नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभए प्रदेश सभा चल्न नदिने चेतावनी दिएका छन्।
दाहालले सोमबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेसँग सामूहिक छलफल गरे। छलफलमा कांग्रेसले अवरोध कायमै राखे नीति तथा कार्यक्रम प्रस्तुत गर्न वैकल्पिक मार्गबारे कुराकानी भएको थियो।