नं. १ र ८ का ६ वटा घरमा चोरी भएपछि सुरक्षाको अवस्था टीठलाग्दो देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्