४ कार्तिक २०८१ आइतबार
image/svg+xml

पर्यटकीय पदमार्ग नयाँ वर्षको उपहार

नयाँ वर्षको पहिलो दिन शनिबार ३ हजार ७ सय ९४ मिटर उचाईको ताप्लेजुङमा अवस्थित पाथिभरा चुलीबाट नयाँ पर्यटकीय पदमार्गको घोषणा गरिएको छ।

नयाँ पर्यटकीय गन्तव्य पहिल्याउन पूर्वको पदयात्रा

प्रदेश नं १ का आकर्षक पर्यटकीय क्षेत्र भएर नयाँ पर्यटकीय मार्गको पहिचान र प्रचारका लागि पदयात्रा शुरु भएको छ।

वडालाई पर्यटकीय केन्द्र बनाउन अग्रसर छौं

लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । यसले विकास निर्माण अस्तव्यस्त थियो । वडामा खानेपानीको हाहाकार थियो । हामी आएसँगै भक्तपुरको सीमा क्षेत्रबाट खानेपानी ल्याएर सामूहिक धाराबाट वितरण गरेका छौं।

‘समलिंगी जोडीलाई गैरपर्यटकीय भिसा देऊ’

समलिंगी विवाह गरी नेपाल बस्न चाहने जोडीलाई गैरपर्यटकीय प्रवेशाज्ञा (भिसा) दिन सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ । भक्तपुर अनन्तलिंगेश्वरकी सुमन पन्तले अमेरिकी महिलालाई विवाह गरी नेपालमै बस्न पाउनुपर्ने माग गर्दै दायर मुद्दामा सर्वोच्चले यस्तो आदेश गरेको हो।

पर्यटकीय सहस्त्र झरना ओझेलमा

जिल्लाको विभीन्न स्थानमा रहेका पर्यटन गन्तव्य बन्न ठाउँहरु प्रचार प्रसारको अभावमा ओझेल परेका छन्। यहाँको विकासका लागि पर्यटन विकासलाई पहिलो प्राथमिकता दिने सरोकारालाले बताउँदै आए पनि त्यस अनुसार पर्यटन क्षेत्रको प्रचार प्रसारमा ध्यान दिएको पाइँदैन। जिल्लाको सुन्दर झरना मध्येको एक गलकोट सहस्त्र झरना प्रचार प्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ।

पर्यटकीय क्षेत्र खुम्बुको ठाडोकोसीमा भीषण आगोलागी

सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने ठाडोकोसीमा भीषण आगलागी भएको छ । खुम्बु–पासाङल्हामु गाउँपालीकाको वडा नम्बर ३ मा पर्ने ठाडोकोसीमा लागेको आगलागीबाट एउटा घर पूर्णरुपमा जलेको छ भने घर छेउमा रहेको जंगलमा आगो पसेको छ।

चीनको लगानीमा पर्यटकीयस्थल निर्माण गरिने

भगवान गौतमबुद्धको अष्टधातु रहेको बर्दघाट–सुस्ता पश्चिम रामग्राम स्तूप आसपासका क्षेत्रमा चीन सरकारले पर्यटन प्रवद्र्धनमा करिब रु १ अर्ब ५० करोड बराबरको आर्थिक लगानी गर्ने भएको छ।

पर्यटकीय सिजन सकिएसँगै खुम्बु क्षेत्र सुनसान

सोलुखुम्बुको उच्च हिमाली क्षेत्रका स्थानीय जाडो छल्न काठमाडौं लगायत विभिन्न जिल्ला जान थालेका छन् । केही समय अघिसम्म पर्यटकले खचाखच भरिएको सोलुखुम्बुको विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो, पुलपुलेसा तथा दृश्यावलोकन गर्ने स्थल सुनसान बनेको छ ।

पर्यटकीय सिजन सकिएसँगै खुम्बु क्षेत्र सुनसान

सोलुखुम्बुको उच्च हिमाली क्षेत्रका स्थानीय बासिन्दा जाडो छल्नका लागि काठमाडौ लगायत विभिन्न जिल्लाहरुमा जान थालेका छन् ।

पर्यटकीय क्षेत्र लुक्लामा पक्की पुल बन्दै

सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु–पासाङल्हमु गाउँपालिकाको लुक्लामा पुल निर्माण गरीदै छ। खुम्बु–पासाङल्हमु गाउँपालीकाको आर्थिक लगानीमा खुम्बु प्रवेश गर्ने मुख्य प्रवेश द्धारको रुपमा लिईएको लुक्ला बजारमा पुल निर्माण गरीएको हो । पुल निर्माणको लागी खुम्बु पासाङल्हमु गाउँपालीकाले बजेट छुट्याएको छ।

सिंहपुर पर्यटकीय गाउँ बन्दै

थारु संस्कृतिले समृद्ध कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर गाउँ पर्यटकीय गाउँका रुपमा विकसित हुन थालेको छ ।लोप हुँदै गएका परम्परागत मनमोहक नृत्य, गीत, पहिरन र आभूषण जगेर्नामा यस गाउँका बासिन्दा लागिपरेका छन् ।

अत्याधुनिक सेवासहित पाँच पर्यटकीय बस सञ्चालनमा

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ट्राभल्स नेपाल बस सर्भिस प्रालिले अत्याधुनिक सेवा र सुविधासहित थप पाँच पर्यटकीय बस सञ्चालनमा ल्याएको छ।  ‘उमंगको अनुभूति’ भन्ने नाराका साथ यही वैशाखमा चार वटा बस सञ्चालन गरेको प्रालिले आइतबारदेखि थप पाँचवटा बस सञ्चालनमा ल्याएको हो।

पर्यटकीय क्षेत्रको विकासमा ४४ लाख विनियोजन

तेह्रथुमको छथर गाउँपालिकाले पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पूर्वाधार विकासका लागि ४४ लाख रुपैंया विनियोजन गरेको छ । गाउँपालिका क्षेत्र भित्रका ऐतिहासिक, पुरातात्विक, जातीय, भौगोलिक, धार्मिक तथा साँस्कृतिक महत्वका स्थानको पहिचान गरी तीनको प्रचारप्रसार र पूर्वाधार विकास गर्ने कार्यक्रम रहेको अध्यक्ष सन्तवीर तिगेलाले बताए ।

खहरे खोला उर्लंदा चितवनमा डुवान, पर्यटकीय क्षेत्र सौराहा जलमग्न (फोटोहरु)

लगातार वर्षा हुँदा चितवनका विभिन्न ठाउँहरु जलमग्न भएका छन्। शुक्रबारदेखि परेको वर्षा आइतबारसम्म जारी नै छ। शनिबार साँझदेखि निरन्तर पानी परेका कारण खोलाहरु उर्लेर आएका छन्।

पर्यटकीय गन्तव्य बन्दै लदाम बगैंचा

जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको लदाम बगैंचालाई पर्यटकीय गन्तव्य बनाइने भएको छ । बगैंचालाई आधुनिक र व्यवस्थित बनाई पर्यटकीय स्थलको रुपमा  विकास गर्ने कार्यको थालनी गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन पहल थालेका हुन् । उनले थालनी गरेको अभियानलाई सफल तुल्याउन सबै क्षेत्रबाट सहयोग मिलेको छ । खत्रीले सन्धिखर्कको मुख्य बजारमै रहेको शान्ति बगैंचालाई पनि सुन्दर, मनोरम बनाउन योजना अघि सारेका छन् । शनिबार प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले लदाम बगैंचामा निर्माण गरिने मन्दिरको शिलान्यास गरे । पूजाआजा सहित उनले मन्दिरको शिलान्यास गरेका हुन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्