५ आश्विन २०८१ शनिबार
image/svg+xml

सर्वोच्च अदालतमा पहिलो पटक गोलाप्रथाबाट पेसी तोक्न सुरु

पहिलो दिन आज यो प्रणालीबाट दुईवटा एकल इजलाससहित १० वटा इजलास गठन गरिएका छन्। जसअनुसार न्यायाधीशद्वय मीरा खड्का र कुमार चुडाललाई एकल इजलास तोकिएको छ।

सर्वोच्चमा आजदेखि गोला प्रणाली

अब प्रधानन्यायाधीशको चाहनाअनुसारको इजलासमा मुद्दा पार्ने प्रवृत्तिको अन्त्य हुनेछ भने वर्षौंदेखि थन्किएका मुद्दाले पनि पालो पाउनेछन्। मुद्दाको पेसीका विषयमा न्यायालयमा बारम्बार भइरहने विवाद अन्त्य हुने,बिचौलिया,भ्रष्टाचारजस्ता विकृति घट्ने अपेक्षासमेत गरिएको छ।

अधिकांश न्यायाधीश इजलासमाः हुन सकेन प्रभावकारी रूपमा सुनुवाइ

सर्वोच्च अदालतमा आज अधिकांश न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणसहित सबै खाले मुद्दामा सुनुवाइ गरे पनि अझै प्रभावकारी ढङ्गलेको मुद्दामा सुनुवाइ हुन सकेको छैन।

सर्वोच्चमा मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकिने

सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेबाट गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ।

गोला प्रक्रियाबाट पेसी एक सातापछि

सर्वोच्चमा बुधबार प्रधानन्यायाधीशबाहेक न्यायाधीशहरूको बैठकले पूर्ण बैठक बसी यही मंसिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोक्ने सहमति गरेको छ।

प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार खोसियो

सर्वोच्च अदालत नियमावली संशोधन सोमबार राजपत्रमा प्रकाशित भएपछि गोला प्रक्रियाबाट पेसी तोकिने प्रक्रियाले पूर्णता पाएको छ। सम्भवतः मंगलबारपूर्ण बैठक बसेरत्यसको कार्यान्वयनका लागि दिन तोकिनेछ ।

गोला प्रक्रियाबाट तोकिने पेसीको प्रतीक्षा

नयाँ प्रणालीबाट मुद्दाको पेसी तोक्दा प्रधानन्यायाधीशले चाहेको इजलासमा मुद्दा पर्नेछैनन्। प्रधानन्यायाधीशले मुद्दा आफूले चाहेको समयमा स्थगित गर्ने,आफूले चाहेका मुद्दामात्रै आफूखुसी न्यायाधीशको इजलासमा पार्ने गरेको आरोप लाग्दै आएको छ।

सर्वोच्च अदालतमा अधिकांश इजलासमा सुनुवाइ

न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा बेच्न नबसेको देखिएको छ।

आन्दोलनरत कानून व्यवसायीहरुले मागे गृहमन्त्रीको राजीनामा

उनिहरुले प्रदर्शनमा गृहमन्त्री, प्रधानन्यायाधीश, अदालत प्रशासन र प्रहरीविरुद्ध नाराबाजी गरेका हुन्।

न्यायालय विवाद समाधान उन्मुखः अब गोला प्रक्रियाबाट पेसी

पूर्ण बैठकले मुद्दाको पेसी गोला प्रक्रियाबाट तोक्न सर्वोच्च अदालत नियमावली–२०७४ र अदालत व्यवस्थापन निर्देशिका–२०७५ संशोधन गरेको छ ।

गोलाप्रथा लागू भए मुद्दा हेर्न न्यायाधीश सहमत

न्यायाधीशहरूले गोलाप्रथाबाट पेसी तोके मुद्दा हेर्ने तर प्रधानन्यायाधीशको राजीनामाको माग नछोड्ने बताएका छन्।

सर्वोच्च ठप्प,न्यायाधीश मौन

आन्दोलनरत कानुन व्यवसायीले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै शुक्रबार सर्वोच्च अदालत परिसरको गेटमा धर्ना दिए। सर्वोच्चका अन्य न्यायाधीशहरू कार्यसम्पादन छाडेर उनीहरूको आन्दोलनलाई साथ दिइरहेका छन्।

‘गोलाप्रथा नभई मुद्दा हेर्दैनौं’

न्यायाधीश हरिकृष्ण कार्की संयोजक रहेको अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानन्यायाधीशले आनाकानी गर्दा यो अवस्था आएको न्यायाधीशहरूको निचोड छ। ‘गोलाप्रथा गरेर इजलास नतोकेसम्म हामी मुद्दा हेर्दैनौं। अब कजलिस्ट बेच्ने दिन गए। प्रतिवेदनअनुसार अघि बढ्नुपर्छ’, एक न्यायाधीशले भने, ‘अब उहाँ (प्रधानन्यायाधीश) ले मार्गप्रशस्त गर्नुको विकल्प छैन।’

सर्वोच्च अदालतमा आज पनि तोकियो सबै खालका मुद्दामा पेसी

प्रधानन्यायाधीश राणाले नौ इजलासमा पेसी तोक्नुभएको छ। तीमध्ये एउटा पूर्ण इजलास, पाँच संयुक्त र तीन एकल इजलास रहेको छ। इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन।

‘दबाबमा न्यायाधीश’

न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामालाई अन्तिम अश्त्र बनाउने र प्रधानन्यायाधीशकोराजीनामा नदिने अडानका कारण न्यायालयमा अन्योल अझै बढ्ने देखिएको छ।विगतमा न्यायालयमा विवाद हुँदा बार एसोसिएसनले समन्वयको भूमिका खेल्थ्यो तर यसपटक उसैले प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्