४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

तनहुँमा चार मिटर लम्बाइको अजिङ्गर फेला

तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सीमा आज अजिङ्गर फेला परेको छ।स्थानीयवासीले करिब चार मिटर लम्बाइ भएको अजिङ्गर फेला पारेका हुन्।

गोरखाको भुम्लिचोकमा अजिङ्गर फेला

गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा आज अजिङ्गर फेला परेको छ। करिब २२ केजी तौल भएको अजिङ्गर त्रिशूली नदी किनार नजिकै सडकमा भेटिएको सबडिभिजिन वन कार्यालय सिउरेनीटारका प्रमुख वन अधिकृत रविआनन्द गोपालीले जानकारी दिए।

छानै भत्काएर ठूला दुई अजिङ्गर घरभित्र खसेपछि...

अस्ट्रेलियाको क्विन्स्ल्यान्डस्थित डेभिड टेटको घरको छतबाट दुईवटा अजिङ्गर काेठाभित्र खसेका हुन्।

तीन मिटर लामो अजिङ्गर फेला

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा तीन मिटर लामो अजिङ्गर फेला परेको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–४ अर्जी बस्ने रामनारायण सदाको खेतबारीमा तीन मिटर लम्बाइ भएको आठ किलोबराबरको अजिङ्गर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

लोपोन्मुख प्रजातिको अजिङ्गर भेटियो

जिल्लामा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ। हनुमाननगर कंकालिनी नगरपालिका–१२ कोशी बाँधमा गए राति १५ किलोको अजिङ्गर फेला परेको हो।

सप्तरीमा अजिङ्गर फेला

हनुमाननगर कङ्कालिनी नगरपालिका–३ स्थित गिदखोरामा आज एक अजिङ्गर फेला परेको छ । खाडलमा माछा मार्ने क्रममा स्थानीयवासीले सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला पारेपछि त्यसलाई नियन्त्रणमा लिई भारदहस्थित इलाका प्रहरी कार्यालयमा बुझाएका थिए ।

झापामा दुर्लभ मोलुरस अजिङ्गर भेटियो

झापाको भद्रपुरमा दुर्लभ जातका अजिङ्गर फेला परेको छ । भद्रपुर नगरपालिका–३ आपगाछीस्थित झिलमिले खोला किनारमा बुधबार सानो आकारको पाइथन मोलुरस अजिङ्गर फेला परेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्