२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कार्यसम्पादन मूल्यांकनमा सिन्धुपाल्चोक उत्कृष्ट

गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ‘क’ वर्गमा पर्न सफल भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक यो वर्ष अति उत्तम ‘ए’ मा पर्न सफल भएको हो । गृह मन्त्रालयका सचिव र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच आर्थिक वर्ष ०७६/७७ मा कार्यसम्पादन मूल्यांकन सम्झौता भएको थियो ।

हेलिकोप्टर किन्ने गृहको प्रस्तावमा अर्थ तगारो

गृहले कम्तीमा एमआई १७ हेलिकोप्टर किन्न आवश्यक बजेट व्यवस्था गरिदिन अर्थसँग प्रस्ताव गरेको थियो। गृहले विपद्का बेला प्रयोग गर्नेगरी हेलिकोप्टर किन्न २०७२ सालदेखि अर्थसँग बजेट माग्दै आएको छ।

बन्दाबन्दीमा नयाँ मापदण्ड

गृह मन्त्रालयले राति १० बजेदेखि बिहान ५ बजेसम्म पैदल हिँड्न रोक लगाएको छ। कोरोना संक्रमितको संख्या बढ्दै जाँदा गृहले शुक्रबार बन्दाबन्दीसम्बन्धी सुरक्षा मापदण्ड जारी गरी राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक कामबाहेक पैदल हिँड्न रोक लगाएको हो।

राती १० बजेदेखि विहान ५ बजेसम्म पैदल हिड्न समेत नपाइने

कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको बेला गृह मन्त्रालयले राती १० बजेदेखि विहान ५ बजेसम्म अत्यावश्यक कामबिना पैदल हिड्न समेत निषेध गरेको छ । शुक्रबार गृह मन्त्रालयले बन्दाबन्दी सम्बन्धी सुरक्षा मापदण्ड जारी गर्दै यस्तो निर्णय गरेको हो । मापदण्ड अनुसार राती १० बजेदेखि विहान ५ बजेसम्म अत्यावश्यक काम बाहेक पैदल हिड्न समेत पाइने छैन ।

गृह मन्त्रालयको एसएमएस सेवा ह्याक

गृह मन्त्रालयको सर्ट म्यासेज सर्भिस (एसएमएस) सेवा ह्याक भएको छ । बुधबार दिउँसो ह्याकरहरुको समूहले अनधिकृत तवरले ह्याक गरी उक्त म्यासेज सर्भिसबाट गलत सुचना पठाइएको थियो । उक्त विषयमा गृहले बुधबार विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । गृहले यो विषय पूर्ण गलत रहेको स्पष्ट पारेको छ । बुधबार केही व्यक्तिको मोबाइलमा उक्त एसएमएस सर्भिसबाट म्यासेज पठाइएको थियो

सरकार विप्लवप्रति कडा

नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहको गतिविधि नियन्त्रण गर्न सरकारले कडा रुपमा प्रस्तुत हुन थालेको छ।

‘निर्णय अवज्ञा संघीयतामाथिकै प्रहार’

गृह मन्त्रालयकै उच्च अधिकारीको उक्साटहमा प्रदेश सरकारको निर्देशन अवज्ञा गर्ने प्रदेश १ का प्रमुख जिल्ला अधिकारीहरुको कदमले ‘संघीयताको मर्ममा प्रहार गरेको’ भन्दै उनीहरुलाई कारबाहीको दायरामा ल्याउन माग उठेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्