९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

दुई ट्रक गोरु प्रहरी नियन्त्रणमा

झापा प्रहरीले आज बिहान सुरुङ्गाबाट भारततर्फ तस्करी हुन लागेको दुई ट्रक पशुचौपाय नियन्त्रणमा लिएको छ। दुई ट्रक गोरु पक्राउ गरी भद्रपुर भन्सार पठाइएको झापा प्रहरीले जनाएको छ।

सप्तरीमा हात्तीले घर भत्कायो

कञ्चनरुप नगरपालिका–६ जमुवामा सोमबार हात्तीको समूहले स्थानीयवासी धनेश्वर चौधरीको भान्साघर भत्काएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएका तीन जङ्गली हात्तीले फुसको भान्सा घर भत्काई त्यहाँ रहेको अन्नपात खाएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।

३९ जनाको शव भेटिएको घटनामा छानबिन गर्न आठ पक्राउ

बेलायतमा ३९ जनाको शव भेटिएको घटनाका बारेमा अनुसन्धान गर्न भियतनामी प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। मारिएका सबै जना भियतनामी नागरिक भएको बेलायती प्रहरीले विश्वास गरिरहेका बेला भियतनामी प्रहरीले घटनासँग सम्बन्धित भएको आशंकामा ती आठ जनालाई पक्राउ गरेको हो।

प्रहरीमा घरेलु हिंसाका उजुरीको चाङ

श्रीमान नरेश (नाम परिवर्तन) ले पनि उनको वैदेशिक यात्रामा कुनै अवरोध गरेनन्। बरु घर र बच्चाको हेरविचार गर्छु भनेर हौसला थपिदिए। त्यतिबेला डेढ वर्षको काखे बच्चा परिवारलाई सुम्पेर विदेश जान आटेकी जमुनालाई भन्दा बच्चाको बढी पीर परिवारका अन्य सदस्यलाई थियो। काखे बच्चा केही हुने हो की भनेर सासू–ससुराले नजान आग्रह पनि गरेका थिए। तर, जमुनाले मानिनन्, एकोहोरा योजना बनाइन्। पैसा कमाएर फर्कन्छु भन्दै २०७० मा उनी क्यानडा प्रस्थान गरिन्। काखे बालक छाडेर क्यानडा पुगेकी उनी उता गएपछि निस्ठुरी बनिन्। परिवार त के एक वर्षको बच्चाको हालखबरबारे समेत बुझ्न खोजिनन्।

काठमाडौंबाट हराएका मोटरसाइकल फेला, सवारी धनीलाई फिर्ता

ट्राफिक प्रहरीले विभिन्न समयमा काठमाडौँ उपत्यकामा हराएका २० मोटरसाइकल र एक कारलाई खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ।

काभ्रेमा झडप हुँदा प्रहरीसहित ८ जना घाइते

झडपमा पाँच स्थानीय घाइतेहरुको टाउकोमा चोट लागेको छ । घाइते हुने स्थानीयहरूमा रामप्रसाद पौडेल(६५), मैना खत्री, सावित्री तिमल्सिना, भीमसेन थापा(२८), रामशरण तिमल्सिना रहेका छन् ।

प्रहरीको प्रस्तुति

आफ्नो पेसाप्रति इमान्दार भएर काम गर्दै प्रहरीले सर्वसाधारण नागरिकमा न्यायप्रति आशा र विश्वास जगाउनु आजको आवश्यकता हो।

प्रहरी समुदाय साझेदारीः अभियुक्त खोज्न सहज बन्दै

जिल्ला प्रहरी कार्यालय जुम्लाले समुदायसंगको सहकार्य गर्ने रणनीतिका कारण अभियुक्त पक्राउमा सहज बन्दै गएको छ।

डिएसपी शाहीमाथि छानबिन गर्न समिति गठन

प्रहरी आचरणविपरीत गतिविधिमा संलग्न भएको भन्दै बाँकेको इलाका प्रहरी कार्यालय, कोहलपुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीमाथि छानबिन गरिने भएको छ।

ब्राउनसुगरसहित तीन जना पक्राउ

प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई शनिबार साँझ बर्दियाबाट पक्राउ गरेको छ। बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी टोलीले बर्दिया मधुवन नपा वडा नं ८ का २६ वर्षीय  फरिद अन्सारी, सोही वडा निवासी ३० वर्षीय पप्पु अन्सारी र २८ वर्षीय सुरेश सुनारलाई ८५० मिलीग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो।

कटेरोमा सीमा प्रहरी चौकी

कञ्चनजंघा बेस क्याम्प जाने बाटोमा पर्ने घुन्सा बजारको रुपमा विकसित भएको छ। ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा पर्ने यो ठाउँमा नयाँ चिटिक्क परेका घर तथा होटल खुल्ने क्रम बढ्दै छ। अन्य सुविधा थपिने क्रम पनि जारी छ। स्वास्थ्य चौकी, विद्यालय भवन राम्रा छन्। घुन्सा नेपाल सरकारले पर्यटकीय गन्तव्यको सूचीमा राखेको ठाउँसमेत हो।

प्रहरी आयुक्तको हत्या

बुर्किनाफासोमा प्रहरी आयुक्तको हत्या भएको छ। बुर्किनाफासोको उत्तरपश्चिमी क्षेत्रमा अवस्थित प्रहरी कार्यालयमा नै पुगेर हतियारधारीहरुले प्रहरी आयुक्तको हत्या गरेको अधिकारीहरुले जानकारी दिएका छन्।

जुवा नियन्त्रणमा प्रहरीको सकृयता, अभियुक्त पक्राउमा सिसि क्यामेरा प्रभावकारी बन्दै

पछिल्लो समय जिल्लामा लुकिछिपी तास जुवा खेल्ने लगायतका गतिबिधी हुने गरेको सुचनाको आधारमा स्थानीय प्रशासनले निगरानी बढाएको छ। दसैं तिहारलगायतका चाडवाड सकिए पछि अब जिल्लाका मुख्य बजार र चोकहरुमा तासजुवा खेल्ने र खेलाउने बाहानामा सट्टाबाजी हुने गरेको गोप्य सुचनाको आधारमा स्थानीय प्रशासनले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नबिन किसोर प्रधानले जानकारी दिए।

दुर्घटनामा मृत्यु हुनेमध्ये आधा पैदलयात्री

जिल्लामा दशैँ र तिहारको समयमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ। तीमध्ये आधा पैदलयात्री रहेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार असोज १२ गतेदेखि कात्तिक ९ गतेसम्म भएका ३५ वटा दुर्घटनामा १० जनाको मृत्यु भएको हो। तीनै दुर्घटनामा परी २५ जना गम्भीर र ८१ जना सामान्य घाइते भएका छन्।

पीडित परिवारलाई सहयोग गर्न घरमै पुग्दै कास्की प्रहरी

प्रहरी अधिकारी तथा कर्मचारी कुनै घटनाको अनुसन्धानका लागि पीडितको घरसम्म जानु सामान्य नै हो। तर, सहयोग तथा सान्तवना दिन गएको विरलै पाइन्छ। कास्कीमा भने प्रहरी अधिकारी सहयोग तथा सान्तवना दिन पीडित घर घरमा जाने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्