१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

कार्यसम्पादन मूल्यांकनमा सिन्धुपाल्चोक उत्कृष्ट

गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ‘क’ वर्गमा पर्न सफल भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक यो वर्ष अति उत्तम ‘ए’ मा पर्न सफल भएको हो । गृह मन्त्रालयका सचिव र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच आर्थिक वर्ष ०७६/७७ मा कार्यसम्पादन मूल्यांकन सम्झौता भएको थियो । 

६ मुख्य क्षेत्रलाई आधार मानेर १०० भन्दा बढी विषय मापनबाट हुने यो मूल्यांकनमा सिन्धुपाल्चोक उत्कृष्टभित्र पर्न सफल भएको हो । अघिल्लो वर्षको मूल्यांकनमा सिन्धुपाल्चोक अन्तिममा परेको थियो । आव ०७६/७७ मा सचिव र प्रजिअ बीचको कार्यसम्पादनका साथै जिल्लाबाट गृह मन्त्रालयमा पठाइने हरेक दिनको रिपोर्टिङ नै मूल्यांकनको आधार हो । 

शान्तिसुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, सामूहिक सुधारको वातावरण, विपद् व्यवस्थापन, समन्वय र सहजीकरण र सदाचार र आचरणका क्षेत्रमा भएका कार्यसम्पादन मूल्यांकन गरी ग्रेड छुट्याइन्छ । जिल्लामा सबैको साथ सहयोगका कारण गत वर्ष कार्यसम्पादनमा अन्तिम नम्बरमा परेको जिल्लालाई यो वर्ष ‘क’मा ल्याउन सकिएको सिन्धुपाल्चोकका प्रजिअ उमेशकुमार ढकालले जानकारी दिए । रासस

प्रकाशित: १३ श्रावण २०७७ १६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App