२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

राष्ट्रपति मादुरोविरुद्ध प्रदर्शन

भेनेजुएलाका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलास मादुरोविरुद्ध बृहत् प्रदर्शन गरेका छन् । अमेरिकालगायतका देशको समर्थन पाएका विपक्षी नेता जुवान गुआइडोको नेतृत्वमा विपक्षीले व्यापक प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रपति मादुरोलाई तत्काल निष्पक्ष निर्वाचनको वातावरण बनाउन माग गरेको समाचारमा जनाइएको छ ।

मिस्टिकल मनास्लु

शुक्रबारदेखि नेपाल पर्यटन बोर्डमा ‘मिस्टिकल मनास्लु’ शीर्षकमा लक्ष्मीप्रसाद ङाखुसीका तस्बिरहरूको प्रदर्शनी सुरु भएको छ। विगत १० वर्षदेखि पटकपटक मनास्लु पदमार्ग घुमेर खिचेका प्रकृति, संस्कृति र जीवनशैली झल्कने ३५ वटा तस्बिर प्रदर्शनीमा राखिएको छ।

प्रधानमन्त्रीको पुत्ला दहनमा प्रहरी हस्तक्षेप, २ विद्यार्थी घाइते

नेपाल विद्यार्थी संघ पर्साले शुक्रबार साँझ वीरगन्जमा गरेको विरोध प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गर्दा दुई विद्यार्थी नेता घाइते भएका छन्। प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाउने क्रममा विद्यार्थी र प्रहरीबीच भएको झडपमा विद्यार्थी नेता विकेश पटेल र रन्जन चौरसिया घाइते भएका हुन।

डा. केसीको पक्षमा समर्थन जनाउँदै प्रदर्शन

सम्झौता विपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ ल्याइएको भन्दै अनशनरत डा. गोविन्द केसीको पक्षमा आन्दोलनरत चिकित्सकसहित सर्वसाधरणहरु प्रदर्शन उत्रेका छन्।

नयाँ बानेश्वरबाट ३२ अधिकारकर्मी पक्राउ

प्रहरीले नयाँ बानेश्वरबाट ९ महिलासहित ३२ जना अधिकारकर्मीलाई पक्राउ गरेको छ। वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न दोषीहरुलाई कारबाहि गर्नुपर्ने डा. गोविन्द केसीसँग गरिएका सहमतिहरु कार्यान्वय गर्नुपर्ने लगायतका मागहरु लिएर संसद भवन अघि धर्ना प्रदर्शनमा बसेका अधिकारकर्मीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

डा केसीको समर्थनमा लोकतन्त्रवादी पेशागत संघसंगठनले प्रदर्शन गर्ने

लोकतन्त्रवादी पेशागत संघसंगठनसँग आबद्ध बुद्धिजीविहरुले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग सहित अनसनरत डा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै बिहीवार राजधानीमा बृहत प्रदर्शन गर्ने भएका छन्। मंगलबार राजधानीमा भएको पेशागत संगठनका बुद्धिजीविहरुको भेलाले डा केसीले उठाएका मागमा ऐक्यबद्धता जनाउँदै बिहीवार माइतीघर मण्डलामा संयुक्त प्रदर्शन गर्ने निर्णय गरेका हुन।

सरकारकाे खाेजी गर्दै लालटिन जुलुश प्रदर्शन (भिडियाे)

नेपाल विद्यार्थी संघले सरकारको पछिल्लो कदमको विरोध गर्दै राजधानी लगायत देशभर प्रदर्शन गरिरहेका छ। राजधानीको प्रदर्शनीमार्गमा आइतबार नेविसंघले 'लापता केपी ओली सरकारकाे खाेजी' लेखेकाे व्यानर लिएर लालटिन जुलुश निकाले।

सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आइतवार सानेपामा बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीसँग भएको सम्झौता विपरित बलजफ्ती राष्ट्रिय चिकित्सा विधेयक पारित गरेको र आफ्ना नेताको नाममा रहेको अस्पताललाई खारेज गर्न खोजेको भन्दै माघ २१ गते ७७ जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो। प्रदर्शनमा सहभागिताका लागि बैठकले अपील समेत गरेको छ।

नेविसंघद्वारा सरकार विरुद्ध प्रदर्शन, दर्जनौ नेता कार्यकर्ता पक्राउ

नेपाल विद्यार्थी संघले सरकारको पछिल्लो कदमको विरोध गर्दै विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छ। उसले यसै क्रममा राजधानीको पशुपति बहुमुखी क्याम्पस अगाडी प्रधानमन्त्री केपी केपी ओलीको पुत्ला समेत दहन गरेका छन।

'अधिनायकवाद चरित्र नसच्याइए सडकबाटै ओली सरकार ढाल्छाैं'

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको विरोधमा नेपाल तरुण दलले बुटवलमा शनिबार प्रदर्शन गरेको छ। सर्वसुलभ स्वास्थ्य सेवा र शिक्षा पाउनुपर्ने आम नागरिकको नैसर्गिक अधिकार हनन् हुने प्रावधानसहितको स्वास्थ्य शिक्षा विधेयक पारीत भएपछि त्यसको विरोधमा उत्रिएको तरुण दलले बताएको छ।

सरकारविरुद्ध तरुण दलको खबरदारी, दुई तिहाईको दम्भ सैह्य हुँदैन (फोटोफिचर)

सरकारका पछिल्ला गतिविधि, निर्मला पन्तको बलात्कार पछि हत्या र न्याय दिन नसकेको, कांग्रेस नेताका नामका अस्पताल विघटन गर्न खोजेको, चिकित्सा शिक्षा विधेयक जस्ता कारण देखाउँदै पोखरामा शुक्रबार नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले बृहत विरोध प्रदर्शन गरेको छ।

सरकारविरुद्ध बुटवलमा कांग्रेसको प्रदर्शन

राजनीति पुर्वाग्रहबाट प्रेरित भइ सरकारले गिरीजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल विघटनको संघारमा पुर्याएको भन्दै नेपाली कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ।

पत्रकारमाथि प्रहरी दुर्व्यहार

वीरगन्ज–पोखरिया सडकखण्ड अवरुद्ध भएको समाचार संकलन गर्न पुगेका पत्रकारमाथि बिहीबार बिहान प्रहरीले दुर्व्यहार गरेको छ। सो सडकखण्डको पदमरोडबाट बरामद केराउ जफत गर्ने उद्देश्यले सीमाक्षेत्रमा भनेर मुचुल्का बनाई लैजान खोजेको भन्दै स्थानीय व्यापारीले प्रहरीविरुद्ध प्रदर्शन गर्दा सडक अवरुद्ध भएको थियो। प्रदर्शनकारीलाई प्रहरीले कुटपिट गरेको दृश्य संकलन गर्ने क्रममा पत्रकारमाथि प्रहरी आइलागेको थियो।

सरकार अधिनायक भएको भन्दै तरुण दलको प्रदर्शन

कम्युनिष्ट सरकार अधिनायकतर्फ अघि बढेको भन्दै नेपाली कांग्रेसनिकट नेपाल तरुण दलले विरोध प्रदर्शन गरेको छ। सातवटै प्रदेशको राजधानीमा विरोध प्रदर्शन तथा सभा गर्ने तरुण दलको कार्यक्रमअनुसार बिहीबार प्रदेश ३ को राजधानी हेटौंडामा प्रदर्शन तथा विरोधसभा गरेको हो।

चितवनमा कृषि प्रदर्शनी आयोजना गरिने

भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् भारतको आयोजनामा तेस्रो कृषि प्रदर्शनी आयोजना गर्न लागिएको हो। यसअघिका वर्षमा कृषि प्रदर्शनी काठमाडौं आयोजना गरिँदै आएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्