४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

डायलायसिस सेवा पुनः सञ्चालनमा

तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलायसिस सेवा पुनः सञ्चालन गरिएको छ। उपकरण बिग्रिएपछि यहाँ डेढ महिनादेखि सो सेवा ठप्प थियो।

तनहुँमा भालुको आक्रमणबाट एकजना घाइते

तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणबाट एकजना घाइते भएका छन्। घाइते हुनेमा व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन्।

तनहुँमा बस दुर्घटना: २७ यात्रु घाइते

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-५ तनहुँमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन्।

सम्भव छ शुद्धिकरण ?

वास्तवमा २०४६ सालको जनआन्दोलनपछि दलहरूको सक्रियता छ। तर त्यसयताका जति पनि अनियमितताका काण्ड सार्वजनिक भएका छन्, त्यसमा कुनै न कुनैरूपमा राजनीतिक संलग्नता छ।

पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकाको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध भएको छ।आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट एघारजना घाइते भएपछि राजमार्ग अवरुद्ध भएको हो।

सोलार प्यानलमा समस्या आएपछि तनहुँमा खानेपानी अभाव

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मा सञ्चालित खानेपानी आयोजनाको ‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानीको अभाव भएको छ।अहिले स्थानीयवासीले पँधेराको पानी प्रयोग गर्न बाध्य भएका छन्।

तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु: सांसद डा. वाग्ले

तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ।

तनहुँ १ उपनिर्वाचन: डा वाग्ले १०५३७,भट्टराई ५३३६

आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन।

बारा २ को मतगणना ११ बजे देखि हुने

बारा क्षेत्र नम्बर २ को मतगणना विहान ११ बजे देखि शुरु हुने भएको छ । विहान ८ बजे देखि बसेको सर्वदलीय बैठकपछि विहान ११ बजे देखि मतगणना हुने सहमती भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिएका छन ।

तनहुँ १ उपनिर्वाचन: डा वाग्लेको ७२९३ मत सहित अग्रता दोब्बर

हालसम्म आठ वडाको मतपरिणाम सम्पन्न हुँदा डा वाग्लेले सात हजार दुई सय ९३ प्राप्त गरेका छन। नेपाली कांग्रेसका गोविन्द भट्टराईले तीन हजार दुई सय ३४ मत प्राप्त गरेका छन।। नेकपा (एमाले) का सर्वेन्द्र खनालले दुई हजार एक सय ३४ मत प्राप्त गरेका छन ।

उपनिर्वाचन शान्तिपूर्ण ६० प्रतिशत मत खस्यो

प्रतिनिधिसभा सदस्यका तीन रिक्त सिटका लागि आइतबार भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

तनहुँ १ उपनिर्वाचन : रास्वपाका डा वाग्लेको अग्रता दोब्बर

आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन् ।

तनहुँ–१ः अघिल्लो पटक भन्दा पनि कम मत खस्यो

उपनिर्वाचन भएको तनहुँ–१ मा ५२ प्रतिशत मत मात्र खसेको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला निर्वाचन कार्यालय तनहुँले अघिल्लो निर्वाचनमा भन्दा पनि कम संख्यामा मत खसेको बताएको छ।

तनहुँ–१ः ४० प्रतिशत मत खसेको अनुमान, मतदान केन्द्र सुनसान बन्दै

उपनिर्वाचन भईरहेको तनहुँ–१ मा दिउँसो २ बजेसम्म झन्डै ४० प्रतिशत मत खसेको अनुमान रहेको छ। जिल्ला निर्वाचन अधिकारी हरि ढकालले २ बजेसम्म ४० प्रतिशत मत खसेको अनुमान रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्