१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

टाइगर कप भलिवल: महिलातर्फको उपाधिमा एपीएफको ह्याट्रिक

चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबले उपाधि जितेको छ। योसँगै एपीएफले टाइगर कपको उपाधि लगातार तेस्रो पटक जित्दै ह्याट्रिक गरेको हो।

शनिबार भएको फाइनल खेलमा एपीएफले न्यू डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। एफीएफले न्यू डायमण्डलाई २५–२०, २५–१८ र २५–२१ ले हरायो।

उपाधिसँगै एपिएफले पाँचलाख ५५ हजार रुपैयाँ प्राप्त गरेको छ। ययसअघि एपीएफले दोस्रो र तेस्रो संस्करणमा पनि उपाधि जितेको थियो। उपविजेता बनेको चन्द्रागिरि नगरपालिकाको न्यु डायमन्डले २ लाख ५५ हजार ५५५ रुपैयाँ हात पारेको छ।

प्रकाशित: ६ माघ २०८० ०९:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App