१२ असार २०८१ बुधबार
image/svg+xml

टाइगर कप भलिवल: महिलातर्फको उपाधिमा एपीएफको ह्याट्रिक

चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लवले उपाधि जितेको छ। योसँगै एपीएफले टाइगर कपको उपाधि लगातार तेस्रो पटक जित्दै ह्याट्रिक गरेको हो ।

पुरूष राष्ट्रिय भलिवल प्रतियोगिताः नेपाल पुलिस क्लवले लुम्बिनी प्रदेशलाई हरायो

विरेन्द्रनगरमा जारी पुरूष राष्ट्रिय भलिवल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लवले बिजयी शुरुवात गरेको छ।शनिबार भएको समूह चरणको पहिलो खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई तीन शून्यको सोझो सेटमा पराजित गरेको हो।

पश्चिमाञ्चल माविलाई छात्रा भलिवल प्रतियोगिताको उपाधि

पश्चिमाञ्चल माविले पोखरामा आयोजित विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। नयाँबजारको गुरुकुल विद्यासदनलाई आइतबार बिहान भएको फाइनल खेलमा ३–२ सेट अन्तरले पराजित गर्दै गैहापाटनस्थित पश्चिमाञ्चल माविले निर्णायक सेटमा उपाधी जितेको हो।

इटहरीमा मुख्यमन्त्री महिला भलिवल प्रतियोगिता हुँदै

इटहरीमा मुख्यमन्त्री कप राष्ट्रिय महिला रात्रीकालीन भलिबल प्रतियोगिता हुने भएको छ ।महिला भलिवल प्रतियोगिता यही जेठ २९ गतेदेखि ३२ गतेसम्म हुनेछ ।

छात्रा प्रतियोगिताको उपाधि पश्चिमाञ्चललाई

पोखरा–४ गैहपाटनस्थित पश्चिमाञ्चल माविले पोखरामा भएको कास्की जिल्ला माध्यमिक विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि हात पारेको छ। शनिबार भएको फाइनल खेलमा पोखरा महानगरपालिका–१८ भकुन्डेको शान्त माविलाई सोझो सेटमा पराजित गर्दै पश्चिमाञ्चलले २० हजार रुपैयाँ पुरस्कार सहित उपाधि हात पा¥यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्