८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

‘पिक एन्ड ड्रप’ यात्रुलाई चढ्नै सकस

सवारीसाधनको भीड व्यवस्थापन गरी यात्रुलाई सहजता प्रदान गर्न पुस १ गतेदेखि टुँडिखेल आसपासमा लागू गरिएको ‘पिक एन्ड ड्रप’ नियमले यात्रुहरूलाई झन् सकस भएको छ। ‘पिक एन्ड ड्रप’ नियम लागू गरेको भने पनि ट्राफिक प्रहरीले यात्रु ओराल्न र चढाउन सार्वजनिक सवारी रोक्न नदिएपछि घर फर्कने यात्रुहरू अलपत्र परेका हुन्।

देवीदेवताका नाम हटाउँदै सशस्त्र प्रहरी

अर्धसैन्य संरचना रहेको सशस्त्र प्रहरीले बाहिनी र गण गुल्मको नाम परिर्वतन गर्न सुरु गरेको छ। सशस्त्र प्रहरी बल नेपालको नयाँ संरचना सम्बन्धी विस्तृत कार्ययोजना लागु भएसँगै उसले विभिन्न देवी देवताको नाममा रहेका कार्यालयहरुको नाम अंकमा परिवर्तन तथा नयाँ नामपनि अंककै आधारमा राख्न थालेको हो।

सशस्त्रमा जनशक्ति थप्न माग

सशस्त्र प्रहरीका महानीरिक्षक शैलेन्द्र खनालले सरकारसँग जनशक्ति थप गर्न माग गरेका छन्। सशस्त्र प्रहरीको १८ औं स्थापना दिवसको अवसरमा प्रधामन्त्री केपी शर्मा ओली समक्ष जनशक्ति थप गर्न प्रस्ताव गरेका हुन्। उनले सशस्त्र प्रहरी ७७ वटै जिल्लामा पुगेको, सीमा सुरक्षाजस्तो गहन जिम्मेवारी बोकेको संगठनका सबै स्थानमा भौतिक संरचना नभएको तथा जनशक्ति अभाव भएको बताउँदै जनशक्ति थप गर्न प्रस्ताव गरेका हुन्।

वन्यजन्तु चोरीको आरोपमा २ जना पक्राउ

वन्यजन्तु चोरी निकासीको आरोपमा रुकुम प्रहरीले २ जनालाई पक्राउ गरेको छ। जिल्लाको मुसिकोट नगरपालिका–३ माछमीबाट जंगली जनावर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रमोद कुमार क्षेत्रीले जानकारी दिए।

भारतीय क्रिकेट टाेलीसँग सावधान रहन न्युजिल्याण्ड प्रहरीकाे चेतावनी

भारतीय क्रिकेट टोलीलाई लक्षित गर्दै न्युजिल्याण्ड प्रहरीले एक व्यङ्ग्यात्मक पोष्ट सार्वजनिक गरेको छ।न्युजिल्याण्ड भ्रमणमा रहेको भारतीय टोलीलाई प्रहरीले लक्षित गर्दै यो टोलीसँग सावधान रहन सर्वसाधारणलाई चेतावनी दिएको हाे।

रौतहटमा पहिलो सडक सुरक्षा कार्यक्रम सम्पन्न

नेपाल प्रहरीले रौतहटमा सडक सुरक्षासम्बन्धी पहिलो कार्यक्रम सम्पन्न गरेको छ। जिल्लामा हुने अस्वाभाविक मृत्यु तथा अंगभंग र घाइतेसम्बन्धी घटनाको मुख्य कारण सडकमा हुने सवारीसाधन दुर्घटना रहेको सन्दर्भमा इलाका प्रहरी कार्यालय गरुडाले सडक सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको हो।

नौ थान बालासहित ६ पक्राउ

प्रहरीले सुनजस्तो देखिने पहेंलो धातुका नौ थान बालासहित ६ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले बुधबार राति पिंगलास्थानबाट बालासहित उनीहरुलाई पक्राउ गरेको हो।

पत्रकारमाथि प्रहरी दुर्व्यहार

वीरगन्ज–पोखरिया सडकखण्ड अवरुद्ध भएको समाचार संकलन गर्न पुगेका पत्रकारमाथि बिहीबार बिहान प्रहरीले दुर्व्यहार गरेको छ। सो सडकखण्डको पदमरोडबाट बरामद केराउ जफत गर्ने उद्देश्यले सीमाक्षेत्रमा भनेर मुचुल्का बनाई लैजान खोजेको भन्दै स्थानीय व्यापारीले प्रहरीविरुद्ध प्रदर्शन गर्दा सडक अवरुद्ध भएको थियो। प्रदर्शनकारीलाई प्रहरीले कुटपिट गरेको दृश्य संकलन गर्ने क्रममा पत्रकारमाथि प्रहरी आइलागेको थियो।

प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउँदै सरकार

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रहेको अवकाशसम्बन्धी ३० वर्षे सेवाअवधि हटाएर उमेरहद र पदावधिमात्रै कायम गर्न संघीय प्रहरी ऐन मस्यौदा बनाएको छ। गृहमन्त्री रामबहादुर थापाकै निर्देशनमा प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवाअवधि हटाएर संघीय ऐनमा अवकाशको आधार उमेरहद र पदावधि मात्र कायम गर्न लागिएको हो।

प्रहरीद्वारा खाली गर्न अटेर

नेपाल आयल निगमको टेकुमा रहेको भवन तथा जमिन खाली गर्न नेपाल प्रहरीले अटेर गर्दै आएको छ। आफ्नो व्यावसायिक प्रयोजनका लागि सवा तीन अर्ब रुपैयाँको लागतमा गत वर्ष नेसनल ट्रेडिङबाट खरिद गरेको जमिन छाड्न अटेर गरेपछि समस्या परेको निगमले जनाएको छ।

कल बाइपासमा संलग्न दुई भारतीय पक्राउ, लाखौँको उपकरण बरामद

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)लेअवैधरुपमा अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। विशेष सूचनको आधारमा सीआईबीबाट खटिएको प्रहरी टोलीले काठमाडौं सामाखुसी बस्ने भारत जयपुर राजस्थानका ३५ वर्षीय सुनिल कुमार र ४१ वर्षीय राम करन जाटलाई पक्राउ गरेको हो।

प्रहरीसँगको मुठभेडमा सशस्त्र समूहका कमाण्डरको मृत्यु

सप्तरीको रुपनी नजिक प्रहरी कारवाहीमा परि बुधबार बिहान सशस्त्र समूहका कमाण्डरको मृत्यु भएको छ। प्रहरी कारवाहीमा मारिने प्रगतिशील तराई मुक्ति मोर्चाका कमाण्डर सप्तरी कडरबोना निवासी ३५ वर्षीय निशान थारु (दिपेन्द्र चौधरी) हुन्।

निर्मला हत्या प्रकरणमा बम दिदीबहिनी निर्दोष : प्रहरी प्रवक्ता सुवेदी

नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले निर्मला पन्त हत्या प्रकरण संगठनको लागि पनि प्रतिष्ठाको विषय भएकोले उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेको स्पष्ट पारेका छन्।

गोंगबुमा हतियारसहित एक पक्राउ, प्रहरीद्वारा गोली प्रहार

हतियार खोज्दै गएको प्रहरीले एक जनालाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले राजधानीको गोंगबुमा हतियार कारोबारीको आशंकामा पक्राउ गर्न खोज्दा गोली चलाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्