१२ आश्विन २०८१ शनिबार
image/svg+xml

कांग्रेसलाई बलियो बनाउन सक्षम नेतृत्व आवश्यकः नेता सिंह

कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीलाई विधिसम्मत ढङ्गले अगाडि बढाउनका लागि शीर्ष नेता अभिभावक बनेर बस्नुपर्ने उल्लेख गर्दै जनतालाई आश र भरोसा दिने नेतृत्व १४औँ महाधिवेशनले दिनुपर्ने बताए। उनले मत हुने पार्टीमा मतभेद हुनु सामान्य भएको भन्दै विवेकपूर्ण ढङ्गले आफ्नो मतको प्रयोग गर्न सबैलाई आग्रहसमेत गरे।

कांग्रेसको जिल्ला अधिवेशन सर्‍यो

नेपाली कांग्रेसको जिल्ला अधिवेशन सरेको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको नेपाली कांग्रेसले महाधिवेशनका लागि तयारी पूरा नभएको भन्दै यही मङ्सिर १९ गतेका लागि जिल्ला अधिवेशन सारेको हो।

आठ बोर्ड सदस्यको नियुक्ति

अखिल नेपाल खेलकुद महासंघका महासचिव एवम् नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलासहित,जनकप्रसाद बर्तौला,प्रकाशकुमार कुसारी, श्रीमान् थापामगर, पेमा डोल्मा, मोहम्मद फाजिल,दीपेन्द्र विष्ट र बिना श्रेष्ठ बोर्ड सदस्यमा नियुक्त भए।

तलब सरकारको, कामचाहिँ दलको!

कोरोना महामारीका कारण दुई वर्षदेखि थला परेको विद्यालय शिक्षा मंसिर पहिलो सातादेखि बल्लबल्ल तंग्रिन लागेको समयमा शिक्षा ऐन र राजनीतिक दलसम्बन्धी ऐनको उपहास हुनेगरी शिक्षक,प्राध्यापक महाधिवेशन प्रतिनिधि चयन हुनु विडम्बना हो।

एमाले केन्दीय पदाधिकारी र सदस्यको सङ्ख्या थप हुने

दुईसय पच्चिस सदस्यीय केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाइएको छ भने ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने निर्णयसमेत गरिएको छ।

तीन वर्षमा डेढ सयलाई शैक्षिक प्रमाणपत्र धितो कर्जा

शैक्षिक प्रमाणपत्र धितोमा राखेर कर्जा लिने कार्यक्रमअनुसार योग्यता पुगेका व्यक्तिलाई जनही सात लाख रूपैयाँसम्म ऋण दिने भनिएको छ। शिक्षित युवा स्वरोजगार कर्जा प्राप्त गर्न कम्तीमा स्नातक तह पास गरेको, ४० वर्ष ननाघेको हुनुपर्छ ।

नेपालले कतार भिसा सेन्टरबारे कुरा उठाउने

मन्त्री श्रेष्ठले भिसा सेन्टरको कामबारे मन्त्रालयले विस्तृत अध्ययन गरेर निचोडमा पुग्ने भए पनि तत्काल भिसा सेन्टरबाट प्रवाह हुने सेवा कामदारमैत्री हुनुपर्ने बताए। सन् २००५ मा कतार–नेपाल द्विपक्षीय श्रम सम्झौता भएपछि सन् २०१९ यता हरेक दुई वर्ष श्रमसम्झौतालाई सुधार गर्न संयुक्त कार्य दलको बैठक बस्ने गर्छ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः सेयर कर्जा नीतिलाई निरन्तरता

चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा राष्ट्र बैंकले कुनै पनि लगानीकर्ताले एउटा वित्तीय संस्थाबाट चार करोड र एकभन्दा बढी वित्तीय संस्थाबाट १२ करोड रूपैयाँसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्था मिलाएको थियो।

महिला क्रिकेट: नेपालद्वारा मलेसिया पराजित

संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ। जितसँगै नेपाल शीर्ष स्थानमा उक्लेको छ।

औद्योगिकीकरण हुन लागत न्यूनीकरण आवश्यक

नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार आयोजना गरेको सातौं औद्योगिक दिवसमा उद्यमी, व्यवसायीले औद्योगिकीकरणको अवस्था अत्यन्त कमजोर रहेको धारणा राखे।

एमाले महाधिवेशन आज उद्घाटन हुँदै

नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ।

चितवनमा कांग्रेसकाे जिल्ला अधिवेशन स्थगित

नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगन भएको छ। एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका कारण अधिवेशन स्थगन भएको कांग्रेसले जनाएको छ।

सेनालाई पाँच थान ट्रक सहयोग

नेपाल–भारत द्विपक्षीय परामर्श समूहको विसं २०७५ मङ्सिरमा काठमाडौँमा सम्पन्न १३औँ बैठकमा भएको सहमतिअनुरूप ती साधन हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

काँग्रेसको क्षेत्रीय सभापतिमा क्रमशः खगेन्द्र र रामकुमार

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि मंगलबार सम्पन्न संघीय निर्वाचन क्षेत्रीयस्तरको चुनावमा दुवै क्षेत्रमा संस्थापन पक्षीय खेमाले प्यानलै जितेको छ। निर्वाचन क्षेत्र १ मा खगेन्द्र राई र २ मा रामकुमार राईले प्यानलसहित सभापति जितेका छन्।

कांग्रेस भक्तपुरको सभापतिमा कवे र थापाको उम्मेदवारी घोषणा

थापा कांग्रेस संस्थापन पक्षको उम्मेदवार हुन्। त्यस्तै कवे संस्थापन इत्तरसमूहको तर्फबाट सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्