२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

अख्तियार अगाडि प्रदर्शन गर्ने विवेकशील साझाका ३० नेता, कार्यकर्ता पक्राउ

विवेकशील साझाका प्रदेश ३ संयोजक समीक्षा बाँस्कोटा सहित ३० जना नेता कार्यकर्ता पक्राउ परेका छन।

‘महिन्द्रा उदय’मा एक्सयुभी ३०० र मराजोको सोकेस

महिन्द्राका नेपाली बजारमा उपलब्ध भएका ३० भन्दा बढी उत्पादनलाई एउटै छानामुनि सोकेस गर्दै महिन्द्रा ब्रान्ड, यसका उत्पादन, प्रविधि र विकास चरणबारे जानकारी दिने उद्देश्यले फागुन १० गतेदेखि १२ गतेसम्म तीन दिन ‘महिन्द्रा उदय’ नामबाट एकल अटो प्रदर्शनी हुन लागेको छ।

महिन्द्रा उदयमा राखिँदै एक्सयूभी ३०० र मराजो

महिन्द्राले एकल अटो प्रदर्शनी आयोजना गर्ने भएको छ। प्रर्दशनीमा नेपालमा भएका महिन्द्राका ३० भन्दा बढी ब्रान्ड राखिनेछन्। ‘महिन्द्रा उदय’ नामबाट हुन थालेको यो एकल अटो प्रदर्शनी हो। महिन्द्रा ब्रान्ड, यसका उत्पादन, प्रविधि र विकास चरणलाई आम नागरिकसमक्ष जानकारी दिने अटो प्रर्दशनीको उद्देश्य छ।

विदेशबाट फिर्ता भएका मूर्तिहरू प्रदर्शनीमा

गत चैतमा अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन कला संग्रहालयबाट फिर्ता भएका नेपालबाट हराएका १२ औं र १७ औं शताब्दीका बुद्ध र उमामहेश्वरका मूर्तिहरू छाउनीस्थित राष्ट्रिय संग्राहलयमा प्रदर्शनीमा राखिएका छन्।

अन्तर्राष्ट्रिय व्यापार मेला तथा घरेलु उद्योग महोत्सव हुँदै

घरेलु तथा साना उद्योगको उत्पादनको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ राजधानीमा आयोजना हुने भएको छ।

पाँचौं नेपाल काष्ठ अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९

काठमाडौं – मिडिया स्पेस सोलुसन्स र फ्युचर्स ट्रेड फेयर एन्ड इभेन्टको आयोजनामा पाँचौं नेपाल काष्ठ अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ सुरु भएको छ। राजधानीको भृकुटीमण्डपमा दिउँसो १:३० बजे वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन् । तीन दिनसम्म हुने प्रदर्शनीमा फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सबडिलर र बिक्रेताले काठ व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउने आयोजकले जानकारी दिएकाे छ।

पत्रकार कुटिएको विरोधमा प्रदर्शन

पत्रकार कुटिएको विरोधमा नेपाल पत्रकार महासंघसहित सञ्चारसम्बद्ध संस्थाले राजमार्गमा प्रदर्शन गरेका छन्। हिजो अर्थात् माघ २९ गते सामुदायिक रेडियो सर्लाही हरिवनका स्टेसन म्यानेजर सोम दियालीमाथि भएको सांघातिक आक्रमणको उनीहरुले विरोध गर्दै बुधबार सर्लाहीको हरिवनस्थित पूर्व–पश्चिम राजमार्गमा  र्‍याली निकालेका छन्।

जातीय अल्पसंख्यको प्रदर्शनमा गोली प्रहार

कारेन्नी जातीय अल्पसंख्यकले गरेको प्रदर्शनमा म्यानमार प्रहरीले रबरको  गोली प्रहार गरेको छ ।

फागुन पहिलो हप्ता नेपाल काष्ठ अन्तर्राष्ट्रिय प्रदर्शनी

पाँचौं नेपाल काष्ठ अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ हुने भएको छ। मिडिया स्पेस सोलुसन्स र फ्युचर्स ट्रेड फेयर एन्ड इभेन्टले भृकृटीमण्डपमा फागुन ३ गतेदेखि उक्त प्रदर्शनी गर्न लागेको हो।

बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा ३० हजार दर्शक

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी ३० हजारले अवलोकन गरेका छन्। शुक्रबार सुरु भएको प्रदर्शनी आइतबार सकिएको छ।

नेपाल बिल्डकन अन्तरार्ष्ट्रिय प्रदर्शनी सुरु

नेपाल बिल्डकन अन्तरार्ष्ट्रिय प्रदर्शनी शुक्रबार सुरु भएको छ। तीनदिने प्रदर्शनमा तीन सयभन्दा बढी ख्यातिप्राप्त ब्रान्डका एक सय ५० भन्दा बढी स्टल राखिएको छ।

आजबाट नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी आजबाट सुरु हुने भएको छ। राजधानीको भृकुटीमण्डपमा बिहान ११ बजे सहरी विकास मन्त्री मोहमत इस्तिायक राईले उद्घाटन गर्ने मिडिया स्पेस सोलुसन्स प्रालिले जनाएको छ।  तीन दिन हुने मेलामा तीन सयभन्दा बढी ख्यातिप्राप्त ब्रान्डका एक सय ५० भन्दा बढी स्टल रहने मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले जानकारी दिए।

माग २५ बाट नेपाल बिल्डकन

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ। राजधानीको भृकुटीमण्डपमा माघ २५, २६ र २७ गते एक्स्पो आयोजना गर्न लागिएको हो। मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टले आयोजना गर्ने एक्स्पोमा तीन सयभन्दा बढी ख्याती प्राप्त ब्रान्डका एक सय ५० भन्दा बढी स्टल रहने बताइएको छ।

देशैभरी कांग्रेसको प्रदर्शन सुरु

कांग्रेसले देशभरि गर्ने भनेको सरकारविरुद्धको प्रदर्शन सुरु भएको छ । देशका प्रमुख सहरहरूमा हुने विरोधसभालाई पार्टीका शीर्ष नेताले सम्बोधन गर्नेछन्। चितवनस्थित नागरिक संवाददाता सविता श्रेष्ठका अनुसार भरतपुरमा कांग्रेसको विरोध जुलुस सुरु भइसकेको छ ।

दाहालको भेनेजुएला ‘बुमराङ’

राष्ट्रपतिमा दोस्रो कार्यकालका निमित्त गत महिना निर्वाचित भएदेखि नै निकोलस मदुरोविरुद्ध उर्लिएको जनप्रदर्शनहरूका माझ उनका प्रतिद्वन्द्वी उम्मेदवार तथा राष्ट्रिय सभाका अध्यक्ष हुवाँ गुइडोले सोही सभाबाट आफैँलाई भेनेजुएलाको राष्ट्रपति घोषणा गरेका थिए जनवरी २३ मा। त्यसको लगत्तै संयुक्त राज्य अमेरिकाले पनि उनलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछिको विवादले त संसार हल्लाएकै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्