९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रहरी आयुक्तको हत्या

औगादोगा- बुर्किनाफासोमा प्रहरी आयुक्तको हत्या भएको छ। बुर्किनाफासोको उत्तरपश्चिमी क्षेत्रमा अवस्थित प्रहरी कार्यालयमा नै पुगेर हतियारधारीहरुले प्रहरी आयुक्तको हत्या गरेको अधिकारीहरुले जानकारी दिएका छन्।

बुर्किनाफासोमा प्रहरीको यो हत्यासँगै यस देशमा पछिल्लो समयमा भएको हिंसाको अवस्था उजागर भएको पनि प्राप्त समाचारमा जनाइएको छ। उक्त देश आन्तरिक द्धन्द्धमा फसेको छ।

केही समययता यहाँ जिहादीहरुले हिंसा मच्चाइरहेका छन्। उनीहरुले पछिल्लो समयमा सुरक्षाकर्मीहरुका साथै सर्वसाधारण नागरिकको पनि हत्या गर्ने गरेका छन्। उत्तरपश्चिमी बुर्किनाफासोको सबाना जिल्लामा रहेको प्रहरी कार्यालयमा करिब १५ जनाको संख्यामा आएका हतियारधारीले ती प्रहरी आयुक्तको हत्या गरेका समाचारमा जनाइएको छ। सिन्ह्वा

प्रकाशित: १६ कार्तिक २०७६ १०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App