८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

खोटाङमा दुई प्रहरी पुरस्कृत

जिल्ला प्रहरी कार्यालयले दुई प्रहरी जवानलाई पुरस्कार प्रदान गरेको छ। अपराध न्यूनीकरण एवं सामाजिक सचेतनामा उल्लेखनीय योगदान पु-याएको भन्दै प्रहरी जवानद्वय कुमार भुजेल र सजिना भारतीलाई नगद पुरस्कारले सम्मान गरिएको हो।

ट्राफिक प्रहरीको ‘पटके’ अभियानमा ७ हजार ७२ ट्याक्सी चालकमाथि कारवाही

अभियान सुरु हुँदा पनि ठगिने र ठग्ने क्रम नरोकिएपछि मंसिर २० गतेदेखि विशेष संयन्त्र खडा गरी ‘सिभिल ड्रेस’ मा ट्राफिक प्रहरीलाई खटाई मनोमानी भाडा लिने चालकलाई कारबाही गरिएको छ। यसलाइ पटके अभियान पनि भनिएको छ।

एसएसपी बढुवा सिफरिसमा असन्तुष्टि

नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा र २६ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरेको छ। एसपीबाट एसएसपीमा सन्दीप भण्डारी र डिएसपीबाट एसपीमा रमेशकुमार बस्नेतको १ नम्बरमा बढुवा सिफारिस गरिएको छ।

बढुवामा असन्तुष्टि जनाउँदै एसपी उप्रेतीले दिए राजीनामा

प्रहरीको एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले पदबाट राजीनामा दिएका छन्।

१४ एसपी एसएसपीमा र २६ डिएसपी एसपीमा बढुवा सिफारिस (नाम सहित)

नेपाल प्रहरीले १४ एसपी र २६ डिएसपीको बढुवा सूची निकालेको छ। शनिबार राति प्रहरीले सार्वजनिक गरेको सूची अनुसार १४ जना एसपीलाई एसएसपीमा र २६ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ।

टाइब्रेकरको सफलताले एपिएफ फाइनलमा

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले टाइब्रेकरमा फाइनल खेल्ने ढोका उघार्दा पाहुना टोली रिस्हो पोखरामा जारी छैटौं मनकामना केबलकार पोखरा कपबाट बाहिरिएको छ। घरेलु टोलीविरुद्धको खेलमा दबाव राखे पनि जापानिज रिस्हो युनिर्भसिटीको टोली टाइब्रेकरमा ४–१ ले स्तब्ध हुँदै पोखरा बसाई टुङ्ग्याएको हो। सफलता हात पारेको एपिएफ यस प्रतियोगितामा पहिलो पटक फाइनल प्रवेश गर्न सफल भयो।

गाउँ प्रहरी भर्ना गर्दै गाउँपालिका

ऐंसेलुखर्क गाउँपालिकाले गाउँ प्रहरी भर्ना प्रक्रिया अघि बढाएको छ। दैनिक कार्य सम्पादनका क्रममा आवश्यक ठाउँमा प्रयोग गर्नेगरी गाउँपालिकाले जिल्लामै पहिलोपल्ट गाउँ प्रहरीको भर्ना खुलाएको हो। तीन पुरुष गाउँ प्रहरी भर्नाका लागि गाउँपालिकाभित्रका नागरिकबाट आवेदन आह्वान गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए।

प्रहरीलाई पचास : सामान भन्सार पार

गत सोमबार विहान ११ बजे वीरगन्ज घन्टाघरदेखि सीमापारि रक्सौलसम्म पुग्ने टेम्पोमा एक महिलाले अन्दाजी १५ केजी सामान भएको एउटा बोरा राखेर केहिबेर बेपत्ता भइन्। सिट क्षमता अनुसार यात्रु भरिए। टेम्पोमा सामान हालेर बेपत्ता भएकी महिलालाई सबैले कुर्न थाले। १० मिनेटपछि महिला आइन् र टेम्पोमा बसिन्। उनको हातमा ५०–५० दरका केही थान नेपाली नोट थिए। उनको नाम सुगिया देवी रहेछ। चालकले टेम्पो गुडाउनासाथ उनले बोरालाई सिट मुनि लुकाइन्। बोरामा के छ भनी सोध्दा मरिच भएको बताइन्। यो संवाददाता त्यही टेम्पोमा थियो।

चिकित्सक साहकी छोरीका अपहरणकारी पक्राउ

प्रसूतिगृहकी चिकित्सक बबिता साहकी छोरी अपहरणमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ। महनगरीय प्रहरी परिस काठमाडौंले अपहरणका मुख्य आरोपी मनीष गुप्तालाई महोत्तरीबाट पक्राउ गरेको हो।

धानको बाेरा लाेड गरिएकाे ट्रकमा तस्करीको कपडा

पर्साको ठोरीमा प्रहरीले धानको बोरा लोड गरिएको ट्रकबाट आइतबार साँझ १९ पोका कपडा बरामद गरेको छ। उक्त कपडाको मूल्य २२ लाख रुपैयाँ पर्ने प्रहरीको प्रारम्भिक अनुमान छ। ठोरी हुँदै चितवनको नारायणगढ जाँदै गरेको लु १ ख ३३१० नम्बरको ट्रक पर्साको निर्मल वस्तीबाट एक सय पाँच बोरा धान लोड गरेर हिँडेको थियो। प्रहरीले इलाका प्रहरी कार्यालय ठोरीअगाडि रोकर जाँच गर्दा १९ वटा पोकामा कपडा फेला परेको हो।

रोकिएन रौतहटमा काठ तस्करी

रौतहटको राष्ट्रिय वनबाट काठ तस्करी हुन रोकिएको छैन। जिल्ला वन कार्यालयले सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकसहितको टोली गस्तीमा खटाएको भने पनि काठ तस्करी भने नरोकिएको हो।

बाह्र जुवाडे पक्राउ

महानगरीय प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेले शनिबार साँझ काठमाडौँ चापकोबोटबाट ८१ हजार ८ सय रूपैयाँ सहित बाह्र जुवाडे पक्राउ गरेको छ ।

तस्कर र प्रहरीबीच गोली हानाहान, तीन जना पक्राउ

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढा टापु क्षेत्रमा शुक्रवार राति गाँजा तस्कर र सशस्त्र प्रहरीबीच गोली हानाहान भएको छ। उक्त दोहोर गोली हानाहानमा कुनै मानविय क्षति भने भनएको प्रहरीले जनाएको छ।

प्रधानमन्त्रीको पुत्ला दहनमा प्रहरी हस्तक्षेप, २ विद्यार्थी घाइते

नेपाल विद्यार्थी संघ पर्साले शुक्रबार साँझ वीरगन्जमा गरेको विरोध प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गर्दा दुई विद्यार्थी नेता घाइते भएका छन्। प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाउने क्रममा विद्यार्थी र प्रहरीबीच भएको झडपमा विद्यार्थी नेता विकेश पटेल र रन्जन चौरसिया घाइते भएका हुन।

शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको दमन, १६ चिकित्सक पक्राउ

चिकित्सा शिक्षा सुधारको माग गर्दै २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको मागमा समर्थन जनाउँदै शान्तिपूर्ण प्रदर्शनमा उत्रेका चिकित्सकहरुमाथि प्रहरीले दमन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्