२ मंसिर २०८१ आइतबार
image/svg+xml

चोरी गरेर भाग्दै गरेका दुई पक्राउ

काठमाडौँ- चोरी गरी भाग्दै गरेको दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जोरपाटी बस्ने सिन्धुपाल्चोक टिपेनी–४ घर भएका २१ बर्षीय टेन्सन लामा भन्ने छेसाङ थोकर र सिन्धुपाल्चोक थुङका–४ घर भएका २० बर्षीय सागर भन्ने लामा दोर्जे लामालाई प्रहरीले पक्राउ गरेको हो।

रोकिएन गिट्टी र बालुवा चोरी निकासी

इटहरी- सरकारले असारदेखि तीन महिनासम्म मुलुकभरका नदीबाट ढुंगा, गिटी र बालुवा उत्खनन गर्न प्रतिबन्ध लगाएपनि सुनसरी–मोरङका कतिपय नदीबाट चोरी–निकासी निरन्तर भइरहेको छ। दुवै जिल्लाका खोलाबाट ढुंगा, गिट्टी र बालुवा चोरी–निकासी भइरहेको पाइएको हो।

ट्रम्पकी श्रीमतिलाई बौद्धिक चोरीको आरोप

रिपब्लिकन पार्टीको तर्फबाट सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पकी श्रीमति मेलियन ट्रम्पलाई बौद्धिक चोरीको आरोप लागेको छ । रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा भाषण गरेकी ट्रम्पले वर्तमान राष्ट्रपति बाराक ओबामा पत्नी मिसेल ओबाले सन् २००८ मा गरेको भाषणको केही अंश दुरुस्त बोलेको भन्दै उनमाथि बौद्धिक चोरीको आरोप लागेको हो ।

चोरी गर्दागर्दै पाँच पक्राउ

काठमाडौँ-काठमाडौँ नयाँबस्ती स्थित शंकर भण्डारीको घरमा आइतबार राति चोरी गरी रहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंबाट चोरी भएको मोटरसाइकल ७ बर्ष पछि फेला

रौतहट-दरवारमार्गबाट ७ बर्ष अघि चोरी भएको मोटरसाइकल रौतहटको गरुडा नगरपालिका २ बाट बेवारिसे अवस्थामा बरामद भएको छ।

रातको समयमा चोरी-निकासी

असारदेखि ३ महिनासम्म देशभरका नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्न प्रतिबन्ध लगाइएपनि मोरङ र सुनसरीका कतिपय नदीबाट चोरी–निकासी भइरहेको छ। बढी मात्रामा बूढी खोलाको सुनसरी–मोरङ दुवैतर्फबाट ढुंगा, गिट्टी र बालुवा चोरी–निकासी भइरहेको पाइएको हो।

शृङ्खाबद्ध चोरीमा संलग्न दुई जना सार्वजनिक

इटहरी– सुनसरी इनरुवा तथा आसपासका क्षेत्रमा चोरीमा सक्रिय दुई जना किशोरलाई प्रहरीले पक्राउ गरि मंगलबार सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्