२० आश्विन २०८१ आइतबार
image/svg+xml

शीतलहरबाट प्रभावित नहुने गरि पूर्वतयारी थाल्न गृहमन्त्रीको निर्देशन

गहृमन्त्री रामबहादुर थापा बादलले चिसो तथा शीतलहरबाट जनता प्रभावित नहुने गरि पूर्वतयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

देशभर चिसो बढ्दै

काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महशुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको हो। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ। सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो।

चिसो बढेपछि प्रहरी चौकी सदरमुकाम सारिँदैे

कर्णालीका उच्च हिमाली क्षेत्रमा चिसो बढेपछि त्यहाँ रहेका प्रहरी चौकीलाई सदरमुकाम सार्न थालिएको छ। माथिल्लो डोल्पाका ६ वटा प्रहरी चौकीलाई जिल्ला सदरमुकाम सारिएको छ भने हुम्लाका दुई र मुगुको एक प्रहरी चौकीलाई केही दिनमै सार्ने तयारी गरिएको छ।

देशभर चिसो बढ्यो

कात्तिकको सुरुवातसँगै चिसो बढ्न सुरु भएको छ। अरब सागरको पूर्वीमध्य भागमा विकसित भएको न्यून चापीय प्रणाली र बंगालको खाडीमा उत्पत्ति भएको न्यूनचापीय प्रणालीको कारण मध्य, पूर्व पहाडी तथा पश्चिमको आधा भागमा बदली भएको मौसमविद्ले जनाएका छन्।

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो

शनिबार देशका उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ।

कष्टकर ढंगले रात काट्यौं : उद्धारकर्ता

‘बुट्टा समाएर र ढुंगाको आड लिएर रात बितायौं। पानी परिरहेको थियो। चिसोले हात कठ्यांग्रिएर अडिन हम्मे परेको थियो। खानेकुरा केही थिएन। ११ बजेपछि कताबाट हो, अलिकति चाउचाउ र मकै आइपुग्यो। खाँदा दुवै हात प्रयोग भए खसिएला कि भन्ने डर। एक हातले बुट्टा समातेर अर्को हातले भेटेको अलिकति खानेकुरा खाइयो।’ ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परेपछि उद्धारका लागि काठमाडौंबाट आएका नेपाली सेनाका सिएआरटी टिममा कार्यरत मेजर चिरञ्जीवी चौलागार्इंको भनाइ हो यो।

हिमपातका कारण विद्यालय बन्द

मंगलबार रातिदेखि भइरहेको लगातार हिमपातका कारण चिसो बढेपछि जिल्लाका अधिकत्तर विद्यालय बन्द गरिएका छन्। निरन्तरको हिमपातले जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको जनजीवन सबैभन्दा बढी प्रभावित बनेको छ।

हिउँ नपग्लँदा कठिनाइ

भारी हिमपातपछि थुप्रिएको हिउँ नपग्लिँदा हिमाली जिल्लाको कष्टकर दैनिकी कायमै छ। अत्यधिक चिसोका कारण हिउँ कडा चट्टानजस्तै भएर जमेको छ। उत्तरी हावाले पनि त्यहाँका बासिन्दाको जनजीवनमा असर पु-याएको छ। हिउँ पग्लिन कम्तीमा एक साता लाग्ने स्थानीय प्रशासनले जनाएको छ।

अमेरिकामा अत्यधिक चिसो, तीन राज्यमा आपतकाल घोषणा

ध्रुवीय क्षेत्रबाट आएको हिउँसहितको हावाका कारण अमेरिकाको मध्यपश्चिमी भागमा इतिहासकै चिसो महसुस गरिएको छ। अत्यधिक चिसोका कारण अमेरिकाका तीन राज्यमा आपतकाल घोषणा गरिएको छ। ‘पोलार भर्टेक्स’ नाम दिइएको चिसोका कारण अमेरिकाका विभिन्न राज्यमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। अत्यधिक चिसो हावाका कारण जनजीवन अस्तव्यस्त भएको छ।

काठमाडाैंमा चिसो बढ्याे

काठमाडाैं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको छ। महाशाखाको पछिल्लो विवरणानुसार बुधवार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ।

चिसोले कठ्याङ्ग्रिएर राजधानीमै मर्छन जनता

काठमाडौं उपत्यकामा चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएका केही प्रतिनिधिमूलक घटना हुन् यी। पछिल्लो समय काठमाडौं उपत्यकामा ह्वातै  चिसो बढेसँगै सडकपेटीमा आश्रयस्थल बनाउँदै आएका अशक्त वृद्धवृद्धाको मृत्यु हुने गरेको छ। सडकपेटीमा बसोबास गर्दै आएका वृद्धवृद्धाहरुको उचित स्याहारसुसार नहुँदा दिनहुँजसो ज्यान गुमाउन बाध्य भएका छन्। चिसोका कारणले सडकमा नै बसोबास गर्दै आएका वृद्धवृद्धाहरु उच्च जोखिमा छन्।  महानगरीय  प्रहरी कार्यालय रानीपोखरीका अनुसार चिसोको कारणले उपत्यकामा दैनिक सरदर २ देखी ६ जनाको ज्यान जाने गरेको छ।

सुदूर पहाडी जिल्लामा भारी हिमपात, सवारी साधन संचालनमा कठिनाई

डडेल्धुरा लगायत सुदुरपश्चिमका पहाडी जिल्लामा गएराती देखि हिमपात सुरु भएको छ। डडेल्धुरा सहित सुदुरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लामा हिमपातका कारण अत्याधिक चिसो समेत बढेको छ।

घट्यो चिसो

काठमाडौंको चिसो क्रमिक रूपमा घट्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आइतबार काठमाडौंको तापक्रम अधिकतम १९.५ र न्यूनतम तापक्रम ३.३ पुग्यो। शनिबार आइतबारको न्यूनतम तापक्रम ३.८ र अधिकतम १९ पुगेको थियो। पुसमा भने तापक्रम घटेर ०.५ सम्म पुगेको थियो।

घुम्ती चिया पसल

चिसो मौसम। यतिबेला धेरैजसोको बिहान सिराकभित्रै बित्छ। तर, गीता खरेलको दैनिकी भिन्न छ। बिहानको ४ बज्दै निन्द्राले छोड्छ उनलाई। चिया बनाएर बिहानै ग्राहकलाई पुर्याउन हतारिन्छिन् उनी। उनी बिहान ५ बजे चिया बेच्न निस्किसकेकी हुन्छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्