coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

आन्दोलनरत कानून व्यवसायीहरुले मागे गृहमन्त्रीको राजीनामा

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणकोसमेत राजीनामा मागेका छन्। सर्वोच्च अदालत परिसरभित्र सशस्त्र र दंगा प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि दमन गरेको भन्दै उनीहरुले गृहमन्त्री खाँणको राजीनामा मागेका हुन्।  

आइतबारको विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएका छन्। उनिहरुले प्रदर्शनमा गृहमन्त्री, प्रधानन्यायाधीश, अदालत प्रशासन र प्रहरीविरुद्ध नाराबाजी गरेका हुन्।

वकिलहरुले अदालत परिसरभित्र धर्ना दिन थालेयता सर्वोच्च अदालतमा प्रहरी र सुरक्षा बढाइएको छ। 

प्रकाशित: ५ मंसिर २०७८ ०७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App